Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

तथाकथित वैकल्पिक राजनीति : राजावादी भ्रम र विदेशी स्वार्थ

महेश्वर दाहाल

रवि लामिछानेहरू जस्ता विचार, दर्शन र आदर्श नभएकाहरू राजनीतिमा आउँदा युक्रेन, ब्राजिलको जस्तो हविगत नेपालमा हुनसक्छ । विदेशीले सिंगारेका हल्का मुद्दाहरू उठाएर राष्ट्रिय मुद्दा छोप्ने यस्ता पात्रहरू पूरै प्रायोजित हुन सक्छन् ।

हिजोका दिनमा निकै ठूलो तामझामसहित बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको कुरा गरे । दुई/चार वर्ष साझा र विवेकशील भन्दै उपरी हल्ला पनि निर्माण गरे । उनको वैकल्पिक राजनीति पुरानै राजतन्त्र फर्काउने नियत हो भनेर चौतर्फी विरोध भयो । 

प्रारम्भमा त उनले त्यसको खण्डन गरे । तर, आफ्ना छद्म सोचमा स्वाभाविक असफल भएपछि उनी राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने राप्रपाको शरणमा  पुगेका छन् । र, उनी राजावादी हुन् भन्ने बुझाइलाई अन्ततः आफैँले सावित गरेका छन् ।

आज राजतन्त्र वकालतको आवरणसहित उनी नेपालमा प्रतिगमन स्थापित गर्ने र पश्चिमा शक्ति केन्द्रको पक्षपोषण गर्ने काममा सक्रिय छन् । उनी जे थिए, अहिले म्याउँ गरे । राजावादी पार्टी राप्रपामा प्रवेश गरे । अब उनको बारेमा कसैलाई भ्रम छैन ।

त्यस्तै, अमेरिकामा धेरै वर्ष बसेका, उतैको नागरिकता लिएर पछि छाडेका रवि लामिछानेले तथाकथित स्वतन्त्र पार्टी खडा गरेका छन् र उनको पार्टीको विचार, योजना र सिद्धान्त भन्ने नै केही छैन । युवापुस्ताको नेतृत्व र भ्रष्टाचार विरोधको जलपमा  मात्र आफूलाई सिंगारिरहेका छन । 

नेपालमा बढ्दो अमेरिकी वा पश्चिमाहरुको प्रभावबारे उनले केही बोलेकै छैनन् । बरु पश्चिमा लगानीका सामाजिक सञ्जाल, पश्चिमा प्रभावका अनलाइनसहित केही मिडियाको प्रायोजित प्रचारमा रातारात उनी हिरो बनाइएका छन् ।

अहिले रवि र उनका पार्टीका उम्मेदवारहरूलाई पश्चिमा प्रभावका मिडियाहरूले नै बेस्सरी उछालिरहेका छन् । मानौँ, उनीहरूले निर्वाचन जितेमा देशमा एकाध वर्षमा नै कायापलट हुन्छ । तिनीहरूले पार्टीहरू, त्यसको नेतृत्व र कार्यकर्तामाथि निरपेक्ष प्रहार केन्द्रीत गरिरहेका छन् ।

पार्टीहरूमाथि, राजनीतिक रूपमा आम मुक्तिको संघर्ष गरेर स्थापित नेतृत्वमाथि प्रहार गरेर नै यो संघीय  गणतान्त्रिक प्रणालीमाथि आक्रमण गर्न सकिने सुविचारित नियत उनीहरूको छ ।

विचार, राजनीति र सिद्धान्त नभएकाहरूको भीड बढाउने, शक्ति केन्द्रको कठपुतली भएर नेपाललाई विदेशीको क्रिडास्थल बनाउने नियत वैकल्पिक भनिनेहरूको मूल योजना हो । युक्रेनमा हाँस्य कलाकार भ्लादिमिर जेलेन्स्की जस्तो कच्चा नेतालाई स्थापित गरेर रुसका विरुद्ध प्रयोग गरे जस्तै नेपालमा चीन र भारत विरुद्ध वैकल्पिक भनिनेहरूलाई प्रयोग गर्ने रणनीति अमेरिकी र पश्चिमाहरूको देखिन्छ ।

रवीन्द्र मिश्रको पतनपछि उनको नयाँ अवतारका रूपमा देखिएका रवि लामिछाने जस्ता स्वतन्त्रहरूले पार्टीहरू र नेतृत्वको केही कमजोरीमाथि आक्रमण गर्ने, त्यसमार्फत प्रणालीमाथि नै प्रहार गर्ने र नेपालमा पश्चिमाको प्रभावलाई सुदृढ गर्ने भूमिका जवर्जस्त जारी राखेका छन् ।

राजनीतिमा अनुभवी वा उमेर ढल्किएकाहरूको निरपेक्ष विरोध र युवा भनिनेहरूको निरपेक्ष समर्थनले के संकेत गर्छ भन्नेबारे एउटा छोटो कथा छ । कुनै सानो राज्यको प्रमुखले उर्दी लगायो, 'बूढाबूढीलाई मिल्काउनु पर्छ, युवाहरू मात्रै हुनुपर्छ ।' 

सबैले परिवारका आमाबाबुलाई जङ्गलमा  राख्नुपर्ने भयो । तर, एउटा परिवारमा एक बूढी आमै र एक छोरा मात्रै थिए । उर्दी सुनेकी आमाले छोरालाई 'बाबु मलाई खोई जङ्गल पठाएको त ?' भन्दा छोराको मन साह्रै दुख्यो । उसले आमालाई जङ्गल पठाउने निर्णय त्यागेर घरभित्रै एक गोप्य ठाउँ बनाएर भूमिगत राख्यो ।

केही दिनपछि गाउँमा बूढाबूढी विरोधी आए । उनीहरूले घरमा बूढाबूढी भए आक्रमण गर्ने, तर के हो बुझ्न प्रश्न गरिने बताए । जबाफ दिए आक्रमण नगर्ने वाचा थियो । गाउँमा कोही बूढाबूढी  थिएनन् । युवा नै युवा थिए । प्रश्नको जवाफ फेला परिरहेको थिएन । जवाफ दिने समय घर्किरहेको थियो । आमालाई खाना दिन छोरा भूमिगत कोठामा गएको बेला आमाले आक्रमणकारी आएको चाल पाइन । सोधिन्, 'के भयो छोरा ?' 

छोराले बेलीविस्तार बताएपछि आमाले चिन्ता नलिन भन्दै खुसुक्क जबाफ बताइदिइन् । छोराले आक्रमणकारी प्रमुखकोमा गएर त्यही जवाफ दियो । यसरी त्यो गाउँ  आक्रमणबाट जोगियो ।

सैनिक तानाशाही सत्ताको कब्जाबाट मुक्त भएको ल्याटिन अमेरिकी देश ब्राजिलका जनताले असी टेक्न लागेका लुला दा सिल्भालाई फेरि राष्ट्रपति पदमा हालै जिताएका छन् । यसबीचमा उनलाई निर्वाचनबाट रोक्न भ्रष्टाचारसम्बन्धी कतिपय मुद्दा लगाएर जेल हालिएको थियो । यसअघिको निर्वाचनबाट प्रायोजित रूपमा अमेरिकीपरस्त पूर्व सैनिक अधिकारीलाई जिताइयो । 

उनले जितेपछि देश झन अस्थिर, आर्थिक रुपमा कमजोर भयो । त्यसैले यसपटकको निर्वाचनमा लुलालाई फेरि जनताले जिताए । यसैले यहाँ बूढा र युवा भन्ने कुरा राजनीतिमा हुँदैन । यहाँ नीति, विचार, योजना प्रमुख हुन्छ ।

अहिले नेपालमा पनि बूढाबूढीलाई राजनीतिबाट मिल्काउने भनेर एकथरीले नारा लगाइरहेका छन् । त्यसमा रवि लामिछाने र उनको पार्टी अग्रिम मोर्चामा देखिएको छ ।
स्वयंले वर्षौंसम्म विदेशी डलर  कमाएका, निरंकुश राजतन्त्र समाप्त भएको चिन्तामा आफैँलाई नजरबन्द गरी मृत्युवरण गरेका मनुजबाबु मिश्र पुत्र रवीन्द्र गत चुनावमा पराजीत भएपछि पश्चिमाहरूको ’डिजाइन’ कमजोर पर्‍यो । अहिले उनीहरू रवि लामिछानेहरूलाई प्रयोग गर्दैछन् । रवि लामिछानेहरूले एमसीसी, एसपीपी जस्ता देशको सार्वभौमसत्ता जोडिएका मुद्दाहरूमा धारणा बनाउन नपर्ने तर अब युवाहरू आउनुपर्ने निरपेक्ष नारा फलाकिरहेका छन् ।

रवि लामिछानेहरू जस्ता विचार, दर्शन र आदर्श नभएकाहरू राजनीतिमा आउँदा युक्रेन, ब्राजिलको जस्तो हविगत नेपालमा हुनसक्छ । विदेशीले सिंगारेका हल्का मुद्दाहरू उठाएर राष्ट्रिय मुद्दा छोप्ने यस्ता पात्रहरू पूरै प्रायोजित हुन सक्छन् ।

राजनीतिक दलहरूले गणतन्त्रका लागि बलिदानको विरासत बोकेका छन् । त्यहाँ विभिन्न आग्रह, आवरण र पृष्ठभूमिका मानिसहरू हुनु स्वाभाविक हो । तर, सबै बूढाहरू राजनीतिमा फेल हुने भए शक्तिशाली अमेरिका र अन्य लोकतान्त्रिक देशका राष्ट्रपति र नेताहरूलाई हेरे भयो । त्यहाँ समस्या छैन भन्ने होइन, त्यहाँका र नेपालका समस्या फरक हुन सक्छन् । 

तर, नेता बूढा भए, अब पुराना पार्टीहरूले काम गर्न सक्दैनन् भन्ने आग्रह सिद्धान्तहीन आग्रह हो । ती त विचार तथा आदर्शमा संगठित भएका हुन् । तिनले कयौँ युवा वा अनुभवी पुस्तालाई जिम्मेवारी र नेतृत्वहरू हस्तान्तरण गरेका छन् । र, आफू पनि पद्धतिबाटै, पार्टीको विश्वास जितेरै नेतृत्व भइरहेका छन् । त्यसैले स्वनामधन्य स्वतन्त्रहरूले बूढाबूढीलाई राजनीतिबाट मिल्काउँ भन्नु नेपालको परिवर्तनविरोधी विदेशी आकांक्षा हो ।

अहिले विश्वव्यापी रूपमा पश्चिमाहरूको वर्चस्व गुम्दै गइरहेको छ । एसियाली शक्तिहरू उदीयमान भइरहेका छन् । चीन अमेरिकाको एक नम्बर प्रतिस्पर्धी भएको हालै मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एक रिपोर्टमा समेत सार्वजनिक भएको छ ।

अमेरिकाले नै हो, युक्रेनमा युद्ध सिर्जना गर्न लगाएको । ऊ ताइवान र इन्डोप्यासिफिक क्षेत्रमा समेत युद्ध चर्काउन खोजिरहेको छ । यसको बृहत् रणनीतिका लागि नेपाललाई सामरिक प्रयोग गर्ने प्रारम्भिक सफलता उसले सडक प्रतिरोधका बाबजुद संसदबाट एमसीसी पारित गरेर पाइसकेको छ । 

तर, माओवादी केन्द्रजस्ता देशभक्त पार्टीहरूकै कारण एमसीसीमा नेपालले आफ्नो सर्त पनि नत्थी गरेर पठाएको छ । त्यो सर्तबारे अमेरिका हालसम्म चुँइक्क बोलेको छैन । त्यसैले नेपाललाई पश्चिमाहरूको क्रिडास्थल बनाउने काममा स्वतन्त्र नामधारी पार्टी र व्यक्तिहरू विशेष रूपमा परिचालित भएका छन् ।

युक्रेनमा लामो समयसम्म अमेरिकी एजेन्टहरूले 'राजनीतिक आन्दोलन’ सिर्जना गराएर अस्थिरता कायम राख्ने नीति लिएका थिए । परिणामतः हास्यकलाकार भ्लादिमिर जेलेन्स्की आफैँ समाप्तिको सन्निकट छन् र देशलाई संकटमा पारिदिएका छन् । नेपालको पनि त्यही नियति बनाउने प्रयास अमेरिकाले गरिरहेको छ । अमेरिकी स्वार्थका प्रवृत्तिहरू सबै राजनीतिक दलमा छन् । तिनले प्रत्यक्ष र परोक्ष प्रभाव जमाएर एमसीसीमा समेत नेताहरूलाई बाध्य पारेको देखिएकै हो ।

त्यसैले यो निर्वाचनमा देशभक्त र संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको सही संरक्षक तथा यसलाई थप सुदृढ गर्नुपर्ने विचार–मान्यताहरूलाई पहिचान गर्नुपर्नेछ । क्षणिक आवेग हेरेर होइन,  सामान्य असन्तुष्टि हेरेर होइन, समग्र परिस्थिति हेरेर देशलाई पश्चिमा शक्ति केन्द्रको क्रिडास्थल बनाउने पात्र र प्रवृत्तिलाई उखेल्नु पर्नेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: