उदयपुर । दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् ।
जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क्षेत्र जाने अधिकांश यात्रुले मारमा परेको गुनासो गर्न थालेका छन् ।
जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहाडी क्षेत्रका अधिकांश यातायात व्यवसायीहरुले रु एक हजारदेखि एक हजार पाँच सयसम्म सवारी भाडा वृद्धि गरेको यात्रुहरुको गुनासो छ ।
दश दिन अगाडिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु पाँच सयदेखि छ सयसम्म सवारी भाडादर भए पनि अहिले दसैँ नजिकै आउन थालेपछि प्रतियात्रु रु एक हजार बढेको ताम्लिछाका यात्रु देवराज राईले बताए।
यता जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे डिल्लीबर हुँदै माझखर्कसम्म पुग्नका लागि अहिले रु सात सयबाट सवारी भाडा वृद्धि भएर रु एक हजार पाँचसय पुगेको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि नेपालटार, भलायाडाँडासम्म ३० किलोमिटरदेखि ५० किलोमिटर सडक खण्डको भाडादर अहिले रु एक हजारले वृद्धि भएपछि मारमा परेको उदयपुरगढी पञ्चावतीका दुर्गाकेशर खतिवडाले बताए ।
दसैँको बेला टाढाबाट दसैँ मान्न जसरी पनि गाउँ पुग्नुपर्ने भएकाले यातायात व्यवसायीहरुले भनेको जति भाडा दिन आफूहरु बाध्य हुन परेको अधिकांश यात्रुको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १२:२६
नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भ...
चैत्र २ गते, २०८२ - १२:२२
इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...
चैत्र २ गते, २०८२ - १२:०४
प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...
चैत्र २ गते, २०८२ - ११:३०
पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...
चैत्र २ गते, २०८२ - ११:२१
काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...
चैत्र २ गते, २०८२ - ११:०८
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...
चैत्र २ गते, २०८२ - ११:००
गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...
चैत्र २ गते, २०८२ - १०:५४
बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...
चैत्र २ गते, २०८२ - १०:४४
नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...
चैत्र २ गते, २०८२ - १०:२८
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...


प्रतिकृया लेख्नुहोस्: