Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

इलाम १ः ४८ साल यता हार नव्यहोरेका खनालसँग बस्नेतको प्रतिस्पर्धा

खनाल कति सुरक्षित ?

खबरडबली संवाददाता
फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल सातौँपटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसार्इंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन ।  गत आमचुनावमा नेकपा (एमाले)का तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गरेको थिए । 
 
यसपटक कांग्रेससहितको सत्ता–गठबन्धनबाट साझा उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धी दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख बनेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत छन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी पनि सोही क्षेत्रबाट दिएका छन् । 
 
इलाम क्षेत्र नं १ को प्रदेशसभा ९१० मा गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी ०की नेत्री एवं प्रदेश नं १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूको उम्मेदवारी रहेको छ भने एमालेले सन्दकपुर गाउँपालिकाकी पूर्वउपाध्यक्ष शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ । 
 
यसैगरी प्रदेशसभा ९२० मा गठबन्धनबाट कांग्रेसका नेता एवं रोङ गाउँपालिकाका पूर्वाध्यक्ष शमशेर राईका विरुद्ध एमालेले माई नगरपालिकाका पूर्वप्रमुख दीपककुमार थेबेलाई अघि सारेको छ ।
 
उम्मेदवारहरु आआफ्नो एजेण्डा, पार्टीको घोषणा र प्रतिबद्धतापत्र लिएर जनताको घरदैलोमा व्यस्त छन्। भेला तथा चुनावी सभाले निर्वाचनको माहौल तताएको छ । नेता खनाल सडकदेखि पर्यटन सम्मका १७ योजना सहित अहिलेसम्म भएका कामको फेहरिस्त लिएर चुनाव प्रचारमा व्यस्त छन्। 
 
उनको अपिलमा निर्वाचन क्षेत्रका सबै पालिका र वडामा कालोपत्र पक्की सडकको विकास गरिने उल्लेख छ । जिल्लाको पर्यटकीयस्थलको संरक्षण र संवद्र्धन गरिने जनाउँदै उनले भने, “पर्यटकीय क्षेत्रलाई अत्याधुनिक व्यवस्थापन गर्दै अझ सुन्दर र लाभकारी बनाइनेछ ।” शिक्षालाई निःशुल्क बनाउने उहाँको उद्देश्य छ । “सबैलाई शिक्षाको सुनिश्चित हुनेगरी उच्च शिक्षा अध्ययनको केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गर्नेछु ।”
 
चियाको उत्पादन वृद्धि गर्ने, स्थिर बजार खोज्ने, बजार विविधीकरण र चिया उद्योगलाई नेपालको राष्ट्रिय उद्योगका रुपमा विकास गर्ने खनालको अपिलमा उल्लेख छ । सोचेजस्तो विकास गर्न नसकेको आरोप खेपिरहनुभएका खनालका लोभलाग्दा योजना पढेर मतदाता सकारात्मक देखिएका छन् । एकतीस वर्ष सूर्यमा भोट माग्नुभएका उहाँ यसपटक कलम चिह्नमा छाप लगाउन अपिल गरिरहेका छ । 
 
विसं २०५४ देखि ०५९ सालसम्म इलाम नगरपालिकाको प्रमुख बन्नुभएका बस्नेत ०७४ सालको निर्वाचनमा दास्रो कार्यकालका लागि पुनःनिर्वाचित बनेको थिय । लामो समय खनाललाई नेता मानेर कार्यकर्ताको भूमिका निभाएका बस्नेतलाई पार्टीले यो पटक खनालको प्रतिस्पर्धी बनाएको छ । नगरप्रमुख हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा गरेको काम र सङगठनका कारण जनता आफ्नो पक्षमा रहेको उहाँको भनाइ छ । “जनताले नयाँ अनुहार खोजेका छन् ”, उनले भने । खनाल झैँ बस्नेत पनि मतदाता भेटघाटमा नै व्यस्त छन्। 
 
सो क्षेत्रबाट खनाल, बस्नेत र पाण्डेसहित जनता समाजवादी पार्टीका कमलकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारानाथ सापकोटा, नेपाली कांग्रेस ९बिपी० का गणेशप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका पद्मबहादुर लिम्बू, मङ्गोलनेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया र अन्य स्वतन्त्र उम्मेदवार निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मी रहनुभएको छ । 
 
सूर्योदय नगरपालिकाका रोशन बस्नेत र गोविन्द सापकोटा विकास र पूर्वाधारका कामलाई अघि बढाउन सक्ने उम्मेदवारलाई मत दिनुपर्ने बताउछन्। माईजोगमाइका कुमार थापाको पनि त्यस्तै भनाइ छ । 
 
यस निर्वाचन क्षेत्रअन्तर्गत सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७, ८, ९ बाहेक सबै वडा पर्दछन् । गत स्थानीय तह निर्वाचनमा नेकपा ९एस०ले सूर्योदय नगरपालिकाको प्रमुख र सन्दकपुर गाउँपालिकाको उपाध्यक्षसहित सात  वडामा विजयी भएको थियो । 
 
निर्वाचन क्षेत्रअन्तर्गतका ३९ मध्ये २० वडामा उम्मेदवारी दिएको नेकपा एसले सात वडामा मात्र जितेको हो । रोङ र सन्दकपुर गाउँपालिका अध्यक्षसहित कांग्रेसले सूर्योदय उपप्रमुख र माईजोगमाई उपाध्यक्ष जितेको थियो भने माईजोगमाई अध्यक्ष र रोङ उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी बनेको थिए । 
 
पालिका तहमा गठबन्धन भए पनि वडा तहमा मित्रवत् प्रतिस्पर्धा गरिएको थियो । वडा तहको मतपरिणामअनुसार सो क्षेत्रमा एमालेको २४ हजार आठ सय २१ मत छ भने गठबन्धनको ३७ हजार तीन सय ४४ मत थियो । इलाममा कूल मतदाता दुई लाख २४ हजार चार सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा एक सय २९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं १ मा मात्र एक लाख नौ हजार पाँच सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुटानी प्रधानमन्त्रीले दिए रवि लामिछाने र बालेन शाहलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले २१ फागुनमा सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...

तनहुँमा पूर्वमन्त्री भगवति न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...

लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका चारजना मध्ये तीन पराजित

खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...

लमजुङमा नेकपासहित नौ उम्मेदवारको जमानत जफत

लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...

मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...

बाजुरामा समानुपातिक मतगणना सकियो

बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...

पाल्पामा समानुपातिकतर्फ रास्वपा पहिलो

तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...

आज दिनभर साधारणतया बादल लाग्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE