Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

घोषणापत्र तयार गर्दै दलहरू

खबरडबली संवाददाता

कञ्चनपुर  । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । 

गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।

दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताए । 

“शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ”, उनले भने, “हाम्रो प्रमुख ऐजेण्डा कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने छ ।”

त्यसैगरी एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले चुनावी घोषणापत्र बनाउने गृहकार्य भइरहेको बताए । उनले घोषणापत्र तयार गर्न पार्टीका विभिन्न भ्रातृ सङ्गठनसँग सुझाव सङ्कलन गरिरहेको बताए । 

“हामीले पार्टीसँग आबद्ध सङ्गठन र विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिसँग सुझाव सङ्कलन गरिराखेका छौँ”, उनले भने, “अहिले घोषणापत्रको मस्यौदा तयार भइरहेको छ, केही दिनमै जनतालाई छुने गरी घोषणापत्र ल्याउँछौँ ।” उनले नेता, कार्यकर्ता निर्वाचन क्षेत्रमा परिचालन भएको बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र तयारीमा व्यस्त छ । राप्रपाका नेता करन पालले पार्टीले घोषणापत्र तयार गरिरहेको बताए । “घोषणापत्र निर्माणका लागि सुझाव सङ्कलन गरेर तयार पार्ने काम भइराखेको छ”, उनले भने, “घोषणापत्रसँगै नेता, कार्यकर्ता चुनावी प्रचारमा खटिएका छन् ।” 

चुनाव नजिकिँदै गर्दा दलका शीर्षनेता र कार्यकर्ता निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । दलहरूले वडा–वडामा सम्पर्क कार्यालय खोल्ने कार्य तीव्र पारेका छन् भने निर्वाचन परिचालन समिति बनाएरै कार्यकर्तालाई प्रचारमा परिचालन गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टपरी र चकटी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी

तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...

छविलाल जोशीलाई म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराइँदै

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...

एउटा नाउरको शिकार गर्न २३ लाख रुपैयाँ !

काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...

सुरक्षा संवेदनशीलता देखिएपछि न्युयोर्कमा प्रधानमन्त्रीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।  न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...

ओलीलाई रविले भने- सहकारीपीडितलाई न्याय दिने नियत भए बसेर कुरा गरौं, बिचौलियाको घर चाहिन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...

सोमालियामा द्वन्द्व र विपद्‌को प्रभाव : ८ महिनामा तीन लाखभन्दा बढी विस्थापित

मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...

मोदी-ओलीको भेटपछि परराष्ट्रमन्त्री राणा : चाँडै नेपाल भ्रमण गर्छु भन्नुभएको छ

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...

भेन्टिलेसन तोडेर धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा भागे

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy