Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

लोपोन्मुख अवस्थामा सुदूरको देउडा

खबरडबली संवाददाता

बझाङ  । भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल
कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल

बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौँको सङ्ख्यामा हुन्थे । 

पाटादेवलको चौरदेखि खापरमाडौँसम्मै दर्जनौँ ठाउँमा यसरी नै देउडा चल्थ्यो । बझाङ्गी देउडियाले सुरूआत गरेपछि बाजुरेली देउडियाले यसरी डेउडाकै माध्यमबाट फर्काउथे ।

पिलाली तिरखुलो हाली, पेल्दा पेल्दै भया
हौसिया दाजुका खेल, खेल्दाखेल्दै भया

दुई पक्षबीच सुरुमा भेट हँदा स्वागतका यस्तै हरफपछि निरन्तर रातभर देउडामै सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, विहेबारीका कुराकानीसमेत देउडामै हुन्थे । खप्तडछान्ना गाउँपालिका–५ का देउडा गायक डबल पाध्याय भन्छन् “सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत् साटिन्थ्यो ।”

वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडिया दोस्रो वर्षको पर्खाइमा हुने गरेको उहाँ सम्झनुहुन्छ । “अघिल्लो पटक जवाफ दिन नपाएका दोस्रो वर्षको पर्खाइमा हुन्थे,” उहाँले भन्नुभयो, “हाम्रा त्यो बेलाका देउडिया साथीहरूसँग अहिले पनि सौहार्दपूर्ण तरिकाले कुराकानी हुन्छ तर, अहिलेको पिँढी भने त्यसप्रति चासो नै देखाउँदैनन् ।”

युवावस्थामा रात दिनसमेत देउडा खेल्ने गरेको पाध्याय सम्झिनुहुन्छ । “हामे ९हामी० तन्नेरी हुने बेला त राम हुने ठाउँ ९मेला० मा रातदिन देउडा खेल्थ्यौँ । खुट्टा दुखेर सुन्निसकेका हुन्थे तर, हाम्रो देउडा रोकिएको हुँदैनथ्यो ।” उहाँ भन्नुहुन्छ । रातभरि देउडा खेलेपछि बिहान छुट्टिने बेलामा आफूले हालेको देउडा सम्झिनुहुन्छ पाध्याय ।

पिमीली पातको दुनु दही खाया चोलाकी
छुट्न्या भइग्याउ मैना चणी फेरि भेट होला की रु
त्यसपछि बाजुरामा देउडिया महिलाले छुट्टिने बेलाको जवाफ दिन्थे ।
दाजुको दाणिम्या बल्द दैझाला दैझाला
बाँच्यापछि डाँडाबाझ फेरि भेट होइझाला

यसरी सुरूआत भएर टुङ्गिने देउडा अहिले सुन्न पाइँदैनन् । लय पुरानै भए पनि देउडाका शब्द नै अनौठा लाग्छन् पाध्यायलाई । “हाम्रा सैन्डाँडा र दशहरामा गाइने देउडा गीत अहिले बुझिदैनन्,” पाध्याय भन्नुहुन्छ, “हाम्रा लोकसंस्कृतिका शब्द वीरलै कम पाइन्छन् । डोट्यालका शब्द पनि यतै छन्, डडेल्धुराकी पनि यतै, नेपाली, हिन्दी, अंग्रेजीसमेत देउडामा मिसिएका छन् । यस्ता शब्द हामी देउडियालाई बुझ्न त कठिन छ, अरूलाई सजिलो हुने त कुरै भएन ।”

उनी नयाँ पिँढीलाई सिकाउन खोजे पनि चासो नदेखाएको बताउछन् । “मेलामा गएको बेलामा नयाँ पिँढीलाई खेलमा हात समातेर लिन्छु तर, एक घण्टा पनि खेलमा टिक्न सक्दैनन् ।” नयाँ पुस्तामा मोबाइलले पुरानो कला संस्कृतिप्रति ध्यान जान नसकेको उनको गुनासो छ । मध्य तथा सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पहिले वनपाखामा गुञ्जने ठाडी भाकाहरू पनि हराउँदै गएका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीत ओझेलमा परेको उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्याय बताउनुहुन्छ । “सहरीकरणले युवाहरू संस्कार भूलेका छन्,” उनी भन्छन्, “परिवेश फेरियो, पुरानो पुस्ता फेरियो, प्रविधिको विकासले सोच फेरियो । देउडा पनि फेरिँदैछ ।”

नयाँ पुस्तालाई देउडाप्रति चासो नै नभएको उनले बताए । “पहिलेका देउडाका भाष्यहरू सबै हराइसके । मौलिक देउडा विकाससँग जोडियो । राजनीतिसँग जोडियो । त्यसले गर्दा मातृभाषासमेत फेरिन थाल्यो ।” भाषा, संस्कार, स्रष्टा सबै फेरिएको हुँदा अहिले सुदूरको लोकदेउडा लोप हुँदै गएको उहाँ बताउछन् ।

सुदूरको संस्कृतिलाई जोगाइ राख्न अब लेख्न, पढ्न सक्ने युवा शक्ति अघि आउनुपर्ने उहाँले बताउनुभयो । पश्चिमेली संस्कृतिको विकाससँगै मौलिक लोक गीतहरू ओरालो लागेको उनले बताए। “पहिलेको पुस्ता स्वतः स्फूर्तरूपमा चासो राखेर देउडा खेल्थे । उनलाई कुनै पुरस्कारको, कुनै निर्णायकको मतलब हुँदैनथ्यो । अहिले भने जति पुरस्कार राखे पनि गहिरो चासो कोही राख्दैनन् ।” पाध्याय भन्छन् ।

सुदूरपश्चिमका युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएको सह–प्रा डा बद्री शर्मा बिनाडी बताउछन् । उनले भने, “देउडा मासिनु र लोप हुनु पश्चिमा संस्कृतिको प्रभाव हो । अहिलेको पुस्ता मोबाइल केन्द्रित भयो । नृत्य पनि अरू गीतमै हुन थाल्यो ।” उनले परम्परागत गीतहरु हस्तान्तरण गर्न नसक्नु अघिल्लो पुस्ताको पनि कमजोरी भएको बताए। संस्कृतिलाई जोगाउन स्थानीय तहले पनि ध्यान दिनुपर्ने उनको धारणा छ । “आफ्नो संस्कृतिलाई स्थानीय पाठ्यक्रममा राख्नुपर्ने, तिनीहरूको महत्व, विशेषता, ऐतिहासिकता, देवी देवताहरूको उत्पतिबारे लेखेर अनिवार्य पाठ्यक्रममा राख्ने हो भने संस्कृति जोगाउन सकिन्छ ।” डा बिनाडी बताछन् ।

जयपृथ्वीबहादुर सिंहजस्ता वीर पुरूषकै बारेमा बनेका गाथाहरू संरक्षण गर्नसके पनि संस्कृति जोगिने उनी बताउनछन् । “कुनै पुराना कविताहरू व्यक्तिले रचेकै भए पनि यिनको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको नै हो । त्यसले ध्यान दिँदैन भनेपछि शिक्षित भनिएकालाई पनि आफ्नो संस्कृतिको बारेमा थाहा हुने छैन ।” उनी भन्छन् ।

कतिपय ठाउँमा स्थानीय पाठ्यक्रम भनेर पुस्तक प्रकाशन गरिएको भए पनि लोक साहित्यविहीन भएको उनले बताए । “अहिले स्थानीय निकायनै अधिकार सम्पन्न भएका छन् । तिनीहरूले संस्कृति झल्काउने देउडा, फाग, मांगलहरू पाठ्यक्रममा समेटेर अनिवार्य गर्ने हो भने संस्कृति जोगाउन कठिन छैन ।” उनले भने ।

अहिले देउडामा अत्यधिक भाषिक क्षयीकरण भएको उनको गुनासो छ । उनले भने, “अहिले जबर्जस्त बचाएका देउडाका भाषामा पटक्कै मिठास छैन । भाषिक क्षयीकरण भइसक्यो । परम्परागत भाषाका शब्दहरू नभएर विभिन्न भाषाका शब्द मिश्रित गर्दा रहेछन् । त्यो भनेको पहिचान गुमेको देउडा मात्रै हो ।”

संस्कृति जोगाउनका लागि विद्यार्थीको पाठ्यक्रम नै स्थानीय भाषामा हुनुपर्ने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल बताउछन् । उनी भन्छन्, “संस्कृति जोगाउनका लागि भाषा जोगाउनुपर्छ । भाषा जोगिए, संस्कार आफैँ जोगिन्छ ।” उनले अहिले जयपृथ्वी नगरपालिकामा ६–८ कक्षा पढाइ हुने गरी पाठ्यक्रम निर्माण भइरहेको बताए। “हाम्रो पालिकामा पहिचान जोगाउनका लागि विज्ञको सहयोगमा पाठ्यक्रम निर्माण गर्दैछौँ । त्यो पाठ्यक्रम पालिकाका सबै विद्यालयमा अनिवार्य लागू हुनेछ ।” उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending