Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तत्कालीन द्वन्द्वकाे प्रभावले बालबालिका अझै असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औँल्याएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट बालबालिका असुरक्षित भएको बताएको छ । 

उक्त घटनाको स्थलगत अध्ययन इन्सेकसहित मानवअधिकारको टोलीले गरेको थियो । तत्कालीन द्वन्द्व अन्त्य भएको डेढ दशक नाघ्दा पनि अवशेष अझै बाँकी रहेको प्रतिवेदनको निष्कर्ष छ । 

द्वन्द्व व्यवस्थापन गर्ने सन्दर्भमा बेवारिसे अवस्थामा राखिएका विस्फोटक पदार्थको निष्क्रिय नहुँदा हरेक वर्ष घटिरहने यस्ता घटनाले मानवीय क्षति हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसबाट विशेषगरी निर्दोष बालबालिका पीडित हुनुपरेको इन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले जानकारी दिए । यस्ता घटना र समस्यालाई प्राथमिकता दिएर जनताको सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्छ स्थानीय प्रशासन र प्रदेश सरकारले दिनुपर्ने उनले बताए ।

‘द्वन्द्वकालीन अवधिमा बढी प्रभावित क्षेत्रमा बेवारिसे बमहरू फेला पर्नसक्ने सम्भावना भएकाले देशव्यापीरूपमा खोजी गर्ने अभियान पुनःसञ्चालन गरिनुपर्ने आवश्यकता रहेको छ’, उनले भने, ‘यस्ता घटना दोहोरिन सक्ने भएकाले विष्फोटक पदार्थ भेटिन सक्ने सम्भावित स्थलमा सचेतनामूलक कार्यक्रम सञ्चालन जरुरी छ ।” यसमा तीनै तहका सरकारले जिम्मेवारी लिनुपर्ने प्रमुख सुवेदीको जोड थियो ।

बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नेपालको संविधान र बालबालिकासम्बन्धी नीति, २०६९ ले बालबालिकालाई प्रदान गरिएको विशेषाधिकारको संरक्षणको जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने सार्वजनिक प्रतिवेदनमार्फत सुझाव दिइएको छ । 

मानवअधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बाँस्तोलाले घटनाका पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व रहेको बताए ।

इन्सेकले स्थलतगत अनुगमन गरेको गत कात्तिक १२ गते कालीकोट तिलागुफाको सकेट बम विस्फोटमा तीन वर्षीया झरना थापा र पाँच वर्षीया सरस्वती रानाको ज्यान गएको थियो । उक्त घटनामा आठ वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा र तीन वर्षीया दर्शना थापा घाइते भएका थिए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies