Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

खबरडबली संवाददाता
काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 
 
प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित भएको छन्। प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी छ स्वतन्त्र उम्मेदवार विजयी भएको छन् । लुम्बिनीमा तीन, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 
 
मधेसको सप्तरी २ मा अनिरुद्रकुमार सिंह, महोत्तरी २ मा सुरिताकुमारी साह, सर्लाही १ मा जवाहरलाल कुशवाहा, रौतहट १ मा केशव राय, बारा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्सा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित हुनुभएको छ । गण्डकीको मनाङ २ मा राजिव गुरुङ, लुम्बिनीको रुकुमपूर्व १ मा सुरल पुन, रोल्पा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० १ मा खड्ग बस्नेत, कर्णालीको जुम्ला १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुरा २ मा ताराप्रसाद जोशी निर्वाचित भएको छन् । 
 
विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन वटा प्रदेशमा एक÷एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । प्रदेश नं १, मधेस र गण्डकीमा एक÷एक जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । 
 
लोकतान्त्रिक मुलुकमा राजनीतिक दल नै निर्णायक शक्ति भए पनि मुलुकको निर्वाचनको इतिहासमा स्वतन्त्र उम्मेदवारको उपस्थित पनि निरन्तर रहेको देखिएको छ । मुलुकमा प्रजातन्त्रको पुनःबहालीपछि आमनिर्वाचन २०४८ देखि हालसम्मका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति रहँदै आएको देखिएको छ । विसं २०४८ को आवधिक निर्वाचनमा २१९ स्वतन्त्रसहित २० राजनीतिक दलका एक हजार तीन सय ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा तीन स्वतन्त्रसहित दुई सय पाँच जना विजयी भएका थिए । 
 
सो निर्वाचनमा नेपाली कांग्रेस एक सय १०, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ६९, संयुक्त जनमोर्चा नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९चन्द० तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेपाल कम्युनिस्ट पार्टी ९प्रजातान्त्रिक० दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९थापा० एक र तीन स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ । 
 
विसं २०५१ को मध्यावधि निर्वाचनमा २४ राजनीतिक दलका तर्पmबाट एक हजार ५७ र स्वतन्त्र तीन सय ८५ उम्मेदवार थिए । तीमध्ये राजनीतिक दलका तर्पmबाट एक सय ९८ र स्वतन्त्र सात जना निर्वाचित भएका थिए । 
 
उक्त निर्वाचनमा एमाले ८८, कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र सात स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए । 
 
विसं २०५६ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० राजनीतिक दलका तर्पmबाट एक हजार छ सय पाँच र स्वतन्त्र छ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा भने कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् । २०५ सदस्यीय प्रतिनिधिसभाका सबै सदस्य राजनीतिक दलका तर्पmबाट निर्वाचित भएका थिए । 
 
उक्त निर्वाचनमा कांग्रेस एक सय ११, एमाले ७१, राप्रपा ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा एक, र नेपाल मजदुर किसान पार्टीले एक स्थान जितेको थियो । 
 
विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनका लागि ७४ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये प्रत्यक्षतर्फ ५४ दलका तीन हजार एक सय ३० उम्मेदवारले भाग लिएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा ९माओवादी० १२०, कांग्रेस ३७, एमाले ३३, मधेसी जनअधिकार फोरम नेपाल ३०, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सदभावना पार्टी चार, जनमोर्चा नेपाल दुई, नेपाल मजदुर किसान पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए । 
 
विसं २०७० को दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेस एक सय पाँच, एमाले ९१, एकीकृत नेकपा ९माओवादी० २६, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० चार, मधेसी जनअधिकार फोरम नेपाल दुई, तराई–मधेस लोकतान्त्रिक पार्टी चार, सद्भावना पार्टी एक, नेपाल मजदुर किसान पार्टी एक, तराई–मधेस सद्भावना पार्टी नेपाल एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए । 
 
विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नौ राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८०,  कांग्रेस २३, माओवादी केन्द्र ३६, राजपा नेपाल ११, सङ्घीय समाजवादी फोरम नेपाल १०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टी एक÷एक तथा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूल...

सुनसरी–१ मा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

धरान। सुनसरी निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्या...

मध्यपूर्व तनावले भारतको ग्यास बजार प्रभावित, सिलिन्डर खरिदमा नयाँ नियम लागु

भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महार...

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ ।  काठमाडौ...

रुकुमपश्चिममा विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...

डोटीमा ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा नेपाललाई बधाई

काठमाडौँ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE