काठमाडौं । रिपब्लिकन पार्टीले अमेरिकी संसद्को तल्लो सदनमा बहुमतका लागि आवश्यक २१८ सिट जित्ने निश्चित देखिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले प्रक्षेपण गरेको छ।
अमेरिकी विपक्षी पार्टीले झिनो अन्तरले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने देखिए पनि राष्ट्रपति जो बाइडनका एजेन्डाहरू आगामी दुई वर्षसम्म रोक्न त्यो सङ्ख्या पर्याप्त हुन सक्छ।
रिपब्लिकन पार्टीको यो सफलतासँगै अमेरिकी सरकारमाथिको नियन्त्रण पुनः दुई पार्टीमा बाँडिएको छ। सिनेट भनिने माथिल्लो सदनमा अझैसम्म डेमोक्र्याटहरूले बहुमत कायम राखेका छन्।
जम्मा ४३५ सिट रहने तल्लो सदनमा चाहिँ रिपब्लिकन पार्टीले २१८ देखि २२३ सिटसम्म जित्न सक्ने प्रक्षेपण गरिएको सीबीएसले जनाएको छ।
अपेक्षित नतिजा नआएको दोष ट्रम्पमाथी
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो पटक राष्ट्रपति चुनावको दौडमा आफू रहने घोषणा गरेका छन्।
दुवै सदनमा नियन्त्रण कायम राख्ने आशा गरेको रिपब्लिकन पार्टीले गत साता भएको मिड टर्म निर्वाचनमा अपेक्षित नतिजा हात पार्न नसकेपछि ह्वाइट हाउस माथिको नियन्त्रण बाँडिएको हो।
गत साता भएको निर्वाचन परिणाम अपेक्षित नभएको दोष रिपब्लिकनहरूले ट्रम्प र उक्त दलका सिनेटका नेता मिच म्याकोनेल माथि लगाएका छन्।
ट्रम्पले मङ्गलवार फ्लोरिडाको मारे-आ-लागो स्थित आफ्नो निवासबाट सन् २०२४ मा आफू ह्वाइट हाउसका लागि चुनाव लड्ने औपचारिक घोषणा गरेका थिए।
उनले मतदाताहरूले “आफ्नो देशले भोगिरहेको पीडा अझै पूर्ण रूपमा महसुस नगरेको” भन्दै आगामी दुई वर्षमा स्थिति अझै खराब भएपछि उनीहरूले त्यसको महसुस गर्ने दाबी गरे।
यता वाशिङ्टनमा बुधवार मिच म्याकोनेल सिनेटको ‘माइनोरिटी लिडर’ भनिने विपक्षी नेताको रूपमा पुन:चुनिएका छन्।
न्यान्सी पलोसीको ठाउँमा को?
फ्लोरिडाका सांसद रिक स्कटले १५ वर्षदेखि सिनेट नेताको रूपमा रहेका म्याकोनेललाई चुनौती दिए पनि नेतृत्व हात पार्न उनी असफल भए।
संसद्को माथिल्लो सदनमा बहुमत ल्याउन नसकेको दोषबारे पार्टीभित्र चलिरहेको मतभेदबीच म्याकोनेलले पुनः निर्वाचित हुने क्रममा पहिलो पटक अर्का नेताबाट चुनौती सामना गरेका हुन्।
स्कटले यथास्थितिप्रति आफू सन्तुष्ट नभएको भन्दै म्याकोनेलसँग प्रतिस्पर्धामा उत्रिएका थिए।
त्यसको अघिल्लो दिन क्यालिफोर्नियाका सांसद केभिन म्याकार्थीलाई रिपब्लिकन पार्टीले डेमोक्र्याट पार्टीकी सभामुख न्यान्सी पलोसी रहेको पदमा हुने चुनावका लागि पार्टी उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर संसद्को सभामुख चयन हुन उनले प्रतिनिधिसभाको बहुमत जुटाउनुपर्ने हुन्छ। नयाँ निर्वाचनपछि संसद् बैठक ज्यानुअरी ३ का लागि राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: