काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि 'गायब' हुँदैछन् जस्तो देखिन्छ।
वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ। यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित नेटवर्क कभरेज नभएका क्षेत्रमा पनि कनेक्टिभिटी ल्याउने लक्ष्य राखेको छ।
स्टारलिंकले आफ्नो स्याटेलाइट नेटवर्कलाई द्रुत गतिमा बलियो बनाउँदैछ। टवेकटाउनको को एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले हाल स्याटेलाइट नेटवर्कहरूबाट २५० देखी ३५० एमबीपीएस सम्मको गति प्राप्त गरिरहेका छन्, जुन धेरै फाइबर इन्टरनेट भन्दा छिटो छ।
उदाहरणको लागी दक्षिण अष्ट्रेलियामा फाइबर नेटवर्क को गति ५० देखी ६० एमबिएस छ। यति मात्र होइन, स्टारलिंकले धेरै ठूला टेलिकम कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि पुष्टि गरेको छ । यो घोषणा एलोन मस्कद्वारा पनि साझा गरिएको छ।
यो प्रविधिलाई गेम चेन्जर मानिन्छ किनभने यसले नियमित सेल टावरहरू बिना नै स्याटेलाइट र स्मार्टफोनबीच सीधा जडान गर्न सक्छ। यस प्रविधिको सहयोगमा तपाईले ग्रामीण तथा पहाडी क्षेत्रमा समेत उत्कृष्ट कनेक्टिभिटी पाउनु हुनेछ । यसलाई सन् २०२५ सम्ममा टेक्स्टिङ, कलिङ र डाटा सेवाका लागि थप सुधार गर्ने योजना छ ।
स्पेसएक्सको यो प्रणालीले मोबाइल नेटवर्क र स्याटेलाइट टेक्नोलोजीलाई संयोजन गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कुनै विशेष हार्डवेयर वा एपको आवश्यकता पर्दैन।
डायरेक्ट–टू– सेल प्रविधिले नेटवर्क पुग्न नसक्ने क्षेत्रहरूमा कभरेज प्रदान गर्नेछ। यो प्रविधिले लाखौं आइवोटी यन्त्रहरू जडान गरेर औद्योगिक र विश्वव्यापी सञ्चालन सुधार गर्नेछ। यति मात्र होइन, यो प्रविधिले आपतकालीन अवस्थामा ग्रामीण क्षेत्र वा नेटवर्क नभएको क्षेत्रमा यात्रा गर्दा प्रयोगकर्तालाई राम्रो कनेक्टिभिटी दिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - १५:५८
झापा । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १...
मंसिर १२ गते, २०८१ - १५:४९
क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह ग...
मंसिर १२ गते, २०८१ - १५:४१
हेटौंडा । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतल...
मंसिर १२ गते, २०८१ - १५:३५
सर्लाही । उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन्। जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम ...
मंसिर १२ गते, २०८१ - १५:३३
काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ । नेप्से १.४२ प्रतिशतले बढ्दा २७५५.४७ विन्दुमा परिसूचक पुगेको हो । ९ अर्ब ३१ ...
मंसिर १२ गते, २०८१ - १५:१८
काठमाडौं । ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेली चलचित्र तथा लघु चलचित्र समावेश गर्न आयोजक पक्षले अ...
मंसिर १२ गते, २०८१ - १५:१६
भैरहवा । कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानक...
मंसिर १२ गते, २०८१ - १५:१४
कालीकोट । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कालीकोट जिल्लाको आर्थिक उन्नति र प्रगतिको लागि पहिलो कालीकोट महोत्सव...
मंसिर १२ गते, २०८१ - १५:१०
काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि 'गायब' हुँदैछन् जस्तो...
मंसिर १२ गते, २०८१ - १५:१०
काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि 'गायब' हुँदैछन् जस्तो...
प्रतिकृया लेख्नुहोस्: