Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

जाडोयाममा सुतेकै अवस्थामा मृत्यु हुने सम्भावना बढी, कसरी जोगिने ?

खबरडबली संवाददाता

काठमाडौं । सुतेकै अवस्थामा मानिस हलचल नगरेपछि अस्पताल लैजाँदा अस्पतालले तुरुन्तै मृत घोषित गरेको भन्ने खबर सुन्नुभएको छ?

चिकित्सकहरूका अनुसार सुतेकै बेलामा हुने त्यस्तो मृत्यु वा मृत्यु निम्त्याउने घटना उच्च रक्तचाप, मधुमेह वा मुटुरोग भएका बिरामीमा 'स्लीप एप्निआ' (निद्रामा श्वासनली बन्द भएर सास रोकिने समस्या) जस्ता विभिन्न कारणले सामान्य अवस्थामा भन्दा जाडोयाममा बढी हुने गर्छ।

तर यस्तो घटना हुन नदिन बच्न सकिने उपायहरू रहेको भन्दै सावधानी अपनाउन तर आत्तिन र चिन्ता भने नगर्न चिकित्सकहरूले सुझाएका छन्।

जाडोयाममा किन बढी ?

"विशेष गरी चिसोमा भएको एक्स्पोजरले रक्तचाप अलि बढी भएर हृदयाघात हुने सम्भावना बढ्छ तर जाडो महिनामै सबै खराब हुन्छ भन्ने पनि होइन, त्यति धेरै तर्सिनुपर्दैन," मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले भने।

"सुतेको अवस्थामा अचानक मृत्यु हुने कारणमा हृदयाघात, मस्तिष्काघात वा फोक्सोमा हुने म्यासिभ पल्मोनरी इम्बोलिजम भयो भने सडन कार्डिआक डेथ हुन्छ भन्ने वैज्ञानिक आधार छ।"

त्यसैले जाडोयाममा मुटुरोग भएका वा हुन सक्ने जोखिम रहेका मानिसहरूले भने आफूले शारीरिक अभ्यास गर्दा बिस्तारै 'वार्मअप' गरेर मात्रै गर्नुपर्ने डाक्टर कोइराला बताउँछन्।

राति सुतेकै अवस्थामा मृत्यु हुने कारणहरू विभिन्न भए पनि यकिन गर्न भने अस्पतालले परीक्षण वा पोस्टमार्टम नगरी थाहा नहुने चिकित्सकहरू बताउँछन्।

संसारभरिकै अनुभवमा जाडो महिनामा हृदयाघात अलि बढी हुने अथवा बिहानको समयमा हृदयाघात हुने देखिएको चिकित्सकहरूले बताएका हुन्।

"सुगर, प्रेसरलगायत विभिन्न खालका कारणले मुटुको समस्या आउँछ। त्यसबाहेक अचेल धेरै इग्नोर गर्ने तर समस्या निम्त्याउने चाहिँ 'अब्स्ट्रक्टिभ स्लीप एप्निआ' पनि हो।"

स्लीप एप्निआका कारण मानिसहरूलाई हृदयाघात, मुटुको चालमा गडबडी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, थकान, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याहरू देखिने सम्भावना बढी हुन्छ।

त्यसैले मानिसहरूमा सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटनासँग स्लीप एप्निआ पनि जोडिएको विज्ञहरू बताउँछन्।

'स्लीप एप्निआ' भनेको के हो?

ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा निद्रा विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार सुतेको बेलामा गर्धनमा भएको श्वासनली खुम्चिँदै थिचिँदै गएर गहिरो निद्रामा बिरामीले घुर्ने र केही बेरका लागि श्वासनली बन्द हुँदा बिरामीले सास नै नफेर्ने अवस्था रातभरि दोहोरिइरहने प्रक्रियालाई 'स्लीप एप्निआ' भनिन्छ।

प्रायः वजन बढी भएको वयस्क पुरूषमा बढी देखिने यो अवस्थामा सुतेको मानिसको श्वासनली १० सेकेन्डदेखि १ मिनेटसम्म बन्द भएर सास नै नफेर्ने अवस्था रहने डाक्टर पङ्गेनीले बताए।

उनका अनुसार स्लीप एप्निआ भएको मानिसलाई मधुमेह र उच्च रक्तचापका कारण मुटुको समस्या हुन सक्ने र मुटुको समस्या हुने मानिसमा स्लीप एप्निआ हुने सम्भावना बढी भएका कारण दुई समस्या आपसमा सम्बन्धित छन्।

"जसलाई स्लीप एप्निआ बढी छ, उनीहरूलाई हृदयाघात हुने सम्भावना अरू बिरामीहरूलाई भन्दा बढी हुन्छ," डाक्टर पङ्गेनीले भने।

"गम्भीर स्लीप एप्निआ हुने मानिसमा राति निदाएको बेला लामो समयसम्म सास रोकिइरह्यो भने त्यसले शरीरमा अक्सिजनको मात्रा घटाउँछ र त्यसले मुटुमा असर गरेर हृदयाघातसम्म हुन्छ।"

'स्लीप एप्निआ' भए नभएको कसरी थाहा पाउने?

गम्भीर खालको स्लीप एप्निआ भएका मानिसहरू बस्दाबस्दै वा गाडी चलाउँदाचलाउँदै निदाउने, बिहान उठ्दा मुख सुक्खा अनुभव गर्ने अनि रक्तचाप तथा मधुमेह नियन्त्रण गर्नै गाह्रो हुने महसुस गर्छन्। यी कुराहरूलाई लक्षणका रूपमा लिएर उपचार गर्न डाक्टर पङ्गेनी सुझाउँछन्।

"[निदाएको बेला] घुर्ने, सास रोकिने, ब्युँझिने, सास खुल्ने, फेरि घुर्ने - यो क्रम रातभरि चल्छऽ जसका कारण बिरामीको निद्राको गुणस्तर एकदम कम हुन्छ। धेरैजसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरूको त्यति सम्झना रहँदैन," डाक्टर पङ्गेनीले भने।

"यस्तो अवस्थामा बिरामीलाईभन्दा सँगै सुत्ने मानिसलाई यी कुराहरू बढी थाहा हुन सक्छ। यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हृदयाघात) देखि लिएर दीर्घकालीन (शारीरिक तथा मानसिक) असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ।"

चिकित्सकको सल्लाहअनुसार निद्रासम्बन्धी परीक्षण ('स्लीप स्टडी' अर्थात् 'पोलिसोम्नोग्राफी') गराउनुपर्ने हुन सक्छ।

अस्पतालले सुझाए अनुसार घरमै वा अस्पतालमा परीक्षण गर्न सकिने पोलिसोम्नोग्राफीका लागि सुत्नुअघि तपाईँको शरीरको कम्मरमाथिको भागमा सेन्सरहरू राखिन्छ।

निदाएको बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने अथवा अन्य निद्रासम्बन्धी रोगहरू भए-नभएको किटान गर्न यो अध्ययनले सहयोग गर्ने डाक्टर पङ्गेनी बताउँछन्।

त्यस्तो परीक्षणले निद्राको अवस्था, घुराइको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा निद्राका गतिविधिहरू हेरिन्छ र त्यस अनुसार डाक्टरले थप उपचार सुझाउँछन्।

स्लीप एप्निआको समस्या पहिलादेखि नै भए पनि अहिले मानिसहरूमा सचेतना बढ्दै गएको अनुभव डाक्टर पङ्गेनीको छ।

"म आफैँले पनि चारपाँच वर्षअगाडिको समय र अहिले हेर्दा स्लीप एप्निआ बढी नै पहिचान भएको पाउँछु। जाँचबुझ गर्ने क्रम पनि बढ्दै गएको कारण पनि हुन सक्छ," डाक्टर पङ्गेनीले भने।

स्लीप एप्निआमा सुत्ने अवधि ६-७ घण्टा हुने भए पनि पटकपटक सास रोकिने कारण मानिसलाई गहिरो निद्रा लाग्नै नपाउँदा निद्राको गुणस्तर नहुने उनले बताए।

कतिपय अवस्थामा मधुमेह वा उच्च रक्तचाप, पिसाबमा समस्या हुने, मानसिक समस्या हुने बिरामीहरूलाई पनि अन्य चिकित्सहरूले पछिल्लो समय स्लीप एप्निआको समस्या रहे नरहेको हेर्न 'रिफर' गर्ने गरेको डाक्टर पङ्गेनीले बताए।

जोगिने कसरी?

जाडो महिनामा कतिपय मानिसहरूले न्यानो हुने आशामा वा जाडोबाट छुटकारा पाउन भनेर मदिरा सेवन गर्ने गरेको तर त्यो झनै घातक हुने चिकित्सकहरू बताउँछन्।

"मदिराले हातखुट्टाका रक्तनलीहरूलाई खुलाइदिन्छ। जति खुलाइदियो, जीउ त्यति हाइपोथर्मिआमा जाने सम्भावना हुन्छ। त्यो झन् घातक हुन्छ," मुटुरोग विशेषज्ञ डाक्टर कोइरालाले भने।

"जसको मुटुको प्रमाणित रोग छ, दम छ, रक्तचाप उच्च छ र मस्तिष्काघात भइसकेको छ भने यस्ता मानिसहरूले अलि बढी सावधानी अपनाउनुपर्ने हुन्छ किनभने उहाँहरूमा जटिलता बढी हुन्छ।"

जाडो महिनामा न्यानोका लागि हीटर बालेर वा चुल्हो बालेर झ्यालढोका लगाउँदा पनि घातक हुन सक्नेप्रति उनी सचेत गराउँछन्।

त्यसबाहेक जाडोको खानपान र रहनसहनले पनि रक्तचाप र मधुमेह अनियन्त्रित बनाउने चिकित्सकहरू बताउँछन्। जाडो महिनामा नुनको मात्रा पनि बढी हुने र त्यसबाहेक वजन पनि बढ्दा थप समस्याहरू निम्तिन सक्नेप्रति चिकित्सहरू सचेत गराउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending