Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

उपेन्द्र यादव भन्छन् : चुनाव सकिएसँगै एमालेसँगको सहकार्य 'च्याप्टर क्लोज' भइसक्यो

'महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा अब सरकार बनाउने शक्तिलाई समर्थन गर्छौं'

खबरडबली संवाददाता

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन्।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।

उनले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ।’

महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा अब सरकार बनाउने शक्तिहरूको दृष्टिकोण र प्रतिबद्धताका आधारमा समर्थन वा विरोध हुने यादवले बताए।

‘नागरिकता बारेको मुद्दा त छँदैछ। तर, यो संविधानलाई नसच्याउने हो भने, निर्वाचन प्रणााली, शासकीय स्वरूप, न्याय प्रणाली, समावेशिता, पहिचानको सवाललाई जोड दिने, प्रदेशलाई अधिकार सम्पन्न नबनाउने हो भने र ठीकठाक नबनाउने हो भने यो  सिस्टम नै कोल्याप्स हुनसक्छ’, यादवले भने, ‘त्यसैले  संविधान संशोधनसँगै अन्य राष्ट्रिय मुद्दाहरू मधेशसँग, आदिवासी जनजातिसँग सम्बद्ध मुद्दाहरू, समावेशिता र आर्थिक संकटबारे लिने नीतिले हाम्रो समर्थन वा विरोध निर्धारण गर्नेछ।’

उनका अनुसार मत परिणाम आइसकेपछि पार्टीको ‘वर्किङ कमिटी’को बैठकपछि छलफल हुनेछ।

‘अहिले हामीलाई सरकारमा जाने  कुनै हतार छैन। बरू अहिले माओवादीलाई बढी हतार देखिन्छ। हामीलाई हाइसन्चो छ। जसलाई हतार छ, अगाडि बढ्नका लागि शुभकामना छ’, उनले भने, ‘हामी भने अब केका लागि सहकार्य गर्ने वा समर्थन गर्ने भन्ने नीतिमा आधारित भएर निर्णय लिनेछौं।’

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending