काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फेरि जनयुद्ध गर्ने सहमति नभएको प्रष्टीकरण दिएका छन्।
शनिबार नेसपाको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले बाबुरामसँग नयाँ खालको जनयुद्ध गर्ने सहमति भएको बताएपछि उनले त्यसको स्पष्टीकरण दिएका हुन्।
‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो,’ प्रचण्डले भनेका थिए, ‘यो देशलाई फेरि एकचोटी समृद्धि, विकासको मोडल हामीले नै दिनुपर्ने हुन्छ। किनभने परिवर्तनको वाहक भएको नाताले हामी टिमबद्ध हुँदा त्यसको महत्व निकै ठूलो हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं।’
तर, आफूहरुले सोचेको जनयुद्ध पूरानो जनयुद्धजस्तो नभएको र त्यो संभव पनि नभएको बताए। ‘आज हामी फेरि त्यही अवस्थालाई सोच्दै र देशको अहिलेको राजनीतिलाई सोच्दै एउटा नयाँ जनयुद्ध पूरानो जनयुद्ध होइन। पूरानो त संभव पनि छैन्, नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि अनि हामी अब एकै ठाउँमा केन्द्रीत हुने हो’ प्रचण्डको भनाइ थियो।
त्यही अभिव्यक्तिप्रति बाबुरामले पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति नभएर आर्थिक समृद्धिको ‘महाअभियान’ सञ्चालन गर्ने सल्लाह भएको उल्लेख गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्ड-बाबुरामको नयाँ संश्लेषण र संकल्प पुरानै माओवादी जनयुद्धको पुनरावृत्ति गर्ने नभएर जनयुद्धको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै २१ औं शताब्दीको सापेक्षतामा तीव्र आर्थिक समृद्धि हासिल गर्ने र नयाँ ढंगको समाजवाद निर्माण गर्ने महाभियान हो। सबैको साथको अपेक्षा।’
प्रचण्ड र बाबुराम नेपालमा १० वर्षसम्म सञ्चालित माओवादी जनयुद्धका सहयोद्धा हुन्। आफूहरु अलग भएर गरेको प्रयास असफल भएकाले फेरि एकजुट भएकोे उनीहरुको निष्कर्ष छ।
बाबुराम नेतृत्वको नयाँ पार्टीेले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नबाट लड्ने सहमति भइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ०८:२०
गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...
फाल्गुन २८ गते, २०८२ - ०८:१५
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...
फाल्गुन २८ गते, २०८२ - ०८:१०
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...
फाल्गुन २८ गते, २०८२ - ०८:०९
काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...
फाल्गुन २८ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...
फाल्गुन २८ गते, २०८२ - ०७:४२
काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...
फाल्गुन २८ गते, २०८२ - ०७:३७
काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...
फाल्गुन २८ गते, २०८२ - ०७:३३
काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...
फाल्गुन २८ गते, २०८२ - ०७:२९
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...
फाल्गुन २८ गते, २०८२ - ०७:२६
कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...



प्रतिकृया लेख्नुहोस्: