Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि, पाकिस्तान ५ विकेटले पराजित

खबरडबली संवाददाता

काठमाडौं ।  पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाक्यो । 

रिजवान १५ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके । कप्तान बाबर २८ बलमा ३२ रन बनाएर आउट हुँदा ११.१ ओभरमा पाकिस्तान ८४–३ को अवस्थामा पुगेको थियो । त्यसको अर्को ओभरमै आउट भएका इफ्तिकर अहमदले रनको खाता खोल्नै सकेनन् ।

पाँचौं विकेटका लागि शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरेका थिए । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए । त्यसपछि पाकिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।   नेपाल सुनचाँदी व्...

भेरी नदिमा हाम फालेर बेपत्ता भएकी युवतीको शव सातदिनपछि भेटियो

सल्यान। सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थि...

पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मी: पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा

पश्चिम नवलपरासी। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ। जिल्ल...

कर्णाली राजमार्गका जोखिम क्षेत्र मर्मत भएपछि यात्रा सहज

कालीकोट। वर्षातको वा हिउँदको समयमा पानी परेपछि अबरुद्ध हुने कर्णाली राजमार्गका केही जोखिम क्षेत्रको मर्मत सुरु भएको छ। यात्रा सहज बनाउने उद्देश्यले रा...

मृतक मतदाताको नाम दुरुपयोग नहोस् भन्नेमा हामी सचेत छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...

निष्पक्ष चुनाव भए प्रत्यक्षतर्फ ६० सिट जित्ने प्रचण्डको दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...

निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...

फेरिएको चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...

नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज, चुनावी तयारीबारे समीक्षा हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE