Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउँछु : खनाल

खबरडबली संवाददाता

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका छन् ।

बुधबार साँझ बागबजारमा भेटिएका खनालले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खाका लिएर आएको दाबी गरे। 

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालले यसअघि काठमाडौँ–६ बाट दुईपटक सांसदमा निर्वाचित भइसक्नुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुन्दर, स्वच्छ र हराभरा पर्यटकीय क्षेत्र बनाउन नसकेको आरोप लगाए । 

प्रहरी सेवाबाट अवकाशपछि एमाले पार्टीमा प्रवेश गर्नुभएका खनालले सोही क्षेत्रबाट यसअघि निर्वाचित तथा सत्ता गठबन्धनका प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । 

उम्मेदवार खनालले आफूप्रति मतदाताको उत्साहप्रद सहभागिता रहेको बताउँदै यस क्षेत्रको धेरै ठाउँमा पानी, ढल, धुलोधुवाँ तथा जताततै छरपस्ट तारको समस्या रहेको बताए । 

उनले सो क्षेत्रमा जनताका आधारभूत आवश्यकतासमेत नभएको दाबी गरे । “पर्यटकीय दृष्टिकोणले ठमेल र सांस्कृतिक दृष्टिकोणले असनलाई विकास गर्न सकिन्छ”, उनले भने, “मतदाताहरुले पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा हुन नसकेको बताएको छन् ।”

उहाँले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै खोलाका दुवै किनारामा करिडोर, हरियाली पार्क बनाउने योजना रहेको बताका छन् । उनले युवालाई बढी फोकस गरी काम गर्ने पनि बताए । 

सडक, धारा, ढल, बिजुली आदि काम क्रमिकरूपमा बने पनि सम्बन्धित निकायबीच आपसी समन्वय नभएको उनको भनाइ छ । जसले गर्दा सहर कुरुप देखिएको उनको भनाइ छ । 

विगतमा आफूले प्रहरी सेवामा काम गरेको अनुभव तथा मूल्याङ्कनका आधारमा आफूमार्फत् मतदाताले सो क्षेत्रको विकास चाहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending