Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युक्रेन युद्धअघिको अवस्थामा

भाउ घट्नेमा आशावादी हुन सकिने सम्भावना देखिएको छ : आयल निगम

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदै युक्रेन युद्ध सुरु भएको फेब्रुअरी महिनाअघिकै अवस्थामा पुगेपछि नेपालमासमेत नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा "आशावादी हुन सकिने धेरै सम्भावना देखिएको" नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्। 

नियमित प्रक्रिया अन्तर्गत असोज १६ गते इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाउँछ। 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, "अन्तर्राष्ट्रिय बजारको पछिल्लो क्रम घट्दो छ र अबको मूल्य सूची घटेर आउने अवस्था हामीले समेत देखेका छौँ।"

यसअघि पनि आईओसीबाट पेट्रोल र डिजेलका मूल्य केही घट्दै आएको थियो। तर निगमले 'यसअघिकै उच्च घाटा कायम रहेको' भन्दै मूल्य घटाएको थिएन।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८६ डलर प्रतिब्यारल रहेको छ।

आधार: आईओसीले पठाउने मूल्य सूची

निगमले आफूले कति मूल्य घटाउन सक्ने भन्ने कुरा मुख्य रूपमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा निर्धारण गर्न सक्ने जनाएको छ।

निगमका अधिकारीहरूले यसअघि नै कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदा पनि 'प्रशोधन खर्च पाँच गुणाभन्दा धेरै बढाइएकाले' मूल्यलाई कच्चा तेलको दरले मात्र निर्धारण गर्न नसकिएको बताउँदै आएका थिए। 

"खासगरी माग र आपूर्ति चक्र बिथोलिँदा प्रशोधनकर्ताहरूको त्यस्तो कदमले संसारभर डिजेल र पेट्रोलको मूल्य बढेको थियो। अब त्यसमा सुधार हुने अवस्था देखा पर्न थालेको छ," प्रवक्ता उपाध्यायले भने। 

"आईओसीले लगातार घटिरहेको अन्तर्राष्ट्रिय बजारको दरलाई हेरेर प्रशोधित पदार्थको दरमा पुन:विचार गर्ने आशा छ।"

निगमलाई आर्थिक दबाव 'कायमै'

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ।  

यसअघि सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ६.५५ रुपैयाँ तथा डिजेलमा ४२ पैसाले मूल्य घटेर आए तापनि निगमले समायोजन गरेको थिएन।

"अहिले पनि हामीसँग १८ करोड रूपैयाँजति मासिक घाटा रहेकोले त्यसबेला समायोजन नगरिएको हो," उपाध्याय भन्छन्। 

यसअघि आईओसीलाई बक्यौता तिर्न नसक्ने अवस्था आएपछि निगमले सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ३ अर्ब रुपैयाँ ऋण लिएको थियो।

युद्ध सुरु भएपछिको दश दिनमा नेपालमा पेट्रोलको मूल्य १५० रुपैयाँ पुर्‍याइएको थियो भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १३३ तोकिएको थियो। 

'अकल्पनीय वृद्धि'

प्रवक्ता उपाध्यायले युक्रेन युद्ध सुरु भएपछिको यसबीचमा कैयौँ पटक "अकल्पनीय दरमा" मूल्य बढाउनुपरेको बताउँछन्। 

"उच्च मूल्य बढेको यसबीचको अवस्थामा निगम मासिक १० अर्ब रुपैयाँसम्म घाटामा गएको थियो। अहिले पनि हामी वार्षिक १ अर्ब ६५ करोड रूपमा तिर्नुपर्ने दायित्वको ब्याज मात्र तिर्नुपर्ने अवस्थामा छौँ।"

एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क 'ब्रेन्ट क्रूड'को मूल्य २४ फेब्रुअरीमा युक्रेन युद्ध सुरु हुनुअघि प्रतिब्यारल झण्डै ९० अमेरिकी डलर थियो। 

मार्च महिनाको पहिलो साता १४ वर्षयताकै उच्च विन्दूमा अर्थात् कच्चा तेल प्रतिब्यारल १४० अमेरिकी डलर पुगेको थियो।  बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending