काठमाडौं । अर्थशास्त्री स्वार्णिम वाग्लेले गगन थापालाई चाँडै नै प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताएका छन्।
वाग्लेले शनिबार काठमाडौंमा युथ कांग्रेसले गरेको कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापालाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताए।
‘गगन थापा मेरो साथी मात्र होइनन्, उनी मेरो नेता पनि हुन्,’ वाग्लेले भने, ‘उहाँ यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ।’
उनले काठमाडौं क्षेत्र नम्बर ४ र सिंगो देश विकासका लागि गगनको नेतृत्व आवश्यक रहेको पनि बताएका थिए। थापा काठमाडौं ४ मा उम्मेदवार छन्।
अर्थशास्त्री वाग्ले कांग्रेसको घोषणा पत्र निर्माण समितिमा पनि छन्। उनी पनि मंसिर ४ मा हुने चुनावका उम्मेदवार हुन चाहन्थे। चितवन १ बाट उनको नाम सिफारिस भए पनि कांग्रेसले वाग्लेलाई टिकट दिएन।
कांग्रेसले टिकट नदिएपछि वाग्लेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकटको अफर गरेका थिए। यो कुरा वाग्लेले शनिबार यही कार्यक्रममा खुलाएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...
चैत्र १ गते, २०८२ - ०७:२९
काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ...
चैत्र १ गते, २०८२ - ०७:२८
मान्म (कालीकोट) । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोल...
चैत्र १ गते, २०८२ - ०७:१८
काठमाडौँ । पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आइतबारदेखि भने पश्चिम नेपालसम्म वर्षा विस्तार हुने भएको छ । जल तथा मौसम विज...
चैत्र १ गते, २०८२ - ०७:१३
काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्...
चैत्र १ गते, २०८२ - ०७:११
कालिकोट । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्ष...


प्रतिकृया लेख्नुहोस्: