Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एमाले सचिव गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गरेको छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफला पाएको हो । 

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ भने उपबिजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत विसं २०७४ मा एमालेसँग नेकपा ९माओवादी केन्द्र० को तालमेल रहेको थियो । सो बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश ९२० बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गरेको थिए । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभयो भने, देवप्रसाद सांसद मात्र भएको थिए। 

अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो । विजयी एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी भएको थिए । 

तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा विसं २०१४ गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा जन्मिनुभयो । उहाँको राजनीतिक यात्रा विसं २०२७ मा इशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरु भएको हो ।

उनले सक्रिय राजनीति भने विसं २०३४ देखि गर्नुभएको थियो । विज्ञानमा स्नातक गर्नुभएका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध हुनुभयो ।  विसं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित भएको थिए । उनी शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटकपटक प्रहरी हिरासतमा समेत परेको थिए । विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दसँै महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित हुनुभएको थियो । एमालेका गुरुङले विसं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा पराजित भएको थिए ।

विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको थिए। 

गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसक्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि उनको अबको प्राथमिककता जिल्लाको आवश्यकताअनुसार पूर्वाधार विकास, सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गराउन पहल गर्ने बताए। वाम शक्तिबीच एकता गर्नका लागि सक्रिया भूमिकासमेत खेल्ने उनको भनाइ छ । “सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...

एमालेको मतगणना जारी: अधिकांश पदमा ओली प्यानलकै वर्चश्व

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...

मतगणना जारी, अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending