Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

माओवादीको नयाँ प्रयोग : ल्यायो चुनावी र्याप गित र भिडियो

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रित प्रचार सामाग्री ल्याउने क्रममा र्‍याप शैलीको गीतलाई पनि समावेश गरेको छ । 

माओवादी केन्द्रले चुनाव प्रचारका लागि  ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप गीत ल्याउन लागेको हो । भिडियोसहित सार्वजनिक गर्ने तयारी गरेको माओवादीको प्रचार सामाग्री उत्पादन टिमले औपचारिक रुपमा सार्वजनिक नगरेको र्‍याप गीत समाचार दैनिकले सार्वजनिक गरेको हो ।

कुनै बेला पप तथा र्‍याप शैलीका गीतलाई विकृतिको संज्ञा दिने माओवादीले यस पटकको चुनावमा र्‍याप गीतकै माध्यमबाट पार्टीका पक्षमा माहोल बनाउन गीत ल्याउन लागेको हो ।  

माओवादीले सशस्त्र युद्धको समयमा पनि सबैभन्दा बढी गीतसंगीतको माध्यमले जनतालाई जनचेतना जगाउने गरेको थियो । 

यस्तो छ चुनावी र्‍याप गीतः

त्यसैले त्यसैले त्यसैले त्यसैले त्यसैले
भोट फर प्रचण्ड
भोट फोर माओवादी गोलाकार भित्रको हंसिया अताैडामा

मन मनमा माओवादी मन मनमा प्रचण्ड ।
भोट फर गोलाकार भित्रको हसिया हथौडामा

राजतन्त्र फाले अनि गणतन्त्र ल्याए 
महिला अधिकार दलित अधिकार,
थारु मुस्लिम जनजाति अधिकार सबको अधिकार
सबैको अधिकार सुनिश्चित भयो सबको अधिकार

त्यसैले त्यसैले त्यसैले त्यसैले त्यसैले
भोट फर प्रचण्ड
भोट फोर माओवादी गोलाकार भित्रको हंसिया अताैडामा
महिला पनि समेटिए सबै पदमा 
कयौ आवाज उठाए सबको हितमा हकमा
तानाशाहि शासन थियो विगत विगतमा 
परिवर्तन सोच छ माओवादी रगतमा 
समानुपातिक समावेशी आरक्ष राज्यमा बाँधिने अधिकार 
मन मनमा माओवादी मन मनमा प्रचण्ड 

देशको गौरब बढाउन उनको सधैं देन
विकासका पूर्वाधारमा उनको सधैं देन
गरिब दुःखीहरुका लागि ल्याए नयाँ ऐन
लोडसेडिङ हटाउन प्रचण्डकै देन
गौरवका आयोजना निर्माण अनि विस्तार 
विकासका योजनामा .............

त्यसैले त्यसैले त्यसैले त्यसैले त्यसैले
भोट फर प्रचण्ड
भोट फोर माओवादी गोलाकार भित्रको हंसिया अताैडामा

गीत करिब ३ मिनेट ३० सकेण्डको छ । गीतमा र्‍याप गायक जगत तिरुवाले स्वर दिएका छन् ।  संगीत पनि तिरुवाको छ ।

केशब बडुले एरेन्ज गरेको गीतमा संजिव बराईलीले गितार बजाएका छन् भने अमित जोशीले मिक्सिङ गरेका हुन् । यो र्‍याप गीत स्टुडियो २१ मा रेकर्ड गरिएको हो ।

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy