Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

‘चुनावमा प्रलोभन बाँड्दिनँ, जनताको सुझाव लिएर काम गर्छु’ (अन्तर्वार्ता)

जनताको अभिमतले प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुलाई परास्त गर्छ

खबरडबली संवाददाता

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यजोखबहादुर महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्। बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारबनेका महरा प्रदेश सभा सदस्यमा आफूले सहजै जीत निकाल्ने दावी गर्छन्।

वि.सं. २०२० सालमा रोल्पाकोसुनिलस्मृति गाउँपालिका वडा नं. ५ (साविक गजुल गा.वि.स–२ मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेको बताउँछन्। 

राजनीतिशास्त्र÷अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका उनी राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समयप्रा.वि. र मा.वि. शिक्षकको रुपमा अध्यापन गरेका थिए। अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अ.ने.रा.स्व.वि.यु. दाङको सचिव बने । त्योसँगै नेकपा (मशाल) को पार्टी सदस्य लिएका उनी २०४३ सालमा अ.ने.रा.स्व.वि.यु.को केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका हुन्। 

२०५१ सालमा ने.क.पा. (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए। २०६० सालमा माओवादीकेन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएर संसद भवन प्रवेश गरेका थिए। 

संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए।

गठबन्धनका सहकर्मीसहित चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दा जनताले सकारात्मक प्रतिक्रिया दिएको बताउने महरा आफूले अत्यधिक मतका साथ निर्वाचित हुने विश्वास व्यक्त गर्छन्। रोल्पा प्रदेश सभा १ का उम्मेदवार महरासँग गरेको कुराकानीको अंशः  

चुनावी गतिविधि कसरी अगाडि बढाइरहनुभएको छ ?

हामी जनताको घरदैलोमा गइरहेका छौं। भेटघाट, छलफल, अन्तरक्रिया गर्दै स्थानीय जनताका समस्या, आवश्यकता र गुनासो सुन्ने काम पनि भइरहेको छ। चुनाव प्रचार प्रसार, मतदाता शिक्षा र गठबन्धनका पक्षमा चुनावी माहोल बताउने काम भइरहेको छ।

गठबन्धनबनेपछि जनतामा उत्साह देखिएको छ । म पहिलो पटक जिल्लाबाट निर्वाचनमा होमिएको छु, त्यसले गर्दा जनता खुशी भएका छन्। हाम्रो प्रदेश सभा निर्वाचन क्षेत्रको केन्द्रीकृत कार्यक्रम हिजो मात्रै सुलिचौरमा भव्यताका साथ सम्पन्न गरियो।

कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन लगायतले सम्बोधन गर्नुभयो। स्थानीयबासीको उल्लेख्य सहभागिताले हामीलाई निकै उत्साहित बनाएको छ। हिजोको कार्यक्रम जस्तै २७ गते घर्तीगाउँ र २९ गते होलेरीमा कार्यक्रम गर्दैछौं। 

तपाईको क्षेत्रमा के कस्ता समस्या देख्नुभएको छ?

खासगरी यस क्षेत्रमा पूर्वाधार विकासका लागि नयाँ मोडलसहित एकीकृत ढंगले अगाडि बढ्न जरुरी छ । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण, रोजगारी सृजना गर्ने, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्यमा आमूल सुधार गर्न जरुरी छ ।

यी समस्याहरु मैले नजिकबाट देखेको छु। भोगेको पनि छु। त्यसैले म निर्वाचित भएमा प्राथमिकताका आधारमा यी समस्याहरुलाई समाधान गर्न विशेष पहल गर्नेछु।

तपाईंका चुनावी एजेन्डा के के हुन्?

मैले जनतासामु के भनेको छु भने पहिले निर्वाचन जिताउनु प¥यो, त्यसका लागि मलाई ठूलो चुनौती केही छैन, जनताको साथ छ । जब चुनाव जितिन्छ तब भने ठूलो चुनौती खडा हुनेछ, त्यो चुनौती पूरा गर्नका निम्ति तपाईहरुकै सर–सहयोगबाट यहाँ देखिएका सम्पूर्ण समस्या हल गर्न सकिनेछ।

तपाईंहरु नै मुख्य मान्छे भएकाले नेतृत्व मात्रै हामीले गर्ने हो। तपाईहरुकै सुझाव र सल्लाह बमोजिम तपाईहरुकै सहभागितामा यहाँका समस्या हल गरिने छ भनेर एकमुष्ट रुपमा भनिएको छ।

जसरी अन्य उम्मेदवारहरुले फलानो ठाउँमा यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दै प्रलोभन देखाइरहेका छन्, म त्यो बाटोमा छैन। जनता भनेका मालिक हुन्, हामी सेवक! त्यसैले उहाँहरुकै सहभागितामा, उहाँहरुकै सुझाव, सल्लाह अनुसार हामीले काम गर्ने हो । म पनि त्यही गर्नेछु।

तपाईले चुनाव जित्ने आधार के के हुन्?

मैले यसपटक चुनाव जित्ने आधारहरु प्रशस्तै छन्। स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ३५ वडामध्ये सात वडाबाहेक सबै गाउँपालिकामा माओवादी केन्द्रले नै जितेको हो। स्थानीय तहको निर्वाचनमा म यस क्षेत्रमा खटिएको थिएँ। 

त्यस्तै, दोस्रो कुरा मुख्यतः कांग्रेस, समाजवादी, राजमो लगायतसँग हाम्रो गठबन्धन छ। नेपाली कांग्रेसका नेता, कार्यकर्ता र पार्टीसम्बद्ध जनता समेत मेरो पक्षमा उभिनुभएको छ । यसले गर्दा पनि अत्यधिक मतले विजयी हुने सम्भावना देखिन्छ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

मतदाताले हामीप्रति निकै विश्वास गर्नुभएको छ। घरदैलोमा जाँदा उहाँहरुले हामीलाई खुलेर स्वागत गर्नुहुन्छ। विकास निर्माणका लागि हामीलाई अभिभावक सम्झेको बताउनु हुन्छ। हामीले जनतासँग प्रत्यक्ष भलाकुसारी गरिरहँदा उहाँहरुले समस्या बताउनु हुन्छ। 

मैले चुनावी अभियानमा एकोहोरो भाषण गर्ने गरेको छैन। जनतामाझ जाने, दोहोरो संवाद गर्ने, छलफल गर्ने, उहाँहरुका धारणा, समस्या सुन्ने र त्यसलाई सम्बोधन कसरी गर्न सकिन्छ भनेर समाधानको बाटो देखाउने गरेको छु। हामीले अभियानमा पनि घर घर जानुभन्दा टोलका मानिसलाई जम्मा गर्ने र उहाँहरुका कुरा सुन्ने र त्यसलाई सम्बोधन गर्दै अगाडि बढ्ने गरेका छौं । 

आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

यतिबेला ठूलो प्रतिक्रान्तिबाट गठबन्धनले देशलाई बचाएको छ। अझै पनि जनताको मत, अभिमतले प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरुलाई परास्त गर्ने छ भने मुलुक, राष्ट्र र संविधानको रक्षा गर्दै अगाडि जानेछ।

त्यसैले आम मतदाताहरुको अमूल्य मतका कारण धेरै स्थानीय सरकार गठबन्धनको बनेको छ भने अब संघीय सरकार र प्रदेश सरकारका लागि पनि गठबन्धनलाई अमूल्य मत दिएर बहुमतसहित विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending