Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

खबरडबली संवाददाता

गोरखा । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका उनले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा सम्वृद्धिको मार्गचित्र नाम दिएर ५५ बुदेँ लिखित प्रतिबद्धता जनतासमक्ष पु¥याएका छन् । 

जिल्लाको मुहार फेर्न सकिने खालका प्रमुख रणनीतिक योजनालाई ‘गेमचेन्जर’ योजनाका रुपमा र अन्य नियमित योजनालाई महत्वपूर्ण योजनाका रुपमा समेटेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बूढीगण्डकी आयोजना निर्माणदेखि उत्तरी गोरखाको नुब्री क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नेसम्मका योजना परेका छन् । 

प्रमुख रणनीतिक योजनामध्ये लामो समयदेखि बन्द भएको पालुङटार विमानस्थल पुनःसञ्चालन गर्ने तथा पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गरेको हो । त्यस्तै बहुउद्देसीय राष्ट्रिय गौरवको एक हजार दुई सय मेघावाट क्षमताको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयन गर्ने, च्याङ्ली कृषि तथा वन विश्वविद्यालयअन्तर्गतको कृषि क्याम्पस सञ्चालन गर्ने तथा जिल्लाभित्रका सबै विद्यालय तथा क्याम्पसमा प्राविधिक शिक्षा विस्तार र शिक्षा क्षेत्रका समस्या समाधान गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाउने उल्लेख छ । 

रणनीतिक योजनामा ९रुइला नाका० तिब्बतको सिमाना जोड्ने बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पनि परेको छ । सो सडकखण्ड निर्माण पूरा गर्ने, जिल्लाभित्र रहेका ठूलाठूला खेतीयोग्य टारमा पम्पिङ, लिफ्टििङ तथा नहरको योजनामार्फत सिञ्चाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्ने र जिल्लालाई उत्पादनमा आत्मानिर्भर बनाउने प्रमुख रणनीतिक योजनामा परेको अध्यक्ष प्रचण्डका प्रचार संयोजक माओवादीका केन्द्रीय सदस्य हरिराज अधिकारीले जानकारी दिए ।

 त्यस्तै लिगलिगकोट, सिरानचोक गोरखा दरबार, मनकामना, बारपाकलगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन सर्किटको रुपमा विकास गर्ने । गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने पनि उक्त रणनीतिक योजनामा उल्लेख गरिएको छ । सार्वजनिक गरिएका ‘गेमचेन्जर’ योजनामा चुमभ्याली र नुब्री भ्यालीलाई हिमाली सहरको रुपमा विकास गर्ने, रुइला नाका नियमित रुपमा सञ्चालन हुने सुनिश्चिततासहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गरिने तथा गोरखकाली रबर उद्योगलाई नयाँ ढङ्गबाट व्यवस्थित गरी पुनःसञ्चालन गर्न ठोस् पहल गर्ने उल्लेख छ । अध्यक्ष प्रचण्डले प्रमुख रणनीतिक महत्वका १० योजना र अन्य महत्वपूर्ण ४५ योेजनालाई आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छन् । 

 अन्य महत्वपूर्ण योेजनामा पालुङटार, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, रातामाटा, मुच्चोक, सिम्जुङ, ध्याच्चोकलाई वैकल्पिक साहायक मार्गको रुपमा कालोपत्र गरिने, ध्याम्पेसाल–देउराली–ताकु– स्वाँरा– सौरपानी–बारपाक–ध्याचोक–सिरानडाँडा–ओलाङ हुँदै लमजुङ दूधपोखरी सडक निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै गोरखा सदरमुकामबाट लमजुङ जोड्ने सबैभन्दा छोटो बाटो पन्थडी–कटहरे साइलीटार सडक कालेपत्र, ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, बारपाक–बाह्रकिलो–लाप्राक हँुदै माछाखोलासम्मको सडक कालोपत्र, मध्यपहाडी लोकमार्गमा पर्ने गोरखाखण्ड कालोपत्रलगायत योजना पनि  रणनीतिक योजनामा समेटिएको छ । पालुङटार नगरपालिकामा कृषि पर्यटन, जडीबुटीको सङ्कलन प्रशोधन केन्द्र स्थापना, बहुप्राविधिक शिक्षालय स्थापना, सामुदायिक विद्यालयमा खेलकुद, विद्यार्थीको सांस्कृतिक क्षमताको अभिवृद्धिका लागि घुम्ती शिक्षक नियुक्ति, कलेज तथा विद्यालयको भौतिक पूूर्वाधारको विकास, सामुदायिक स्वयसेवी शिक्षकको व्यवस्था पनि उक्त योजनामा परेको छ ।

अध्यक्ष दाहालको प्रतिबद्धतामा ज्येष्ठ नागरिक र अशक्तलाई सामुदायिक स्वास्थ्य इकाईमार्फत घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, सिरानचोक गाउँपालिकामा आयुर्वेद अनुसन्धान, तालिम केन्द्र र अस्पताल स्थापना गर्ने, जिल्लाभित्रका अस्पतालको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्य सेवामा जनताको सहज पँहुच पु¥याउने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी समग्र जनताको हित र सेवामा सर्मपित गराउन पहल गरिने, जनयुद्ध र जनआन्दोलनका शहीद परिवार, बेपत्ता परिवार तथा घाइते, अपाङ्गता भएकाको समस्या समाधान गरिने सबै द्धन्द्वपीडितलाई न्याय, सम्मान र परिपुरणका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम पूरा गर्न पहल गर्ने प्रतिबद्धता उनले गरेको छन् ।  

अध्यक्ष दाहालले सार्वजनिक गरेकोे प्रतिबद्धता पत्रमा कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैँची खेती, सुन्तला खेती, घरेलु हस्तकला, घरबास ९होमस्टे०, साना उद्योग तथा घरेलु उद्योग प्रवद्र्धन गर्दै स्थानीयस्तरमा युवालाई स्वरोजगारी बनाउने योजना छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending