Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

चित्रबहादुरको टिप्पणी : एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसदलाई भत्काउनेलाई भोट दिन नहुने बताए ।

सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँचदलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्नेमा उनको जोड थियो ।

“एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटक-पटक संसद भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्”, अध्यक्ष केसीले भने– “गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।”

उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहज रूपमा चुनाव जित्ने केसीको दाबी छ । नेता केसीले संसदमा नीति बनाउन जाने भएपनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए ।

जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेल भन्छन्- मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...

सुहाङको विजय र्‍यालीमा सहभागी हुन ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।  इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...

इलाममा राप्रपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।  आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...

सुहाङलाई बधाई दिँदै ओलीले भने- युवालाई अझ अगाडि बढाउँदै जानेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा नेकपा एसको जमानत जफत, कसले कति मत ल्याए ?

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए।  इलाम नेकपा ए...

यी हुन् लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...

इलाममा घण्टीको जमानत जफत

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ।  उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies