काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाउँदा आयल निगमलाई महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफा छ।
गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटा समाचार लेख्छिन्, एक वर्षअघि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य पछिल्लो समय घट्दै आएको छ। गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ।
हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपैयाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ ३५ पैसा, हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा छ। निगमलाई ग्यासमा मात्र प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा छ।
हाल बजारमा पेट्रोल प्रतिलिटर १८१, डिजेल÷मट्टितेल १७८, हवाइ इन्धन आन्तरिक १९० र खाना पकाउने (एलपी) ग्यास एक हजार आठ सय रुपैयाँ छ। हाल छिमेकी मुलुक भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर छ रुर्पयाँ २३ पैसा र डिजेल २४ रुपियाँ ५६ पैसा महँगो छ।
समायोजन नभएको तीन महिना भयो
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूूल्य समायोजन गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार मूल्य समायोजन नगर्दा निगम हाल मासिक सवा अर्ब रुपियाँ नाफा कमाउँदै आएको छ । निगम नाफामा हुँदा पनि ऋण देखाएर उपभोक्ता मूल्य घटाउन आनाकानी गरिरहेको छ।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट रिफाइन तेल खरिद गर्दै आएको छ। आईओसीले दिएको मूल्यका आधारमा स्थानीय बजारमा मूल्य सामायोजन गर्नुपर्ने भए पनि तीन महिनायता मूल्य समायोजन भएको छैन।
बक्यौता र ऋण तिर्न भाउ नघटाएको : निगम
निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढका कारण अस्थिर भएको र आईओसीलाई ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको जानकारी दिए।
‘अहिले पेट्रोल र हवाइ इन्धनमा नाफामा छौँ, यसमा घटाउन सकिने थियो तर ग्यासमा प्रतिसलिण्डर र २७७ रुपैयाँ घाटा रहेकाले पनि व्यवस्थापन गर्न मूल्य यथावत् राखेका हौँ’, उनले भने। तेल खरिद गरेबापत आईओसीको २० अर्ब रुपियाँ र नेपाल सरकारको ऋण सात अर्ब ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको उनले बताए। अब मूल्य घटेर आए घटाउने उनको भनाइ छ।
सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ घटाएको मूल्य ‘रिकभर’ नभएकाले घटाउन नसकेको निगमको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: