Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

पुसअघि नयाँ प्रधानमन्त्री नियुक्तिको सम्भावना 'न्यून'

खबरडबली संवाददाता

काठमाडौं । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट चुनिएका सांसदहरूमध्येबाट नयाँ प्रधानमन्त्री, मुख्यमन्त्रीहरू तथा सभामुख र उपसभामुखहरू कहिले छानिन्छन् भन्नेबारे धेरै मतदातामा जिज्ञासा हुनसक्छ।

अबको केही साताभित्रै देशले नयाँ प्रधानमन्त्री र मुख्यमन्त्री पाउने अपेक्षा गर्नुभएको छ भने यो समाचारले तपाईँलाई निराश बनाउन सक्छ।

नयाँ निर्वाचित सांसदहरूले संसद् भवन प्रदेश गर्न कम्तीमा पुस महिनासम्म पर्खनुपर्ने हुनसक्छ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार पुस महिनायता नयाँ प्रधानमन्त्री र मुख्यमन्त्रीहरू बन्ने अवस्था छैन।

"समानुपातिकतर्फको अन्तिम परिणाम आएपछि प्रतिवेदन तयार गर्न थप १० दिन लाग्न सक्छ," निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।

उनका अनुसार समानुपातिक तर्फको मतगणना सक्न अझै "एक दुई-दिन" लाग्न सक्छ।

किन ढिलो हुनसक्छ?

देशभरिका १६५ निर्वाचन क्षेत्रबाट चुनिने उम्मेदवारहरू लगभग निश्चित भइसकेका छन्।

तर यसरी चुनिएका सांसदहरू प्रतिनिधिसभाको ६० प्रतिशत सदस्य मात्रै हुन्। बाँकी ४० प्रतिशत सांसद समानुपातिक प्रणालीबाट चयन हुन्छन्।

निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना पनि सक्नै लागेको छ र यो प्रणाली मार्फत कुन दलबाट कति जना सांसद चुनिन्छन् भन्ने पनि खाका आइसकेको छ।

तर निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार हाल वेबसाइटमा हालिएको मत परिणामका आधारमा दलहरूले समानुपातिकतर्फ पाएको मत गणना हुँदैन।

"प्रत्येक जिल्लाबाट निर्वाचन अधिकृतहरूले हस्ताक्षर सहित पठाएको मत परिणामलाई मात्रै आयोगले अन्तिम मान्छ। त्यो विवरण कतिपय जिल्लाहरूबाट आइसकेको छ कतिपयबाट आउनै समय लाग्न सक्छ," भट्टराईले बीबीसी न्यूज नेपालीसँग भने।

यस्तो विवरण आइसकेपछि आयोगले समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सिट सङ्ख्या र लिङ्ग र समुदायका लागि आरक्षित सिट अनुसार उक्त दलबाट चयन हुने सांसदहरूको पनि टुङ्गो लगाउँछ।

त्यसपछि आयोगले समानुपातिकतर्फ सिट पाउने दलहरूलाई पत्र लेखेर बन्द सूचीबाट निर्वाचित उम्मेदवारहरूको नाम पठाउन सात दिनको समय दिन्छ। यसरी पठाइएको नाम सच्याउन फेरि तीन दिनको समय दिइन्छ।

आयोगले सँगसँगै निर्वाचन परिणाम प्रतिवेदन तयार गर्ने काम पनि गरिरहेको अधिकारीहरू बताउँछन्।

"समानुपातिक तर्फबाट निर्वाचित हुने सांसदहरू टुङ्गो लागिसकेपछि मात्रै आयोगले राष्ट्रपतिलाई निर्वाचनको परिणाम बुझाउँछ," भट्टराईले भने।

निर्वाचन आयोगले मङ्सिर मसान्तसम्म निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने लक्ष्य लिएको छ।

नयाँ प्रधानमन्त्री नियुक्त हुन कति समय?

संविधान अनुसार निर्वाचन परिणाम प्राप्त भएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्नुपर्छ।

यो निर्वाचनमा कुनै एक दलले बहुमत प्राप्त गरेको भए प्रधानमन्त्री नियुक्ति निर्वाचन परिणाम आएको केही दिनभित्रै हुन सक्थ्यो।

निर्वाचन परिणाम अन्तिम भई नसके पनि कुनै पनि दलको बहुमत नआउने निश्चित देखिएका कारण प्रधानमन्त्री नियुक्ति प्रक्रिया केही ढिलो हुनसक्छ।

"निर्वाचन परिणाम आएपछि राष्ट्रपतिज्यूले संविधान अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुहुन्छ," राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भने।

प्रधानमन्त्री कति छिटो नियुक्त हुन्छन् भन्ने विषय दलहरूबीचको सहमति वा भागबन्डामा पनि निर्भर रहन्छ। निर्वाचनको हालसम्मको परिणाम अनुसार अहिलेको सत्ताधारी गठबन्धन बहुमत नजिक देखिएको छ।

गठबन्धनका नेताहरूले नयाँ सरकार बनाउने दाबी गरिरहे पनि कुन दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भन्नेबारे उनीहरू एकमत देखिएका छैनन्।

प्रदेश प्रमुखले सात वटा प्रदेशमा मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया पनि प्रधानमन्त्रीको जस्तै छ।

प्रधानमन्त्री नियुक्ति प्रक्रिया के हुन्छ?

संविधानको धारा ७६ ले प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे उल्लेख गरेको छ।

यसको उपधारा १ मा प्रतिनिधिसभामा बहुमतप्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउने उल्लेख छ।

कुनै पनि दलको बहुमत नआउने देखिएका कारण राष्ट्रपतिले यसपछिका उपधाराहरूले व्यवस्था गरेका विकल्पबाट प्रधानमन्त्री नियुक्त गर्ने बाटो अपनाउनुपर्ने हुनसक्छ।

विगतका अभ्यास हेर्ने हो भने राष्ट्रपतिले एक साताको समय दिएर सांसदहरूलाई बहुमत दलको समर्थन पेस गर्ने समय दिन सक्छिन्।

उपधारा २ मा बहुमत दलको समर्थन जुटाउने सांसद प्रधानमन्त्री नियुक्त हुने भनिएको छ।

यो उपधाराको प्रक्रिया अनुसार बहुमत जुटाउने प्रधानमन्त्रीका दाबेदार कुनै पनि दलको संसदीय दलको नेता भइराख्नुपर्ने व्यवस्था संविधानमा छैन।

त्यो पनि नभए राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरेर बहुमत जुटाउन ३० दिनको समय दिने व्यवस्था छ।

यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि ३० दिनभित्र बहुमत जुटाउन नसके सांसदहरूको बहुमत समर्थन जुटाउन सक्ने सांसद प्रधानमन्त्री हुन सक्छन्।

तर त्यसरी नियुक्त भएका प्रधानमन्त्रीले पनि विश्वासको मत जित्न नसके संसद् विघटन गरेर छ महिनाभित्र नयाँ निर्वाचन घोषणा हुने व्यवस्था छ।

सांसदहरू कहिले संसद् जान पाउँछन्?

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नयाँ निर्वाचित भएका सांसदहरू संसद् भवन प्रवेशका लागि पनि पुस लाग्न सक्छ।

"निर्वाचन आयोगले निर्वाचित सांसदहरूको नाम र ज्येष्ठ सदस्यको नाम संसद्लाई लेखेर पठाएपछि सचिवालयले उहाँहरूलाई शपथ ग्रहण गराउने प्रक्रिया सुरु गर्छ," उनले भने।

आयोगले अन्तिम परिणाम बुझाएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने प्रचलन छ।

संविधानको धारा ९६ मा निर्वाचनको अन्तिम परिणाम आएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ।

सभामुख र उपसभामुख चयन कहिले?

संविधानमै प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुल २७५ सदस्य रहेको प्रतिनिधिसभाको बहुमतबाट सभामुख र उपसभामुख चयन हुने व्यवस्था छ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको र फरक फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ।

राष्ट्रपति र उपराष्ट्रपति चयनमा पनि राष्ट्रिय सभा सदस्यहरूसँगै अहिले निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरू पनि सहभागी हुन्छन्। तर राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गतेसम्म कायम छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।  बेइजिङस्थित ग्रेट हल अफ त पिपुलम...

साफ यू-१९ च्याम्पियनसिप : जित्नैपर्ने दबाबका साथ मालदिभ्स भिड्दै नेपाल

काठमाडौं । नेपालले साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समुह चरणको दोस्रो खेलमा आज मालदिभ्ससँग खेल्दैछ।  त्रिपुरेश्वरस्थिथ दशरथ रंगशा...

म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी ...

प्रधानमन्त्री प्रचण्ड र नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजी बीच भेटवार्ता भएको छ। सोमबार बेइजिङस्थित ग्रेट हल अ...

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

पोखरा । नेकपा एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश ...

प्रधानमन्त्रीको चीन भ्रमण- समकक्षी लिसँग आज द्विपक्षीय वार्ता हुँदै

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दैछन्।  प्रधानमन्त्री दाहाल ...

एमाले बागमतीको नेतृत्वमा यी हुन् आकांक्षी, सफल होला त ओलीको सर्वसम्मतको चाहना ?

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओली...

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै, यस्ता छन् कार्यक्रम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदैछन्। नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा जाने राष्ट्र...

कानूनमन्त्रीको प्रष्टीकरण- जिल्ला अदालतका न्यायधीश न्यौपानेको सरुवामा मेरो हात छैन

काठमाडौं । कानून, न्याय  तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको सचिवालयले जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानूनमन्त्रीको कुनै ह...

१९ औँ एसियाली खेलकुद- नेपालको प्रदर्शन निराशाजनक

हाङ्जाउ (चीन) । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।  उसुको पुरुष थाउलो छा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending