कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो मङ्गलबार भएको हो ।
गण्डकीले थप दुई रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।
नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो । रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो सेटले जित्यो । अशिम शेरचन, गङ्गा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले पुसिलको टिमलाई ३–० स्कोरले जित्नुभएको हो । तेस्रो स्थानमा रहेको एपीएफले सुदूरपश्चिमलाई पराजित ग¥यो ।
रिकर्भ मिक्स टिमतर्फ गण्डकीले एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । एपिएफको विराट थापा र गीता खत्रीको जोडीलाई गण्डकीका गङ्गा कुँवर र रोजिना थापा मगरको जोडीले ४–२ स्कोरले पराजित गर्नुभएको हो । आर्मीले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । कम्पाउण्ड मेन टिम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो ।
योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टिमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो । स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा विक, सरु तमाङ, खड्गकुमारी थापा मगर र तुलसी थापा मैदानमा उत्रनुभएको थियो ।
यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै कास्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुष्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेल्नुभएको थियो । स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा विक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुष्का शेरचन खेल्नुभएको थियो । एपीएफले प्रदेश १ लाई हराउँदै कास्य जित्यो ।
कम्पाउण्ड मिक्स टिममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदूरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो । स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सूदरपश्चिमलाई सोझो तीन सेटमा हरायो । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । आर्चरीमा अन्तिम दिन आज ६ वटा स्वर्णका लागि खेल हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - ११:२५
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो । नेपाल सुनचाँदी व्...
फाल्गुन १४ गते, २०८२ - ११:१६
सल्यान। सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थि...
फाल्गुन १४ गते, २०८२ - ११:०५
पश्चिम नवलपरासी। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ। जिल्ल...
फाल्गुन १४ गते, २०८२ - १०:४९
कालीकोट। वर्षातको वा हिउँदको समयमा पानी परेपछि अबरुद्ध हुने कर्णाली राजमार्गका केही जोखिम क्षेत्रको मर्मत सुरु भएको छ। यात्रा सहज बनाउने उद्देश्यले रा...
फाल्गुन १३ गते, २०८२ - १७:३०
काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...
फाल्गुन १३ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...
फाल्गुन १३ गते, २०८२ - १६:४७
सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...



प्रतिकृया लेख्नुहोस्: