Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

समानुपातिकमा माओवादीले पायो ११ लाख ५७ हजार ४४९ मत

एकीकृत समाजवादीलाई तीन लाख पुर्याउन हम्मेहम्मे

खबरडबली संवाददाता
काठमाडौ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०को अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि छ । 
 
हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ । 
 
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले चार लाख १९ हजार चार सय ५७, जनमत पार्टीले तीन लाख ९३ हजार एक सय ७४, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ । 
 
प्रदेशसभाअन्तर्गत प्रदेश नं १ मा एमालेले छ लाख ३२ हजार सात सय चार, कांग्रेसले पाँच लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ । 
 
मधेसमा कांग्रेसले तीन लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ । 
 
बागमतीमा एमालेले पाँच लाख ५४ हजार छ सय ६२, कांग्रेसले चार लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय ५४ र राप्रपाले दुई लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले तीन लाख ४२ हजार आठ सय ७२, कांग्रेसले तीन लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले एक लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ । 
 
लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ । 
 
कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार ३९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ । 
 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ कतारी राजाको भ्रमण तालिका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेक...

कतारका राजालाई २१ तोपको सलामी

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानीलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति...

अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुकको हित गर्दैनः नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखेको छन् ।  ...

काठमाडौँ आइपुगे कतारका अमिर थानी

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।  थानी चढेको विमान ३ :४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्र...

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार ...

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षारविषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह ...

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

काठमाडौँ । काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन ९केसीआरइ० को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अ...

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्र...

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

काठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्...

कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

रुपन्देही । नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies