गण्डकीमा साढे १६ लाखभन्दा बढी मतदाता निर्वाचनमा सहभागी बन्दै
मंसिर ३ गते, २०७९ शनिवार 19th November, 2022 Sat१३:३२:२१ मा प्रकाशित
खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् ।
हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।
छिमेकी दुई ठूला राष्ट्रहरू चीन र भारतसम्म सिमाना जोडिएको गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् ।
प्रदेशको राजधानी रहेको कास्की जिल्लामा तीनवटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लामा दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउँनेछन् । जसमध्ये एक लाख ४० हजार तीन सय ६९ महिला, एक लाख २४ हजार ८३ पुरुष र चार जना अन्य छन् । निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ८९ जनाको प्रतिस्पर्धा छ ।
तनहुँमा कूल दुई लाख ४४ हजार तीन सय ४० मतदातामध्ये महिला एक लाख २७ हजार दुई सय ६ जना छन् भने पुरुष एक लाख १७ हजार एक सय ३४ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
गोरखामा दुई लाख २० हजार ६ सय ३७ जना मतदातामध्ये महिला एक लाख १० हजार चार सय २१ र पुरुष एक लाख १० हजार एक सय ८९ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी ४९ जना चुनावी मैदानमा छन् ।
स्याङ्जामा कूल दुई लाख ४४ हजार ८९ जना मतदाता छन् । जसमध्ये महिला एक लाख २४ हजार सात सय ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वी नवलपरासीमा दुई लाख ३३ हजार ९५ जना मतदाता रहेकामा एक लाख २३ हजार पाँच सय ४० महिला र एक लाख नौ हजार पाँच सय ५१ पुरुष छन् । यहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ ।
बागलुङमा कूल एक लाख ९२ हजार दुई सय २७ जना मतदाता रहेकामा ९८ हजार ६ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जिल्लामा ३१ जना चुनावी मैदानमा छन् ।
मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, लम्जुङमा प्रतिनिधिसभाका लागि एक÷एक निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । थोरै मतदाता रहेको मनाङमा कूल पाँच हजार नौ सय ७६ मध्ये महिला तीन हजार ९४ र पुरुष दुई हजार आठ सय ८२ जना छन् । जिल्लामा प्रतिनिधिसभा प्रदेशसभा गरी छ जनाको उम्मेदवारी छ । प्रदेशसभा २ मा प्रदेशसभा सदस्यका लागि राजीव गुरुङ ९दीपक मनाङे० निर्विरोध भइसक्नुभएको छ ।
पर्वतमा कूल मतदाता महिला ६१ हजार नौ सय ९८ र पुरुष ६० हजार ६ सय ५१ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार रहनुभएको छ ।
लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनाको उम्मेदवारी छ । जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदातामध्ये महिला मतदाता ६८ हजार दुई सय ८८ जना छन् भने पुरुष मतादाता ६५ हजार दुई सय ७१ जना छन् ।
म्याग्दीमा कूल ८६ हजार एक सय २० जना मतदाता रहेकामा ४४ हजार ६४ महिला, ४२ हजार ५५ पुरुष र एकजना अन्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि जिल्लामा कूल १९ जनाको प्रतिस्पर्धा छ ।
कूल १० हजार नौ सय ५७ जना मतदाता रहेको मुस्ताङमा महिला पाँच हजार पाँच सय ८१, पुरुष पाँच हजार तीन सय ७५ र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ ।
यस निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारीहरू परिचालन भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू पुगी निर्वाचन प्रक्रियाका कामहरू गरिरहेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...
काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...
प्रतिकृया लेख्नुहोस्: