Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अर्घाखाँचीमा रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दाउमा भुसाल

खबरडबली संवाददाता

अर्घाखाँची । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा एमाले का उच्चस्तरका नेता बीच मुख्य प्रतिस्पर्धाहुने देखिएको छ । 

अर्घाखाँचीमा वामलोकतान्त्रि पक्षबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यतथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि ११ जना सङ्घमा उम्मेदवार भए पनि मुख्य प्रतिस्प्रर्धा भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका केन्द्रीय सचिव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीबीच हुने भएको छ । संयोग भन्नुपर्छ दुबै जना उम्मेदवार सन्धिखर्क ९ अर्घाका नै छन। 

विसं २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायतका गठबन्धन दलका तर्फबाट निर्वाचित रायमाझी अहिले एमालेको एकल उम्मेदवारको रुपमा उम्मेदवार छन। आर्थिक समृद्धि र मुलुकको विकासका लागि आफ्नो जीत हुने नेता रायमाझीको भनाइ छ । 

विसं २०६४ देखि निरन्तर निर्वाचित भएका रायमाझी २०७४ को वामगठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर निर्वाचित भएको थिय । तर अहिलेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलको समर्थनबाट लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पुष्पा भुसालको उम्मेदवार बनेको छिन् । 

जिल्लाको विकासका लागि आफ्नो जीत हुने नेता पुष्पा भुसालको भनाइ छ । उनले जिल्लामा विकासको नाममा आएको बजेटको परिक्षण अर्घाखाँचीबासीले गर्नुपर्ने बताउनुभयो । सङ्घीयतापछिको २०७४ को चुनावमा भुषाल समानुपातिक सूचीबाट संसद बनेर उपसभामुख बनेको हो । 

प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारुलगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (१) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायत सात जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रदेश सभा (२) का लागि नेपाली कांग्रेसबाट पार्टीका पूर्वसभापति कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीबी अर्याल लगायत सातजनाले उम्मेदवारी दर्ता गराएको छन् । 

मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तीव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ। लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन। भुसाललाई भने गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दवाव छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार पाँच सय मतले अगाडि देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending