अमेरिका । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वासिङटन डिसी आइपुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरू पुगेका थिए। अमेरिकाको राजधानी वासिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।
अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरु डिसी आइपुगेका छन् । अर्थमन्त्री शर्माले बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनुका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनेछन् ।
उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ । उता सोमबार नै यहाँ आइपुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: