पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।
महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेश नाकामा स्वागतद्वार र प्रचार सामग्री राख्ने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नातर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचारप्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दसैँलगत्तै यसलाई सुरु गरिने बताए ।
उनले भने, “पोखरा खेलकुदमय छ भन्ने महसुस गराउन हामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड ब्यानर, स्वागत गेटलगायतबाट प्रचारप्रसार गर्नेछौँ ।” महानगरपालिकाले पोखरा आउने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई यातायात, होटल, सपिङ मललगायतमा छुट तथा सहुलियतका लागिसमेत सम्बन्धित पक्षसँग आह्वान गरिने जनाएको छ ।
“राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा निजी क्षेत्रलाई आह्वान गर्दैनौँ ।” आचार्यले भने । महानगरले खेल स्थलसम्म जाने सडक, खेल स्थलको सरसफाइ, विद्युत्, खानेपानी, शौचालयको उचित प्रबन्ध तथा खेल स्थलको सजावटमा पनि सहयोग गर्ने जनाएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता भव्य बनाउनुपर्ने सबैको दायित्व रहेको बताए । सरकारी तथा निजी क्षेत्र सबै मिलेर मात्र राष्ट्रको गौरवसँग जोडिएको खेल प्रतियोगिता सफल हुने उल्लेख गरे ।
प्रतियोगितालाई मध्यनजर गरी खेल स्थलसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति महानगरपालिकाका विभिन्न नाकामा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतीक्षालयलगायत स्थानमा खेलकुदसँग सम्बन्धित सामग्री डिस्प्ले बोर्ड राख्ने व्यवस्था महानगरले गर्ने प्रतिबद्धता जनाएको गुरुङले जानकारी दिए ।
प्रतियोगितास्थलमा मिडिया सेन्टरमा विद्युत् तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्नेलगायतका विषयमा सहजीकरण गरिदिन उनले महानगरसँग आग्रह गरे। प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ ।
राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।
त्यस्तै ह्याण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् । प्रतियोगिता यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: