डुम्रे । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई दिन तालिम प्रदान गरिएको छ । मतदान केन्द्रमा खटिने छ सय १० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । शनिबार निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा तालिम प्रदान गरिसकिएको छ भने आज निर्वाचन क्षेत्र नं २ को भानुभक्त बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय पोखराले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको एक सय ४२ वटा मतदानस्थलमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।
प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने मताधिकारलाई सुरक्षित तबरबाट प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको उनले बताए। ढकालका अनुसार मङ्सिर १ गते सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र कर्मचारी खट्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १२:०६
तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...
फाल्गुन २६ गते, २०८२ - ११:३३
खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...
फाल्गुन २६ गते, २०८२ - ११:१५
तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...
फाल्गुन २६ गते, २०८२ - ११:०६
लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...
फाल्गुन २६ गते, २०८२ - १०:५२
नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...
फाल्गुन २६ गते, २०८२ - १०:३९
बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...
फाल्गुन २६ गते, २०८२ - १०:२७
तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...
फाल्गुन २६ गते, २०८२ - १०:१०
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...



प्रतिकृया लेख्नुहोस्: