Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

जाडोयाममा सुतेकै अवस्थामा मृत्यु हुने सम्भावना बढी, कसरी जोगिने ?

खबरडबली संवाददाता

काठमाडौं । सुतेकै अवस्थामा मानिस हलचल नगरेपछि अस्पताल लैजाँदा अस्पतालले तुरुन्तै मृत घोषित गरेको भन्ने खबर सुन्नुभएको छ?

चिकित्सकहरूका अनुसार सुतेकै बेलामा हुने त्यस्तो मृत्यु वा मृत्यु निम्त्याउने घटना उच्च रक्तचाप, मधुमेह वा मुटुरोग भएका बिरामीमा 'स्लीप एप्निआ' (निद्रामा श्वासनली बन्द भएर सास रोकिने समस्या) जस्ता विभिन्न कारणले सामान्य अवस्थामा भन्दा जाडोयाममा बढी हुने गर्छ।

तर यस्तो घटना हुन नदिन बच्न सकिने उपायहरू रहेको भन्दै सावधानी अपनाउन तर आत्तिन र चिन्ता भने नगर्न चिकित्सकहरूले सुझाएका छन्।

जाडोयाममा किन बढी ?

"विशेष गरी चिसोमा भएको एक्स्पोजरले रक्तचाप अलि बढी भएर हृदयाघात हुने सम्भावना बढ्छ तर जाडो महिनामै सबै खराब हुन्छ भन्ने पनि होइन, त्यति धेरै तर्सिनुपर्दैन," मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले भने।

"सुतेको अवस्थामा अचानक मृत्यु हुने कारणमा हृदयाघात, मस्तिष्काघात वा फोक्सोमा हुने म्यासिभ पल्मोनरी इम्बोलिजम भयो भने सडन कार्डिआक डेथ हुन्छ भन्ने वैज्ञानिक आधार छ।"

त्यसैले जाडोयाममा मुटुरोग भएका वा हुन सक्ने जोखिम रहेका मानिसहरूले भने आफूले शारीरिक अभ्यास गर्दा बिस्तारै 'वार्मअप' गरेर मात्रै गर्नुपर्ने डाक्टर कोइराला बताउँछन्।

राति सुतेकै अवस्थामा मृत्यु हुने कारणहरू विभिन्न भए पनि यकिन गर्न भने अस्पतालले परीक्षण वा पोस्टमार्टम नगरी थाहा नहुने चिकित्सकहरू बताउँछन्।

संसारभरिकै अनुभवमा जाडो महिनामा हृदयाघात अलि बढी हुने अथवा बिहानको समयमा हृदयाघात हुने देखिएको चिकित्सकहरूले बताएका हुन्।

"सुगर, प्रेसरलगायत विभिन्न खालका कारणले मुटुको समस्या आउँछ। त्यसबाहेक अचेल धेरै इग्नोर गर्ने तर समस्या निम्त्याउने चाहिँ 'अब्स्ट्रक्टिभ स्लीप एप्निआ' पनि हो।"

स्लीप एप्निआका कारण मानिसहरूलाई हृदयाघात, मुटुको चालमा गडबडी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, थकान, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याहरू देखिने सम्भावना बढी हुन्छ।

त्यसैले मानिसहरूमा सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटनासँग स्लीप एप्निआ पनि जोडिएको विज्ञहरू बताउँछन्।

'स्लीप एप्निआ' भनेको के हो?

ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा निद्रा विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार सुतेको बेलामा गर्धनमा भएको श्वासनली खुम्चिँदै थिचिँदै गएर गहिरो निद्रामा बिरामीले घुर्ने र केही बेरका लागि श्वासनली बन्द हुँदा बिरामीले सास नै नफेर्ने अवस्था रातभरि दोहोरिइरहने प्रक्रियालाई 'स्लीप एप्निआ' भनिन्छ।

प्रायः वजन बढी भएको वयस्क पुरूषमा बढी देखिने यो अवस्थामा सुतेको मानिसको श्वासनली १० सेकेन्डदेखि १ मिनेटसम्म बन्द भएर सास नै नफेर्ने अवस्था रहने डाक्टर पङ्गेनीले बताए।

उनका अनुसार स्लीप एप्निआ भएको मानिसलाई मधुमेह र उच्च रक्तचापका कारण मुटुको समस्या हुन सक्ने र मुटुको समस्या हुने मानिसमा स्लीप एप्निआ हुने सम्भावना बढी भएका कारण दुई समस्या आपसमा सम्बन्धित छन्।

"जसलाई स्लीप एप्निआ बढी छ, उनीहरूलाई हृदयाघात हुने सम्भावना अरू बिरामीहरूलाई भन्दा बढी हुन्छ," डाक्टर पङ्गेनीले भने।

"गम्भीर स्लीप एप्निआ हुने मानिसमा राति निदाएको बेला लामो समयसम्म सास रोकिइरह्यो भने त्यसले शरीरमा अक्सिजनको मात्रा घटाउँछ र त्यसले मुटुमा असर गरेर हृदयाघातसम्म हुन्छ।"

'स्लीप एप्निआ' भए नभएको कसरी थाहा पाउने?

गम्भीर खालको स्लीप एप्निआ भएका मानिसहरू बस्दाबस्दै वा गाडी चलाउँदाचलाउँदै निदाउने, बिहान उठ्दा मुख सुक्खा अनुभव गर्ने अनि रक्तचाप तथा मधुमेह नियन्त्रण गर्नै गाह्रो हुने महसुस गर्छन्। यी कुराहरूलाई लक्षणका रूपमा लिएर उपचार गर्न डाक्टर पङ्गेनी सुझाउँछन्।

"[निदाएको बेला] घुर्ने, सास रोकिने, ब्युँझिने, सास खुल्ने, फेरि घुर्ने - यो क्रम रातभरि चल्छऽ जसका कारण बिरामीको निद्राको गुणस्तर एकदम कम हुन्छ। धेरैजसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरूको त्यति सम्झना रहँदैन," डाक्टर पङ्गेनीले भने।

"यस्तो अवस्थामा बिरामीलाईभन्दा सँगै सुत्ने मानिसलाई यी कुराहरू बढी थाहा हुन सक्छ। यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हृदयाघात) देखि लिएर दीर्घकालीन (शारीरिक तथा मानसिक) असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ।"

चिकित्सकको सल्लाहअनुसार निद्रासम्बन्धी परीक्षण ('स्लीप स्टडी' अर्थात् 'पोलिसोम्नोग्राफी') गराउनुपर्ने हुन सक्छ।

अस्पतालले सुझाए अनुसार घरमै वा अस्पतालमा परीक्षण गर्न सकिने पोलिसोम्नोग्राफीका लागि सुत्नुअघि तपाईँको शरीरको कम्मरमाथिको भागमा सेन्सरहरू राखिन्छ।

निदाएको बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने अथवा अन्य निद्रासम्बन्धी रोगहरू भए-नभएको किटान गर्न यो अध्ययनले सहयोग गर्ने डाक्टर पङ्गेनी बताउँछन्।

त्यस्तो परीक्षणले निद्राको अवस्था, घुराइको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा निद्राका गतिविधिहरू हेरिन्छ र त्यस अनुसार डाक्टरले थप उपचार सुझाउँछन्।

स्लीप एप्निआको समस्या पहिलादेखि नै भए पनि अहिले मानिसहरूमा सचेतना बढ्दै गएको अनुभव डाक्टर पङ्गेनीको छ।

"म आफैँले पनि चारपाँच वर्षअगाडिको समय र अहिले हेर्दा स्लीप एप्निआ बढी नै पहिचान भएको पाउँछु। जाँचबुझ गर्ने क्रम पनि बढ्दै गएको कारण पनि हुन सक्छ," डाक्टर पङ्गेनीले भने।

स्लीप एप्निआमा सुत्ने अवधि ६-७ घण्टा हुने भए पनि पटकपटक सास रोकिने कारण मानिसलाई गहिरो निद्रा लाग्नै नपाउँदा निद्राको गुणस्तर नहुने उनले बताए।

कतिपय अवस्थामा मधुमेह वा उच्च रक्तचाप, पिसाबमा समस्या हुने, मानसिक समस्या हुने बिरामीहरूलाई पनि अन्य चिकित्सहरूले पछिल्लो समय स्लीप एप्निआको समस्या रहे नरहेको हेर्न 'रिफर' गर्ने गरेको डाक्टर पङ्गेनीले बताए।

जोगिने कसरी?

जाडो महिनामा कतिपय मानिसहरूले न्यानो हुने आशामा वा जाडोबाट छुटकारा पाउन भनेर मदिरा सेवन गर्ने गरेको तर त्यो झनै घातक हुने चिकित्सकहरू बताउँछन्।

"मदिराले हातखुट्टाका रक्तनलीहरूलाई खुलाइदिन्छ। जति खुलाइदियो, जीउ त्यति हाइपोथर्मिआमा जाने सम्भावना हुन्छ। त्यो झन् घातक हुन्छ," मुटुरोग विशेषज्ञ डाक्टर कोइरालाले भने।

"जसको मुटुको प्रमाणित रोग छ, दम छ, रक्तचाप उच्च छ र मस्तिष्काघात भइसकेको छ भने यस्ता मानिसहरूले अलि बढी सावधानी अपनाउनुपर्ने हुन्छ किनभने उहाँहरूमा जटिलता बढी हुन्छ।"

जाडो महिनामा न्यानोका लागि हीटर बालेर वा चुल्हो बालेर झ्यालढोका लगाउँदा पनि घातक हुन सक्नेप्रति उनी सचेत गराउँछन्।

त्यसबाहेक जाडोको खानपान र रहनसहनले पनि रक्तचाप र मधुमेह अनियन्त्रित बनाउने चिकित्सकहरू बताउँछन्। जाडो महिनामा नुनको मात्रा पनि बढी हुने र त्यसबाहेक वजन पनि बढ्दा थप समस्याहरू निम्तिन सक्नेप्रति चिकित्सहरू सचेत गराउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending