Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले अनुसन्धान थालेपछि अबको प्रक्रिया के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

गृहमन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाण्डू हुँदै प्रहरी परिसर पुगेको उक्त उजुरी प्राप्त भएसँगै अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी दिनेशराज मैनालीले पुष्टि गरेका हुन्।

अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि अनुसन्धानका क्रममा विभिन्न निकायको परामर्श लिइने उनले बताए।

अबको प्रक्रिया के हुन्छ भन्ने बीबीसीको प्रश्नमा एसपी मैनालीले भने, “उजुरीसहितको पत्र आएपछि अनुसन्धानका क्रममा हामी अब विभिन्न निकायमा यसबारे पत्राचार गर्छौँ। सरकारी वकिलहरूको पनि राय परामर्श लिएर प्रक्रिया अगाडि बढ्छ।”

चितवन क्षेत्र नम्बर दुईबाट ठूलो मतअन्तर सहित निर्वाचित भइसकेका लामिछानेविरुद्ध चुनाव सकिएको पर्सीपल्ट मंसिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुन अनुसार कारबाही गर्न माग गर्दै उजुरी पेश भएको थियो।

युवराज सफलले दिएको उक्त उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर दल दर्ता गरेर निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको आरोप छ।

उक्त उजुरीमा लामिछानेलाई तत्काल पक्राउ गरी कानुन अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

उजुरी परेकोबारे आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाए पनि औपचारिक पत्र प्राप्त नगरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बीबीसीलाई बताए।

उनले भने, “रवि लामिछाने नेपाली हो वा होइन भन्नेमा त दुईमत छैन। खाली प्राविधिक विषय मिलेको छ कि छैन भन्नेमात्रै विषय रहेकोले त्यो प्राविधिक पक्षबारे वकिलसँग छलफल गरेर अगाडि बढ्छौँ।”

चार वर्षअगाडि नै गृहमन्त्रालयमा लामिछानेको नागरिकताबारे जानकारी गराएपछि अध्यागमन विभाग, प्रेस काउन्सिल लगायत विभिन्न निकायलाई यसको जानकारी रहेको तर कसैले पनि यसबारे विगतमा कुरा नउठाएको उनले बताए।

“कुनै प्राविधिक विषय थाहा नपाउँदाखेरि दोषी भयो भने समग्र राज्य प्रणालीलाई थाहा नहुनु पनि दोष भयो कि भएन भन्ने तरिकाले पनि यो विषयलाई हेर्न सकिन्छ,” ढकालले भने।

प्रहरी छानबिनको दायरामा पुगेको उक्त विषय नागरिकता ऐन २०६३ सँग सम्बन्धित रहेको देखिएकोले त्यसै अनुसार सरकारी वकिलको कार्यालयले प्रहरीलाई राय दिने महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बीबीसीलाई बताए।

उनले भने, “प्रमाणहरू के छन्, नेपालको नागरिकता हुँदाहुँदै अमेरिकाको नागरिकता लिएको, अमेरिकाको नागरिकता परित्यागबारे सूचना दिएको नदिएको, गृहमन्त्रालयले त्यसबारे निर्णय गरे/नगरेको विभिन्न विषय अध्ययन हुन्छ।”

कुनै पनि व्यक्ति नेपाली नागरिक हो कि होइन वा विदेशी नागरिक हो कि होइन भन्ने विवाद तोकिएको अधिकारीले निर्णय गर्नुपर्छ।

रवि लामिछानेको हकमा प्रहरीको अनुसन्धानले त्यो पाटो हेर्नुपर्ने सहन्यायाधिवक्ता रेग्मीले बताए।

“उहाँले अमेरिकाको नागरिकता परित्याग गरेको हो भने मैले त्यागेँ भनेर समयमा नेपालको निकायलाई जानकारी दिनुभएको छ/छैन भन्ने कुरा पनि छानबिनको विषय हुनसक्छ,” उनले भने।

“अहिले नै यो विषयमा मुद्दा नै पर्छ भन्नु चाहिँ निकै चाँडो हुन्छ। अरु फौजदारी मुद्दामा जस्तै प्रहरीले कारबाही गरेर त्यही प्रक्रिया अवलम्बन गर्ने हो।”

मंसिर ४ गते भएको चुनावअघि नै लामिछानेको नागरिकताको विषय विवादित बनेको थियो।

यसअघि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।

तर आयोगले त्यसबारेमा निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो।

आयोगको यस्तो निर्णय आएपछि लामिछानेविरुद्ध गृहमन्त्रालयमा उजुरी परेको थियो। अहिले प्रहरीले अनुसन्धान गरिरहँदा लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पनि छिट्टै रिट दर्ता गर्ने तयारी रहेको उजुरीकर्ता युवराज सफलले बताए।

आफूहरूले अनुसन्धान गरिरहेकै बेला सर्वोच्च अदालतमा रिट दर्ता भए पनि आफ्नो काम त्यसकारण प्रभावित नहुने जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी मैनालीले जानकारी दिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending