Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कैलालीका बाढी पीडितको बिचल्ली

खबरडबली संवाददाता

कैलाली । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । 

वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०।८ पुगेमा खतरा तह पार भएको मानिन्छ ।

कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ । रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौँ घर डुबानमा परेका छन् ।  कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन् । 

जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलामा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । 

कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ ।

रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नं १ को शक्तिननगर, वडा नं  २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ । वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका बताइएको छ । 

टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउँछन् ।  

“बाढी आउने जोखिम बढ्यो, तल्लो क्षेत्रका नागरिक सार्ने काम सुरु गरेका छौँ, सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उनले भने, “अब एकापसमा सहयोग गर्ने हो, सुरक्षित रहने काम गरौँ ।”

कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताए। “कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ । प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ”, उनले भने, “बाढी पसेमा क्षति हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी किरण थापा तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताए। “हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौँ”, उनले भने, “नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ । तटबन्ध भइरहेका ठाउँमा नदी फुट्ने खतरा छ । त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौँ ।”

भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सय बढी परिवार हुलाकी सडकमा तीन दिनदेखि बसिरहेका छन् । हुलाकी सडकमा बसिरहेकाहरू भोकभोकै वस्तुभाउसहित बस्नुपरेको छ । सडकमा बसेकाहरू निरन्तरको वर्षाका कारण चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत सुरु भएको बताइएको छ । 

भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए। उनले भोकभोकै पानीमा भिज्दै बाढीपीडित दिन काटिरहेका बताए। बाढीले भजनीमा सयौँ परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन् । कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending