काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरी आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको बिषयमा प्रष्टिकरण दिएका छन्। निर्वाचन आयोगले आचारसंहिता विपरित किन चामल बाँडेको भनेर २४ घण्टे स्पष्टीकरण सोधेपछि मन्त्री चौधरीले त्यस बिषयमा बोलेका हुन्।
उनले निरन्तर वर्षको कारण लमहि नगरपालिका, राजपुर, गढवा र राप्ति साथै घोराही उपमहानगरपालिको १, २, ३ र ५ वडामा भएको डुवान र घरमा पुर्याएको क्षतिको कारण विचल्लीमा परेको सर्वसाधारणलाई चामल वितरण गरेको थिए।
उनले भनेका छन्, 'यहाँ घरमा चुलो बाल्ने समेत समस्या उत्पन्न भएको छ । घरमा भएको भाँडाकुँडा, चामल बाढिले बगाएको छ । राज्य भएको महशुस बाढी पीडितहरूले गर्न पाएका छैनन्। जनताहरू निराश छन् ।'
उनको भनाइ
निरन्तर वर्षाको कारण लमही नगरपालिका, राजपुर, गढवा र राप्ति साथै घोराहि उपमहानगरपालिको १,२,३ र ५ वडामा भएको डुबान र घरमा पुर्याएको क्षतिको कारण घरमा चुलो बाल्ने समेत समस्या उत्पन्न भएको छ ।
घरमा भएको भाँडाकुँडा, चामल बाढीले बगाएको छ । राज्य भएको महशुस बाढी पीडितहरूले गर्न पाएका छैनन्। जनताहरू निराश छन् । निरिक्षणको समयमा जनता भेट्न जँदा खाने समस्या भएपछि उक्त समस्यालाई संम्बोधन गर्नु राज्यको दायित्व हो । राज्य यसबाट पन्छिन पाँउदैन। राहत वितरण बिषयमा राज्यको नीति अनुसार मेरो सचिवालयले स्थानीय सरकार मार्फत राहत उपलब्ध गरायो ।
अझ धेरै समस्याहरू छन् । समयमा राहत सामग्रीहरू उपलब्ध गराउनु हामी सबैको दायित्व हो । जो जति जे सक्नु हुन्छ जहाँ सक्नु हुन्छ । स्थानीय सरकार मार्फत राहत सामग्री उपलब्ध गराउनको लागि सबैमा अनुरोध गर्दछु । विपतको अवस्थामा सबैमा धैयधारण गर्न सक्ने शक्ति प्राप्ति होस ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०९:०१
मन्त्रीमा विज्ञ कि सांसद?
फाल्गुन २९ गते, २०८२ - ०८:५४
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । ...
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...


प्रतिकृया लेख्नुहोस्: