काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको बताएका छन्।
दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताए ।
देउवाले भने 'अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेका छन् । मैले सुनिरहेको छु ओलीजी आएर दार्चुलामा लिपुलेक फिर्ता ल्याउँछु भन्नुभएछ । उहाँले भनेर केही हुनेवाला छैन । यो कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर, एक आवाज भएर हामी सबैले पास गरेका हौं,' उनले भने, 'अरुले गरेकै थिएनन्, ओलीले मात्रै गरेको भन्ने झुटा कुरा गर्नुभएको हो । दुई तिहाई उहाँले गरेर आएको छ रु दुई तिहाइले गरेको हो । त्यसमा कांग्रेस, माओवादी सबै पार्टी भएर गरेको हो ।'
प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्ने बताए । 'ओलीजीले बोलेर जाुनभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो । दार्चुला आएर फिर्ता हुने छैन । सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने । नेपालको भूभाग हो तर नेपालसँग छैन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...
फाल्गुन २८ गते, २०८२ - १३:५९
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...



प्रतिकृया लेख्नुहोस्: