काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रुपमा टिप्पणी गरेका छन् ।
आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छन् ।
अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट व्यवस्था बदलेको भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जीत जरुरी रहेको बताएका छन् ।
उनले सन्देशमा भनेका छन्, “शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ । हामीलाई यही अवस्थामा रुमल्लिने छुट छैन ।”
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्नो सन्देशमा विकास, समृद्धि र न्यायको यो यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभए उल्लेख गर्दै यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी रहेको बताएका छन्।
“प्रतिगमनलाई पारास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको निर्माणमार्फत समाजवादको यात्रामा अगाडि बढन प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ गोलाकारभित्रको हसिया हथौँडा चिन्हमा मदतान गर्न हार्दिक अपिल गर्दछु”, सन्देशमा दाहालले भनेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: