बैतडी । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन।
२०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा मत माग्न आउने नेताले मालपोत कर तिर्न बैतडीमै व्यवस्था मिलाइदिने प्रतिबद्धता गरे पनि चुनाव सकिएपछि नेताले वाचा बिर्सने गरेका छन्।
बैतडीको तल्लोस्वराड क्षेत्रको हालको मेलौली नगरपालिका–८, (साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडाका पाँच सयभन्दा बढी घरपरिवारले जग्गाको मालपोत डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको स्थानीय मौरे विष्टले बताए।
२०३२ सालमा डडेल्धुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिँदा विशालपुर गाविसका चारवटा वडाको मालपोतको स्रेस्ता डडेल्धुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेल्धुरा गएर मालपोत कर बुझाउनु परेको ठगुन्नाले बताए।
स्थानीय तहको पुनर्संरचनापछि पनि जग्गाको मालपोत र घर कर तिर्न डडेल्धुरा जानुपर्ने समस्या समाधान नभएको स्थानीय बासिन्दा मोतीसिंह ठगुन्नाले बताए।
बैतडीकै भूगोलमा बसेर पनि जग्गाधनीको लालपुर्जा डडेल्धुराको भएका कारण अधिकांश किसानले कृषि फर्म दर्ता गर्न, चार किल्ला प्रमाणित गर्न र कृषि कर्जा लिन पनि झन्झट बेहोर्नु परेको स्थानीयवासीले गुनासो गरेका छन्। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - ०९:४६
काठमाडौं । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज स्वदेश फर्कँदै छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत र...
बैशाख २४ गते, २०८१ - ०९:३५
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बिचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । ...
बैशाख २४ गते, २०८१ - ०९:२९
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला स...
बैशाख २४ गते, २०८१ - ०८:४२
झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पह...
बैशाख २४ गते, २०८१ - ०८:३०
काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्...
बैशाख २४ गते, २०८१ - ०८:१५
नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेप...
बैशाख २४ गते, २०८१ - ०८:१२
काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार...
बैशाख २४ गते, २०८१ - ०८:०७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको र केहि साथी चोइटिएर गएको बताएका छन् ।उनले फुटेर गएकाहरु आफ्नै राजनीतिक...
बैशाख २४ गते, २०८१ - ०७:५३
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क...
बैशाख २४ गते, २०८१ - ०७:४९
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ क...
प्रतिकृया लेख्नुहोस्: