मंसिर १० गते, २०७९ शनिवार 26th November, 2022 Sat१६:१६:४६ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित भएको छन्। प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी छ स्वतन्त्र उम्मेदवार विजयी भएको छन् । लुम्बिनीमा तीन, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
मधेसको सप्तरी २ मा अनिरुद्रकुमार सिंह, महोत्तरी २ मा सुरिताकुमारी साह, सर्लाही १ मा जवाहरलाल कुशवाहा, रौतहट १ मा केशव राय, बारा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्सा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित हुनुभएको छ । गण्डकीको मनाङ २ मा राजिव गुरुङ, लुम्बिनीको रुकुमपूर्व १ मा सुरल पुन, रोल्पा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० १ मा खड्ग बस्नेत, कर्णालीको जुम्ला १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुरा २ मा ताराप्रसाद जोशी निर्वाचित भएको छन् ।
विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन वटा प्रदेशमा एक÷एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । प्रदेश नं १, मधेस र गण्डकीमा एक÷एक जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।
लोकतान्त्रिक मुलुकमा राजनीतिक दल नै निर्णायक शक्ति भए पनि मुलुकको निर्वाचनको इतिहासमा स्वतन्त्र उम्मेदवारको उपस्थित पनि निरन्तर रहेको देखिएको छ । मुलुकमा प्रजातन्त्रको पुनःबहालीपछि आमनिर्वाचन २०४८ देखि हालसम्मका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति रहँदै आएको देखिएको छ । विसं २०४८ को आवधिक निर्वाचनमा २१९ स्वतन्त्रसहित २० राजनीतिक दलका एक हजार तीन सय ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा तीन स्वतन्त्रसहित दुई सय पाँच जना विजयी भएका थिए ।
सो निर्वाचनमा नेपाली कांग्रेस एक सय १०, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ६९, संयुक्त जनमोर्चा नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९चन्द० तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेपाल कम्युनिस्ट पार्टी ९प्रजातान्त्रिक० दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९थापा० एक र तीन स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ ।
विसं २०५१ को मध्यावधि निर्वाचनमा २४ राजनीतिक दलका तर्पmबाट एक हजार ५७ र स्वतन्त्र तीन सय ८५ उम्मेदवार थिए । तीमध्ये राजनीतिक दलका तर्पmबाट एक सय ९८ र स्वतन्त्र सात जना निर्वाचित भएका थिए ।
उक्त निर्वाचनमा एमाले ८८, कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र सात स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए ।
विसं २०५६ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० राजनीतिक दलका तर्पmबाट एक हजार छ सय पाँच र स्वतन्त्र छ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा भने कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् । २०५ सदस्यीय प्रतिनिधिसभाका सबै सदस्य राजनीतिक दलका तर्पmबाट निर्वाचित भएका थिए ।
उक्त निर्वाचनमा कांग्रेस एक सय ११, एमाले ७१, राप्रपा ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा एक, र नेपाल मजदुर किसान पार्टीले एक स्थान जितेको थियो ।
विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनका लागि ७४ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये प्रत्यक्षतर्फ ५४ दलका तीन हजार एक सय ३० उम्मेदवारले भाग लिएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा ९माओवादी० १२०, कांग्रेस ३७, एमाले ३३, मधेसी जनअधिकार फोरम नेपाल ३०, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सदभावना पार्टी चार, जनमोर्चा नेपाल दुई, नेपाल मजदुर किसान पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए ।
विसं २०७० को दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेस एक सय पाँच, एमाले ९१, एकीकृत नेकपा ९माओवादी० २६, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० चार, मधेसी जनअधिकार फोरम नेपाल दुई, तराई–मधेस लोकतान्त्रिक पार्टी चार, सद्भावना पार्टी एक, नेपाल मजदुर किसान पार्टी एक, तराई–मधेस सद्भावना पार्टी नेपाल एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए ।
विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नौ राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८०, कांग्रेस २३, माओवादी केन्द्र ३६, राजपा नेपाल ११, सङ्घीय समाजवादी फोरम नेपाल १०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टी एक÷एक तथा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...
बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
प्रतिकृया लेख्नुहोस्: