Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

रिपब्लिकन पार्टी अमेरिकी तल्लो सदनमा बहुमत उन्मुख, ट्रम्प पुन: राष्ट्रपति बन्ने दौडमा

अपेक्षित नतिजा नआएको दोष ट्रम्पमाथि

खबरडबली संवाददाता

काठमाडौं । रिपब्लिकन पार्टीले अमेरिकी संसद्‌को तल्लो सदनमा बहुमतका लागि आवश्यक २१८ सिट जित्ने निश्चित देखिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले प्रक्षेपण गरेको छ।

अमेरिकी विपक्षी पार्टीले झिनो अन्तरले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने देखिए पनि राष्ट्रपति जो बाइडनका एजेन्डाहरू आगामी दुई वर्षसम्म रोक्न त्यो सङ्ख्या पर्याप्त हुन सक्छ।

रिपब्लिकन पार्टीको यो सफलतासँगै अमेरिकी सरकारमाथिको नियन्त्रण पुनः दुई पार्टीमा बाँडिएको छ। सिनेट भनिने माथिल्लो सदनमा अझैसम्म डेमोक्र्याटहरूले बहुमत कायम राखेका छन्।

जम्मा ४३५ सिट रहने तल्लो सदनमा चाहिँ रिपब्लिकन पार्टीले २१८ देखि २२३ सिटसम्म जित्न सक्ने प्रक्षेपण गरिएको सीबीएसले जनाएको छ।

अपेक्षित नतिजा नआएको दोष ट्रम्पमाथी

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो पटक राष्ट्रपति चुनावको दौडमा आफू रहने घोषणा गरेका छन्।

दुवै सदनमा नियन्त्रण कायम राख्ने आशा गरेको रिपब्लिकन पार्टीले गत साता भएको मिड टर्म निर्वाचनमा अपेक्षित नतिजा हात पार्न नसकेपछि ह्वाइट हाउस माथिको नियन्त्रण बाँडिएको हो।

गत साता भएको निर्वाचन परिणाम अपेक्षित नभएको दोष रिपब्लिकनहरूले ट्रम्प र उक्त दलका सिनेटका नेता मिच म्याकोनेल माथि लगाएका छन्।

ट्रम्पले मङ्गलवार फ्लोरिडाको मारे-आ-लागो स्थित आफ्नो निवासबाट सन् २०२४ मा आफू ह्वाइट हाउसका लागि चुनाव लड्ने औपचारिक घोषणा गरेका थिए।

उनले मतदाताहरूले “आफ्नो देशले भोगिरहेको पीडा अझै पूर्ण रूपमा महसुस नगरेको” भन्दै आगामी दुई वर्षमा स्थिति अझै खराब भएपछि उनीहरूले त्यसको महसुस गर्ने दाबी गरे।

यता वाशिङ्टनमा बुधवार मिच म्याकोनेल सिनेटको ‘माइनोरिटी लिडर’ भनिने विपक्षी नेताको रूपमा पुन:चुनिएका छन्।

न्यान्सी पलोसीको ठाउँमा को?

फ्लोरिडाका सांसद रिक स्कटले १५ वर्षदेखि सिनेट नेताको रूपमा रहेका म्याकोनेललाई चुनौती दिए पनि नेतृत्व हात पार्न उनी असफल भए।

संसद्‌को माथिल्लो सदनमा बहुमत ल्याउन नसकेको दोषबारे पार्टीभित्र चलिरहेको मतभेदबीच म्याकोनेलले पुनः निर्वाचित हुने क्रममा पहिलो पटक अर्का नेताबाट चुनौती सामना गरेका हुन्।

स्कटले यथास्थितिप्रति आफू सन्तुष्ट नभएको भन्दै म्याकोनेलसँग प्रतिस्पर्धामा उत्रिएका थिए।

त्यसको अघिल्लो दिन क्यालिफोर्नियाका सांसद केभिन म्याकार्थीलाई रिपब्लिकन पार्टीले डेमोक्र्याट पार्टीकी सभामुख न्यान्सी पलोसी रहेको पदमा हुने चुनावका लागि पार्टी उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तर संसद्‌को सभामुख चयन हुन उनले प्रतिनिधिसभाको बहुमत जुटाउनुपर्ने हुन्छ। नयाँ निर्वाचनपछि संसद्‌ बैठक ज्यानुअरी ३ का लागि राखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending