Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

खबरडबली संवाददाता

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ । 

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बतापूर्वी नवलपरासी । गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताए ।

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो ।

गत वर्षभन्दा धान उत्पादन बढ्दा कृषक पनि खुसी भएका छन् । कावासोती–१३ का कृषक चेतनारायण चौधरीले धानबालीलाई चाहिने समयमा आवश्यक वर्षा हुँदा उत्पादन बढेको बतए ।  “जेठदेखि नै वर्षा भएका कारण समयमा धान रोप्न पाइयो, रासायनिक मल समयमै पाउन सकेको भए अझै वृद्धि हुन्थ्यो”, चौधरीले भने । युरिया मल अभावले उत्पादन अपेक्षितरूपमा अझै बढ्न नसकेको उहाँको भनाइ छ ।

धानको उत्पादन बढे पनि किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।

कावासोती–१२ का कृषक मणिलाल चापागाईंले दुई बिघा जमिनमा धानखेती गरेको छन् । उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । सरकारले सावित्री ९मोटा० धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ७६ तोके पनि प्रतिक्विन्टल दुई हजार सात सयमा २० क्विन्टल धान बिक्री गरेको उनले बताउनुभयो । घरमा धान भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चापागाईंले बताए । “महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गएजस्तो हुन्छ”, उनले भने। उत्पादनअनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको चापागाईंले गुनासो गरे । 
 
पूर्वी नवलपरासीमा सावित्री, रामधान, सावा मनसुली र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ । धान पूर्वी नवलपरासीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभामा नियमावली विवाद: सभामुखकै अभिव्यक्ति हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...

सभामुखद्वारा ऐन महर, ध्रुव र आरेन राईलाई मर्यादा कायम गर्न सचेत गराइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आरेन राईलाई मर्यादा कायम नगरेको भन्दै सभ...

संसदमा आक्रोशित देखिएकी आशिका तामाङलाई रास्वपाकै सांसदहरूले बाहिर निकाले

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहि...

भ्रष्टाचार अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएको छन् । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा ...

सबै प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्छौं: प्रधानमन्त्री शाह

काठमाडौँ।प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अ...

काठमाडौंका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता

३५ वर्षदेखि समाधान हुन नसकेको समस्या केही मिनेटमै समाधान हुँदैन

व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो सहकारी

साँफेबगर। अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं। ४ मा ...

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माण...

अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। १३ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending