Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चीनमा अबको पाँच वर्ष शासन गर्ने नेताहरू को को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले अबको पाँच वर्ष चीनमा शासन गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छ।

चिनियाँ पोलिटब्युरो स्थायी कमिटीको हैसियत राष्ट्रपतिको मन्त्रिपरिषद् सरह हुन्छ।

पार्टीको सर्वोच्च निकायको पनि सर्वोच्च निकायका रूपमा ठानिने उक्त कमिटीसम्म पुग्न बलियो राजनीतिक पृष्ठभूमि बाहेक आन्तरिक प्रतिस्पर्धामा चातुर्यसाथ आफूलाई प्रस्तुत गर्नसक्ने क्षमता पनि चाहिने बताइन्छ।

प्रत्येक पटक कार्यकाल सकिँदा स्थायी समितिमा ठूलो फेरबदल देखिनु अस्वाभाविक होइन र यो पालि पनि त्यो क्रमले निरन्तरता पाएको छ।

वास्तवमा राष्ट्रपति सी जिन्पिङले आफ्नो इच्छा अनुसार नियुक्त गरेका उनीहरूमा झाओ लेजी र वाङ खुनिङ बाहेक अधिकांश नयाँ छन्।

उनीहरूमध्ये अधिकांश राष्ट्रपति सीका वफादार हुन्। राष्ट्रपति सीको नेतृत्वमा चीनको सत्ताको केन्द्रमा रहने व्यक्तिहरूबारे तल उल्लेख गरिएको छ।

ली चियाङ

ली चियाङ

उमेर: ६३ वर्ष

अहिलेको राजनीतिक पद: साङ्घाइस्थित पार्टीका महासचिव

सीको सबैभन्दा विश्वासप्राप्त कनिष्ठ सहकर्मीका रूपमा हेरिएका लीले झेजियाङ प्रान्तस्थित सानो काउन्टीहरूमा काम गरेका थिए।

सी झेजियाङमा पार्टीको प्रमुखहुँदा लीले उनको चिफ अफ स्टाफको रूपमा सेवा गरेका थिए।

यसै वर्षको सुरुमा लीको टोलीले साङ्घाइको कोभिड महामारी नियन्त्रणको लागि अघि बढाएको प्रयास विवादित बनेको थियो र स्थानीय वासिन्दाले त्यसको आलोचना गरेका थिए।

उक्त कदमले उनको राजनीतिक भविष्यमा पार्ने प्रभावका बारेमा पनि अड्कलबाजीहरू व्यक्त गरिएका थिए।

तर यो नियुक्तिले राष्ट्रपति सीप्रतिको उनको बफादारीले उनलाई बलियो अवस्थामा उभ्याएको प्रष्ट देखिन्छ।

स्थायी कमिटीको सदस्यको पदवधी अर्को वर्ष प्रमाणित गरिन्छ र धेरैले ली प्रधानमन्त्री र सीपछि दोस्रो वरियताका नेता बन्ने विश्वास गरेका छन्।

झाओ लेजी

झाओ लेजी

उमेर: ६५

हालको राजनीतिक पद: केन्द्रीय अनुशासन निरीक्षण सम्बन्धी आयोगको प्रमुख

झाओलाई चिनियाँ राजनीतिक नेतृत्वको उदाउँदो ताराका रूपमा लिने गरिन्छ र उनको राष्ट्रपति सी जस्तै सान्सी प्रान्तसँग नजिकको सम्बन्ध छ।

चिङहाइ प्रान्तीय सरकारमा प्रवेश गरेपछि उनी तीव्र रूपमा माथि उठ्दै गए र ४२ वर्षको उमेरमा गभर्नर बन्न सफल भए। उनी सबैभन्दा कम उमेरमा प्रान्तीय गभर्नर बन्ने व्यक्ति हुन्।

पार्टीभित्रको भ्रष्टाचार नियन्त्रण निकायको प्रमुखका रूपमा झाओको जिम्मेवारी पार्टीभित्र अनुशासन कायम गर्नु रहेको छ।

उनले वर्षौ यता घुस स्वीकार गरेको आरोपमा कैयौँ वरिष्ठ अधिकारीहरूलाई कारबाहीको दायरामा पनि ल्याएका छन्।

वाङ खुनिङ

वाङ खुनिङ

उमेर: ६७

हालको राजनीतिक जिम्मेवारी: कम्युनिस्ट पार्टीको सचिवालयको प्रथम सचिव

पूर्व प्राज्ञ र प्राध्यापक वाङ वरिष्ठ नेताहरूको नजरमा परेर पार्टीको उच्च ओहदामा पुगेका हुन्। उनलाई तत्कालीन राष्ट्रपति जियाङ जमिनसमक्ष सिफारिस गरिएको थियो र उनी जियाङको सल्लाहकारमा बढुवा भएका थिए।

पार्टीको राजनीतिक सिद्धान्तकारको हिसाबले वाङलाई कम्युनिस्ट पार्टीको कैयौँ अवधारणा पछाडिको प्रमुख व्यक्तिका रूपमा लिइन्छ।

त्यसमा तीन जना नेताहरू: जियाङ जमिनको तीन प्रतिनिधित्व, हु जिन्ताओको विकास सम्बन्धी वैज्ञानिक अवधारणा र सी जिनपिङ विचारधारा पर्छन्।

चीनको महत्त्वाकाङ्क्षी पूर्वाधार लगानी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ पनि उनकै अवधारणा भएको विश्वास गरिन्छ।

उनी पार्टीको सबै गुटसँग मिल्नसक्ने नेताका रूपमा चिनिन्छन्।

साइ ची

साइ ची

उमेर:६६

हालको राजनीतिक जिम्मेवारी: बेइजिङका मेयर

राष्ट्रपति सीका नजिकका साझेदार रहेका उनले चिनियाँ नेतासँग फुजिआन र झेजिआङ प्रान्तमासँगै काम गरेका छन्। उनले राष्ट्रपति सीप्रति पूर्ण वफादारी कायम राख्न अपिल गरेका थिए।

कोभिड महामारी उत्कर्षमा रहँदा यसै वर्षको सुरुमा बेइजिङमा शीतकालीन ओलिम्पिक आयोजना गर्नुलाई पार्टीभित्र उनको सफलताका रूपमा लिइएको थियो र त्यसले उनको छवि राम्रो बनाएको थियो।

तर उनले सन् २०१७ मा बेइजिङको जनसङ्ख्या घटाउनका लागि घोषणा गरेको एउटा अभियान विवादित बनेको थियो। उक्त योजनाले कम आय भएका धेरैलाई शहर छाड्न बाध्य पारेको थियो।

डिङ सिआसिआङ

डिङ सिआसिआङ

उमेर: ६०

हालको राजनीतिक जिम्मेवारी: पार्टीको महासचिवको कार्यालय तथा राष्ट्रपतिको कार्यालयका निर्देशक

एक जना तालिमप्राप्त इन्जिनिअर डिङले आफ्नो राजनीतिक जीवन साङ्घाई स्थित एउटा सरकारसँग आबद्ध अनुसन्धान केन्द्रबाट सुरु गरेका थिए।

शक्तिमा पुग्न महत्त्वपूर्ण ठानिने प्रान्तीय तहको पार्टी सचिव वा गभर्नरको अनुभव नभएपनि उनी सन् २००७ मा सी जिनपिङको सचिव नियुक्त भएका थिए।

सन् २०१४ यता उनी राष्ट्रपति कार्यलयका प्रमुख छन् र सीको चिफ अफ स्टाफजस्तो भूमिका निर्वाह गरिरहेका छन्।

सी जिनपिङ विचारधाराका बलियो पैरवीकर्ता रहेका उनी सीका सबैभन्दा विश्वासप्राप्त सहयोगी हुन्। चीनभित्र र बाहिर सीले गरेका धेरै भ्रमणमा उनीसँगै गएका छन्।

पर्यवेक्षकहरूका अनुसार उनले हालैका वर्षमा अन्य कुनै अधिकारी भन्दा बढ्ता समय सीसँग बिताएका छन्।

ली सी

ली सी

उमेर: ६६

हालको राजनीतिक जिम्मेवारी: ग्वाङडुङ प्रान्तको पार्टी सचिव

सीप्रति वफादार उनको चिनियाँ नेताको परिवारसँग पनि नजिकको सम्बन्ध छ। लीलाई सन् २०१७ मा लियाओनिङ प्रान्तमा झुट्टो आर्थिक तथ्याङ्कका कारण निम्तिएको कान्डमा सङ्कट मोचकको भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिने गरिन्छ।

उनी राजनीतिक रूपमा महत्त्वपूर्ण शहर यनानका पार्टी नेता हुन्। उक्त शहरलाई दोस्रो विश्व युद्धको समयमा माओले पार्टी मुख्यालय बनाएका थिए र त्यहाँ सीले सात वर्ष कडा श्रम गरेका थिए।

ग्वाङडुङमा लीले प्रविधि उद्योगको विकास र आर्थिक सुधारलाई जोड दिएका छन्। उनले त्यहाँ नयाँ व्यापार नीतिहरू र क्षेत्रीय समायोजनको मुद्दालाई प्रवर्द्धन गरेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending