महोत्तरी । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ ।
उनी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए । नेपाली कांग्रेस पार्टीमा लामो समय आवद्ध भएका हुँदा पछिल्लो समय विशेष गरी मधेस केन्द्रित राजनीतिमा लागेका थिए ।
तत्कालीन समयमा उनले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए भने साविकको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेका थिए । आठ बुँदे सम्झौतापछि विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी सर्लाहीबाट पराजित भएका थिए ।
त्यस्तै २०७० को दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही–४ बाट उनी पराजित भएका थिए । विसं २०७४ को निर्वाचनमा उनी महोत्तरी–३ बाट निर्वाचनमा होमिएका थिए भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले १८ हजार एक सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए । २६ हजार आठ सय ४५ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विजयकुमार चौधरीले आठ हजार छ सय ७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत मात्र ल्याएका थिए ।
उनलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट पूर्व कृषिमन्त्री हरिनारायण यादव र एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरले निर्वाचनमा चुनौती थपेका छन् ।क्षेत्र नं ३ बाटै लोसपा नेपालका अध्यक्ष ठाकुरका सहयात्री तथा तत्कालीन तमलोपा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका वृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन् ।
महोत्तरी क्षेत्र न ३ मा ९९ हजार ९३० मतदाता छन् । स्थानीय तहको परिणामले पनि लोसपाभन्दा जसपा नै बलियो अवस्थामा रहेको देखिन्छ । यस क्षेत्रमा पाँच वटा स्थानीय तह छन् । जलेश्वर, मनराशिसवा र मटिहानी नगरपालिका, एकडारा र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ । विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: