Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपालले बीआरआई सम्झौता गर्दा भारतले चित्त दुखाउनु गलत: खनाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालले बीआरआई सम्झाैता गर्दा भारतले चित्त दुखाउनु गलत भएकाे बताएका छन् । देशको हितलाई मध्यनजर गर्दै बीआरआई कार्यान्वयन सम्बन्धी सम्झौता भएको दाबी गर्दै बुधवार नेपालमा बीआरआईको कार्यान्वयनका सम्भावना विषयमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोशलिज्मले आयोजना गरेको कार्यक्रममा नेता खनालले यस्ताे बताएका हुन् । 

नेपालका हितमा बीआरआई रहेको तर यसलाई जबरजस्ती विवादमा ल्याउने काम गरेको गुनासो उनले गरे ।  बीआरआई ऋणमा लिने कि अनुदानमा लिने भन्नु नै थोत्रो अवधारणा भएको बताउँदै उनले नेपालको आवश्यकता के छ त्यसको आधारमा बीआरआईको परियोजना सञ्चालन गर्ने धारणा राखे ।

बीआरआई कार्यान्वयनमा सम्झौता भएपछि भारतीय मिडियालाई अध्ययन गर्दा त्यसबाट भारत निकै आत्तिएको देखिन्छ, त्यसरी आत्तिनुको कुनै कारण नरहेको बताउँदै उनले भने, ‘बीआरआईमा भारतको किन चित्त बुझेको छैन त्यो कुरा मैले बुझ्न सकेका छैन । बीआरआई कुनै विस्तारवाद वा साम्राज्यवादको प्रश्रय नदिएको दाबी गर्दै उनले विश्वका दुई तिहाइ भन्दा बढी देशले बीआरआई स्वीकार गरिसकेका छन् तर नेपालमा यसलाई अनावश्यक विवादमा ल्याएर रोक्ने प्रयास भइरहेको छ ।’ उनले बीआरआई सम्झाैतालाई लिएर भारतले चित्त दुखाउनु गलत भएकाे दाबी गरे । 

नेपाल सगरमाथाको देश भएको र जस्तोसुकै हुरी बतास आए पनि केही नहुने टिप्पणी गर्दै उनले भारतले अझै पनि नेपालमाथि सफ्ट ब्लकेड लगाइरहेको दाबी गरे । चीनको लगानीमा बनेको भैरहवा र पोखरा एयरपोर्टमा जहाज उड्न नदिनु ब्लकेड रहेको दाबी गर्दै उनले नेपालमा भारतले चार पटक नाकाबन्दी गरिसकेको बताए ।  उनले अहिले पनि हल्का खालको नाकाबन्दी जारी रहेको दाबी गरे । 

खनालले चीनसँग सदियौँदेखि राम्रो सम्बन्ध रहेको र अहिले पनि उच्च खालको सम्बन्ध रहेको दाबी गरे । उनले भने, ‘सबै देशसँग एक खालको सम्बन्ध हुँदैन कसैसँग विशिष्ट सम्बन्ध हुन्छ भने कसैसँग सामान्य सम्बन्ध हुन्छ । चीनसँग नेपालको विशिष्ट सम्बन्ध रहेकाले बीआरआई जस्तो प्रोजेक्ट स्वीकार गरेको हो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending