Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ललितपुर-३ मा पम्फा भुसाल निर्विकल्प !

खबरडबली संवाददाता

ललितपुर । यसै पनि ललितपुर जिल्ला वाम–लोकतान्त्रिकहरूको किल्ला हो । धेरै शहरी र थोरै ग्रामीण क्षेत्र ओगट्ने चुनावी क्षेत्र–३ बाट ०७४ को चुनावमै माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले राम्रै मतान्तरले जितेकी थिइन । 

केपी ओलीले प्रतिगमन लाद्ने प्रयास गरेपछि पुरानो समिकरण भत्किएको छ । र, स्थिरता र अग्रगमनको जनअपेक्षा साकार पार्न आज वाम–लोकतान्त्रिकहरूको समिकरण बनेको छ ।

नयाँ समिकरणले, फेरि उनै पम्फालाई यही क्षेत्रमा स्वाभाविक खडा गरेको छ । माओवादी केन्द्रकी उपमहासचिव एवम् हालकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुसाल सरकार गठबन्धनको एक शक्तिशाली उमेदवार हुन् । हुनत ललितपुर–३ मा माओवादी केन्द्र स्थानीय चुनावको मत परिणामको आधारमा तेस्रो हैसियतकै शक्ति हो । 

तर, पम्फा भुसालको व्यक्तित्व र गठबन्धनको एक ढिक्को यात्रा अनि विपक्षी एमालेभित्रको चरम अन्तरविरोधले भुसाललाई अहिले नै विजयको सन्निकट पु-याइसकेको छ ।

उमेरले ६० कटेकी पम्फा भुसाल नेपालको कम्युनिष्ट आन्दोलन र महिला आन्दोलनको एक शीर्ष नेतृ हुन । जनयुद्ध सुरु हुनु अगाडि नै पार्टीको संयुक्त मोर्चा, संयुक्त जनमोर्चा, नेपालको अध्यक्ष भइसकेकी भुसाल जनयुद्ध सुरुवात चरणको समेत केन्द्रीय नेतृ हुन ।

शान्तिप्रक्रियासँगै संविधानसभाबाट नयाँ संविधान निर्माण चरण र त्यसक्रमका पार्टीगत, राजकीय जिम्मेवारीमा उनले आफूलाई जनपक्षधरतामा अरु खरो सावित गरेकी छिन ।

अहिले पनि ऊर्जा मन्त्रालयमा उनको नेतृत्व अरु कयौंको जस्तो औपचारिक मात्र होइन । विद्युत परियोजनाको प्रभावकारी विस्तारदेखि २० युनिटसम्म विजुली खपत गर्ने गरीव नेपालीलाई निशुल्क बिजुली दिने काम उनकै नेतृत्वमा सम्पन्न भएको छ । 

कुनै बेला दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्नुपर्ने देशले बिजुलीको बढी खपतका लागि जनतालाई उत्साहित गर्नुपरेको सुखद स्थिति छ । अब कमसेकम सरकारी र सार्वजनिक क्षेत्रमा इन्डक्सन चुलोको प्रयोग र आमक्षेत्रमा इन्डक्सन चुलोमा सहुलियत उनका कार्यक्रमिक प्राथमिकता हुन ।

भुसालकै नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार सुरु गरिसकेको छ भने अझै विद्युत नपुगेका देशका कतिपय दुर्गम क्षेत्रमा विद्युत पु¥याउने प्रभावकारी रणनीति सुरु भइसकेको छ ।

यससँगै पम्फा भुसालले निर्वाचन क्षेत्र केन्द्रीत आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा महिला केन्द्रीत विशेष योजना र कार्यक्रमहरू समेत जाहेर गरेकी छिन् । विकास एक औपचारिकता मात्र होइन, त्यसले जनताको जीवन समेट्नुपर्छ, विकासले जनताको न्याय बोक्नुपर्छ भन्ने मान्यतामा भुसाल प्रष्ट छिन ।

स्थानीय चुनावको मत परिणामका आधारमा गठबन्धन दलहरू र एमालेको फराकिलो मतान्तर छ । ठूलो मतदाता संख्या ओगट्ने ललितपुर महानगरबाट गठबन्धनका चिरीबाबु महर्जन मेयर छन् । 

एमालेहरूले गठबन्धनका हारेका उपमेयर बाबुराजा महर्जन एमालेका गइसकेकाले भुसाललाई अप्ठेरो पर्ने प्रचार गरे पनि बाबुराजाको एकल मत मात्र प्रभावित भएको, संगठनमा कुनै असर नपरेको माओवादी केन्द्रको बुझाइ छ । त्यसो त पछिल्ला दिनमा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको समेत गनिनसक्नु लर्को छ ।

भुसालको प्रतिद्वन्द्वीका रूपमा एमालेले अमृत खड्कालाई अगाडि सारेको छ । २० औं बर्ष पार्टीबाट बिछट्ट रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यापारी खड्का अकस्मात संघीय उमेदवारका रूपमा देखापरेपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । स्थानीय पार्टीले बाबुराम थापालाई टिकट दिन चाहेको थियो । 

शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भइसकेका थापा जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रुपमा समेत चिनिन्छन् । तर, टिकट खड्काले पाए । यसले एमालेको एउटा पंक्ति आक्रोसित र निरास मात्र होइन, सम्पूर्ण रूपमा निस्क्रिय समेत बनेको छ ।

विवेकशील साझा पार्टी भनिनेको अधोगतिसँगै उज्ज्वल कृष्ण श्रेष्ठ जस्ता युवाहरू ललितपुर–३ मा प्रभावहीन भइसकेका छन् । सुविधाको पदमै रहेर चुनाव लड्ने लोभका कारण स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको चरणमा छ । राप्रपा वरिपरिका राजावादीको यहाँ खासै हिसाव छैन ।

एमालेमा आक्रोश र निरासा अभिव्यक्त हुँदा ललितपुरको नेवारी समुदायमा राम्रो पकड रहेका माओवादी केन्द्रका नेता राजकाजी महर्जन प्रदेश उमेदवारका रूपमा भुसालको बलियो साथमा छन् । 

अनि काँग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ समेत प्रदेश उम्मेदवारकै रूपमा गठबन्धन पक्षमा अहोरात्र खटेका छन् । असन्तुष्ट भनेर प्रचार गरिएका कांग्रेसका संघीय उमेदवार आकांक्षी मदन अमात्य समेत भुसालको प्रचारमा जुटिसकेका छन् । त्यसैले ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प जीत सन्निकट छिन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: