Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

खेल मैदान नहुँदा इन्द्रावती बगरमा प्रतियोगिता

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । चार्डपर्व नजिकिएसँगै जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । जिल्लाको विभिन्न मुख्य खेल प्रतियोगिता हुने मेलम्चीमा खेल मैदान नहुँदा आयोजकहरु इन्द्रावती बगरमा प्रतियोगिता आयोजना गर्न बाध्य छन् । 

शनिबार सम्पन्न नगरस्तरीय भलिबल इन्द्रावती बगरमा रहेको निमार्णाधिन बसपार्कमा आयोजना गरिएको थियो ।  घाम लाग्दा गर्मी र पानी पर्दा हिलो भएर प्रतियोगिता सञ्चालन गर्न कठिन भएको आयोजक ओम वाइबा गुनासो गर्छन् । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । 

भलिबल, फुटबल, क्रिकेट, कराँतेलगायत विभिन्न खेलकुदमा सक्रिय सहभागिता हुँदै उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएको सिन्धुपाल्चोकमा पछिल्लो समय कोराना, बाढी तथा पहिराका कारण कम भएको खेलकुदका गतिविधि बढ्न थालेको छ । चाडपर्वको मुखमा मात्र आयोजना हुने खेलकुदका गतिविधिमा खेलाडीको भने त्यति उत्साह पाइँदैन ।

“बनेका संरचना बाढीले बगाएपछि खेल मैदानलगायत पूर्वाधार अभावका कारण खेल क्षेत्र सिथिल भएको हो खेल क्षेत्रलाई उकास्न तिनै तहका सरकार क्रियाशील रहन आवश्यक रहेको भन्छन्”, पूर्वखेलाडी सिपी दुलाल । 

रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला गत वर्षको बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदान अभाव छ ।

सबै क्षेत्रमा जस्तै खेलमा पनि राजनीति भित्रिँदा कतिपय राम्रा खेलाडीले स्थान पाउन सकेका छैनन् । “खेल क्षेत्रलाई राजनीतिकरण नगरी स्वतन्त्ररुपमा छोड्न पर्ने खेलप्रेमीको सुझाव छ । पूर्वाधार, कोच र खेलाडीको सुन्दर भविष्यका लागि राज्यले सोच्नपर्ने बताउछन्”, खेलप्रेमी सुशान्त सिग्देल ।

जिल्लामा खेलकुदको राम्रो सम्भावना हुँदाहुँदै पनि अन्योल भविष्यका कारण खेलाडीको लगनशिलता पाइँदैन । कोही विदेशिएका छन् भने कोही जागिरको सिलसिलामा अन्यत्र छरिएका छन् । तिनै तहको सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै खेलक्षेत्रलाई उकास्ने योजना रहेको जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष रमेशकुमार खड्का बताउछन् ।  

इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखरबाहेकका पालिकामा पर्याप्त खेल मैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष शिव देउजाको भनाइ छ ।  

मेलम्ची नगरपालिकामा अघिल्लो कार्यकालमै निर्माण भएको खेल मैदान कर्भडहल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको नगर प्रमुख आइतमान तामाङ बताउछन् । उनी खेल क्षेत्र र खेलाडीलाई उकास्न नगर सधैँ तयार रहेको उल्लेख गर्नुहुन्छ ।
सिन्धुपाल्चोकमा थुप्रै खेलाडी भए पनि पछिल्लो समय अन्यत्र पलायन हुँदा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । राज्यले खेलाडीको मनोबल उकास्नका लागि खेलक्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक रहेको खेलप्रेमि बताउँछन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending