Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वडा तहसम्म मतदाता शिक्षा

खबरडबली संवाददाता

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ । कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।  

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 

“यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइनेछ,” उनले भने । मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ । कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ । 

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका खटाइनेछ । “उनीहरुले वडाका टोल टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्,” उनले भने । 

स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । उनीहरुले मङ्सिर ४ गते पहिलो पटक मतदान गर्दैछन् । 

“स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बदर भयो,” उनले भने, “मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।” निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरिएको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर जिल्लामा आइसकेको छ ।

मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ । 

निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र बाहेकका सबै आवश्यक सामग्री जिल्ला आइपुगेको छ । समानुपातिक मतपत्र भने जिल्ला आइसकेको छ । समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच लाख ५० हजार मतपत्र आइपुगेको छ । “निर्वाचनका लागि आवश्यक सबै सामग्री आइतबार जिल्ला आइपुगेको छ, सामग्रीको रुजु गदैर्छौ,” उनले भने। 

जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता छन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए । 

तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (ख) मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) मा ६७ हजार ३२ र प्रदेश (ख) मा ५७ हजार नौ सय ७३ मतदाता छन् ।

जिल्लामा एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन् । 

क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (ख) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र कायम छन् । क्षेत्र नम्बर २ प्रदेश (क) तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (ख) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: