Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

माओवादी केन्द्रलाई नै मतदान किन ?

गोकर्ण बराल

सत्ताको लागि जे पनि गर्न तयार रहेको एमाले पार्टी र तिनका नेताहरुको प्रवृत्तिले गर्दा राष्ट्रको छवी धुमिल भएका बेला तल्कालीन माओवादी नेतृत्वले राष्ट्रको शिर झुक्न नदिएको इतिहास साची छ ।

नेपाली जनताको दशकौंको बलिदानीपूर्ण सङ्घर्र्षको परिणामस्वरूप नेपालमा गणतन्त्र स्थापना भएको हो । दोश्रो जनान्दोलन र माओवादी जनयुद्दबाट  प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै संविधानसभाबाट नेपालको संविधान जारी गरिएपछि नयाँ संविधान कार्यान्वयन प्रक्रियाअन्तर्गत दोस्रो कार्यकालको जनप्रतिनिधि संस्थाहरूको निर्वाचन मङ्सिर ४ गते हुँदैछ ।

दश बर्षको जनयुद्धको जगमा स्थापित माओबादी खुल्ला राजनीतिक यात्रामा संसदीय व्यवस्था मान्दै निर्वाचनमा होमिएको चार  पटक हुँदैछ  । राजनीतिमा सिद्धान्त भन्दा व्यक्ति माथि हुँदैन भन्ने प्रचलन अनुरुप  माओबादीले  हजारौ शहिदको रगतबाट स्थापित विचार र सिद्धान्तलाइ स्थापित गर्न संघर्ष गरिरहेको छ । 

कम्युनिष्ट घोषणापत्रमा ,सर्वहारावर्गले आफ्नो राजनैतिक प्रभुत्वको प्रयोग गरि पुँजीपति वर्गबाट बिस्तारै-बिस्तारै सारा पुँजी खोस्नेछ , शासकवर्गको रुपमा संगठित सर्वहारावर्गको हातमा उत्पादनका सारा साधनलाई केन्द्रित पार्नेछ र सकेसम्म तिब्र गतिले सारा उत्पादक शक्तिहरुलाई बढाउने छ भन्ने मान्यतालाई स्थापित गर्न माओवादी सधै मैदानमा छ । सत्तालाई मात्र प्रधान मान्ने केपी ओली  प्रबृतिले तहसनहस भएको पार्टी र सबिधान बचाउन माओवादीले खेलेको भूमिका आज पनि जनमानसमा ताजै छ । 

शान्तिप्रक्रियापछि आम नागरिकमा गरेको सम्पूर्ण बाचा र जनयुद्दको उपलब्धिको रक्षाको लागि माओवादी नेतृत्व देशलाई अहिले पनि आबस्यक देखिन्छ  । म्यानफ्रेड डेविडम्यानले भनेझै, प्रजातन्त्रको वास्तविक संघर्ष वामपन्थी र दक्षिणपन्थीबीच होइन,निर्णय अधिकारसहितको सहभागिताको लागि हो भन्ने भाबना स्थापित गर्न माओबादी नेतृत्व देशले खोजिरहेको छ  । 
सत्ताको लागि जे पनि गर्न तयार रहेको एमाले  पार्टी र तिनका नेताहरुको प्रबृत्तिले गर्दा राष्ट्रको छवी धुमिल भएका बेला तद्कालिन माओबादी नेतृत्वले राष्ट्रको शिर झुक्न नदिएको इतिहास साची छ  । वाक स्वतन्त्रता र दासत्वको बिरुद्द बुलन्द आवाज उठाएको माओबादीले शेक्सपियरले, झुठो बोल्नेलाई अरुले बिश्वास गर्दैनन् भन्ने होइन कि ऊ स्वयं नै कसैलाई बिश्वास गर्न सक्दैन, भने झैँ  एमालेले देखाएको झुठो सपनाको समुन्द्रबाट देशलाई  डुब्नबाट बचाएको थियो । 

नेपालमा आज स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समाजवादउन्मुख समावेशी लोकतन्त्र सहितको ऐतिहासिक राजनीतिक परिवर्तन हासिल गर्न र ती उपलब्धिहरूलाई संविधानमा संस्थागत गरि समग्र लोकतान्त्रिक रूपान्तरणको प्रक्रियालाई यो बिन्दुसम्म ल्याउन नेपाली जनताले ७ दशक लामो बलिदानीपूर्ण सङ्घर्ष गरेका छन् । सशस्त्र एवम् शान्तिपूर्ण सङ्घर्ष, जनयुद्ध एवम् जनआन्दोलन लगायतका सङ्घर्षहरू विभिन्न समयमा  सञ्चालन भएको सर्वविदितै छ । 

मजदुर, किसान, महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारुलगायत सम्पूर्ण उत्पीडित समुदायले आ-आफ्नो ठाउँबाट महत्त्त्वपूर्ण सङ्घर्ष गरेका छन् भने ती सङ्घर्षमा आफ्नो जीवन बलिदान हजारौले गरेका छन् । राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरेर समृद्ध नेपाल बनाउन एवम् देश तथा जनताको आधारभूत समस्याहरू समाधान गर्दै आम जनसमुदायको नयाँ जीवनको आकाङ्क्षा पूरा गर्न माओवादी नेतृत्व आवश्यक छ । समृद्ध नेपालको सपना साकार पार्नको लागि आसन्न प्रतिनिधि सभा एवम् प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा समेत माओवादीलाइ मतदान गर्न आवश्यक छ । 

माओवादीकै नेतृत्व किन ?

आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले सङ्घ र प्रदेशहरूमा संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ । प्रतिगमनको खतरा कायम रहन दिने वा नदिने, यथास्थितिमा देशलाई राखिराख्ने वा विकास एवम् समृद्धिको दिशामा फड्को मार्ने फैसला गर्नेछ । 

ने.क.पा. (माओवादी केन्द्र) को नेतृत्वमा मात्र परिवर्तन एवम् संविधानका उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित समृद्धिको लक्ष्य प्राप्तिमा फड्को मार्न र समाजवादको आधार तयार पार्न सम्भव छ । यसमा निम्नलिखित कारण रहेका छन्: 

१. नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबै जसो एजेन्डाहरू – गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णयक भूमिका खेलेको तथ्य घामजतिकै छर्लङ्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिबासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवम् लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ । राजनीतिक परिवर्तनको मूल मर्म भनेको यसलाई साधन र माध्यम बनाएर जनताको जीवन फेर्नु र नयाँ नेपाल बनाउनु हो । यस मर्मलाई आत्मसात् गर्दै व्यवस्थालाई रक्षा र अवस्थामा परिवर्तन ने.क.पा.(माओवादी केन्द्र) को नेतृत्वमा नै सम्भव छ । 

२. संविधानको प्रावधानको विरुद्धमा तत्कालीन प्रधानमन्त्री हैसियतमा दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्नुभयो । प्रतिगामी कदमलाई असफल पार्न र प्रतिगमनको थप खतराको ढोका बन्द गर्न हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) कै पहल र अगुवाइमा प्रतिगमन विरोधी सङ्घर्र्ष सफल हुन सकेको थियो । तसर्थ, नेपाली जनतालाई बारम्बार प्रतिगमन विरुद्धको सङ्घर्र्षमा लागि रहनुपर्ने बाध्यता हटाउने कार्य ने.क.पा. (माओवादी केन्द्र) कै नेतृत्वमा मात्र सम्भव छ । 

३. हाम्रो पार्टी वर्तमान संविधान, लोकतन्त्र र परिवर्तनलाई ऐतिहासिक महत्त्त्वको क्रान्तिकारी उपलब्धि ठान्दछ र यसको रक्षा गर्न दृढ छ । साथै, हाम्रो पार्टी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न र अन्ततः समाजवाद निर्माण गर्न प्रतिबद्ध छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने.क.पा. (माओवादी केन्द्र) मात्र हो । तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ । 

४. तात्कालिक परिस्थितिको मागअनुसार कम्युनिस्ट एकता, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको विकास गर्न र राष्ट्रिय मुद्दाहरूमा सम्बन्धित सबै शक्तिहरूलाई सहकार्य र एकता प्रक्रियामा ल्याउनसक्ने शक्ति ने.क.पा. (माओवादी केन्द्र) नै रहेको छ । सङ्कीर्ण, एकलकाँटे, जड, इतिहासमुखी, शुद्धतावादी वा यथास्थितिवादी शक्तिहरूबाट होइन, उद्देश्य एवम् लक्ष्यमा दृढ तर तात्कालिक परिस्थितिको मागअनुसार गतिशील ढङ्गले अधि बढ्न सक्षम ने.क.पा. (माओवादी केन्द्र) द्वारा नै परिस्थितिमा आउने उतार–चढावको सामना गर्दै आजको कार्यभार पूरा गर्नेगरी नेतृत्व दिन सक्षम छ ।  

५. प्रचण्डको छोटो प्रधानमन्त्रीत्व कालमा पनि राजनीतिक समस्या समाधानमा र विकास–निर्माणको क्षेत्रमा केही उल्लेखनीय कार्यहरू हुने सके । खासगरी दोस्रो कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक वृद्धि र सामाजिक विकासको आधार तयार गरियो । मुलुकलाई बर्सौंदेखिको लोडसेडिङबाट मुक्त तुल्याउने, काठमाडौं–निजगढ द्रुतमार्ग लगायतका ठुला आयोजनाहरूको निर्माण कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री स्वयंले निर्माणाधीन ठुला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए । यिनै पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्यो । यसबाट ने.क.पा. (माओवादी) को नेतृत्व भएमा छोटो समयमा पनि विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने शिद्ध भएको छ ।

६. ने.क.पा. (माओवादी केन्द्र) त्यस्तो पार्टी हो जो आफ्नो इतिहास, विगत र सफलतालाई बिर्संदैन बरू गर्व गर्छ, तर वर्तमानलाई मुख्य ठान्दछ । साथै, हाम्रो पार्टी आफ्ना सकारात्मक गुणचरित्र र सफलताहरूलाई दह्रो गरी पक्रंदै अघि बढ्छ । माओवादी पार्टी त्यस्तो पार्टी हो जो आफ्नो गल्ती, कमजोरीहरू र अपर्याप्तताहरू विनम्रतापूर्व स्वीकार गर्दछ, जनतासामु इमानदारीपूर्वक आत्मालोचना गर्दछ र गल्ती–कमजोरी सच्याउँदै एवम् थप रूपान्तरित हुँदै अघि बढ्ने सङ्कल्प गर्दछ । सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक मूल कार्यभार र समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न प्रचण्डको नेतृत्वमा वैचारिक–सांस्कृतिक रूपान्तरणको महाअभियानमा हेलिँदै अघि बढ्ने घोषणा २०७८ सालमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट गरेको छ । तसर्थ ने.क.पा. (माओवादी केन्द्र) बाट नै नेतृत्व र निकास सम्भव छ ।

७. ने.क.पा. (माओवादी केन्द्र) मा त्यस्तो नेतृत्व छ, जसले पछिल्लो आन्दोलन, परिवर्तन र शान्ति प्रक्रियाका सबै कालखण्ड र सन्दर्भको नेतृत्व गर्नु भएको छ । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्र्षको नेतृत्व गर्नुभयो । नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, प्रचण्डको नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) बाट मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending