Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ललितपुर-३ मा पम्फा भुसाल निर्विकल्प !

खबरडबली संवाददाता

ललितपुर । यसै पनि ललितपुर जिल्ला वाम–लोकतान्त्रिकहरूको किल्ला हो । धेरै शहरी र थोरै ग्रामीण क्षेत्र ओगट्ने चुनावी क्षेत्र–३ बाट ०७४ को चुनावमै माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले राम्रै मतान्तरले जितेकी थिइन । 

केपी ओलीले प्रतिगमन लाद्ने प्रयास गरेपछि पुरानो समिकरण भत्किएको छ । र, स्थिरता र अग्रगमनको जनअपेक्षा साकार पार्न आज वाम–लोकतान्त्रिकहरूको समिकरण बनेको छ ।

नयाँ समिकरणले, फेरि उनै पम्फालाई यही क्षेत्रमा स्वाभाविक खडा गरेको छ । माओवादी केन्द्रकी उपमहासचिव एवम् हालकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुसाल सरकार गठबन्धनको एक शक्तिशाली उमेदवार हुन् । हुनत ललितपुर–३ मा माओवादी केन्द्र स्थानीय चुनावको मत परिणामको आधारमा तेस्रो हैसियतकै शक्ति हो । 

तर, पम्फा भुसालको व्यक्तित्व र गठबन्धनको एक ढिक्को यात्रा अनि विपक्षी एमालेभित्रको चरम अन्तरविरोधले भुसाललाई अहिले नै विजयको सन्निकट पु-याइसकेको छ ।

उमेरले ६० कटेकी पम्फा भुसाल नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनको एक शीर्ष नेतृ हुन । जनयुद्ध सुरु हुनु अगाडि नै पार्टीको संयुक्त मोर्चा, संयुक्त जनमोर्चा, नेपालको अध्यक्ष भइसकेकी भुसाल जनयुद्ध सुरुवात चरणको समेत केन्द्रीय नेतृ हुन ।

शान्तिप्रक्रियासँगै संविधानसभाबाट नयाँ संविधान निर्माण चरण र त्यसक्रमका पार्टीगत, राजकीय जिम्मेवारीमा उनले आफूलाई जनपक्षधरतामा अरु खरो सावित गरेकी छिन ।

अहिले पनि ऊर्जा मन्त्रालयमा उनको नेतृत्व अरु कयौंको जस्तो औपचारिक मात्र होइन । विद्युत परियोजनाको प्रभावकारी विस्तारदेखि २० युनिटसम्म विजुली खपत गर्ने गरीव नेपालीलाई निशुल्क बिजुली दिने काम उनकै नेतृत्वमा सम्पन्न भएको छ । 

कुनै बेला दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्नुपर्ने देशले बिजुलीको बढी खपतका लागि जनतालाई उत्साहित गर्नुपरेको सुखद स्थिति छ । अब कमसेकम सरकारी र सार्वजनिक क्षेत्रमा इन्डक्सन चुलोको प्रयोग र आमक्षेत्रमा इन्डक्सन चुलोमा सहुलियत उनका कार्यक्रमिक प्राथमिकता हुन ।

भुसालकै नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार सुरु गरिसकेको छ भने अझै विद्युत नपुगेका देशका कतिपय दुर्गम क्षेत्रमा विद्युत पु¥याउने प्रभावकारी रणनीति सुरु भइसकेको छ ।

यससँगै पम्फा भुसालले निर्वाचन क्षेत्र केन्द्रीत आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा महिला केन्द्रीत विशेष योजना र कार्यक्रमहरू समेत जाहेर गरेकी छिन् । विकास एक औपचारिकता मात्र होइन, त्यसले जनताको जीवन समेट्नुपर्छ, विकासले जनताको न्याय बोक्नुपर्छ भन्ने मान्यतामा भुसाल प्रष्ट छिन ।

स्थानीय चुनावको मत परिणामका आधारमा गठबन्धन दलहरू र एमालेको फराकिलो मतान्तर छ । ठूलो मतदाता संख्या ओगट्ने ललितपुर महानगरबाट गठबन्धनका चिरीबाबु महर्जन मेयर छन् । 

एमालेहरूले गठबन्धनका हारेका उपमेयर बाबुराजा महर्जन एमालेका गइसकेकाले भुसाललाई अप्ठेरो पर्ने प्रचार गरे पनि बाबुराजाको एकल मत मात्र प्रभावित भएको, संगठनमा कुनै असर नपरेको माओवादी केन्द्रको बुझाइ छ । त्यसो त पछिल्ला दिनमा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको समेत गनिनसक्नु लर्को छ ।

भुसालको प्रतिद्वन्द्वीका रूपमा एमालेले अमृत खड्कालाई अगाडि सारेको छ । २० औं बर्ष पार्टीबाट बिछट्ट रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यापारी खड्का अकस्मात संघीय उमेदवारका रूपमा देखापरेपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । स्थानीय पार्टीले बाबुराम थापालाई टिकट दिन चाहेको थियो । 

शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भइसकेका थापा जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रुपमा समेत चिनिन्छन् । तर, टिकट खड्काले पाए । यसले एमालेको एउटा पंक्ति आक्रोसित र निरास मात्र होइन, सम्पूर्ण रूपमा निस्क्रिय समेत बनेको छ ।

विवेकशील साझा पार्टी भनिनेको अधोगतिसँगै उज्ज्वल कृष्ण श्रेष्ठ जस्ता युवाहरू ललितपुर–३ मा प्रभावहीन भइसकेका छन् । सुविधाको पदमै रहेर चुनाव लड्ने लोभका कारण स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको चरणमा छ । राप्रपा वरिपरिका राजावादीको यहाँ खासै हिसाव छैन ।

एमालेमा आक्रोश र निरासा अभिव्यक्त हुँदा ललितपुरको नेवारी समुदायमा राम्रो पकड रहेका माओवादी केन्द्रका नेता राजकाजी महर्जन प्रदेश उमेदवारका रूपमा भुसालको बलियो साथमा छन् । 

अनि काँग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ समेत प्रदेश उम्मेदवारकै रूपमा गठबन्धन पक्षमा अहोरात्र खटेका छन् । असन्तुष्ट भनेर प्रचार गरिएका कांग्रेसका संघीय उमेदवार आकांक्षी मदन अमात्य समेत भुसालको प्रचारमा जुटिसकेका छन् । त्यसैले ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प जीत सन्निकट छिन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending