Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले अनुसन्धान थालेपछि अबको प्रक्रिया के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

गृहमन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाण्डू हुँदै प्रहरी परिसर पुगेको उक्त उजुरी प्राप्त भएसँगै अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी दिनेशराज मैनालीले पुष्टि गरेका हुन्।

अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि अनुसन्धानका क्रममा विभिन्न निकायको परामर्श लिइने उनले बताए।

अबको प्रक्रिया के हुन्छ भन्ने बीबीसीको प्रश्नमा एसपी मैनालीले भने, “उजुरीसहितको पत्र आएपछि अनुसन्धानका क्रममा हामी अब विभिन्न निकायमा यसबारे पत्राचार गर्छौँ। सरकारी वकिलहरूको पनि राय परामर्श लिएर प्रक्रिया अगाडि बढ्छ।”

चितवन क्षेत्र नम्बर दुईबाट ठूलो मतअन्तर सहित निर्वाचित भइसकेका लामिछानेविरुद्ध चुनाव सकिएको पर्सीपल्ट मंसिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुन अनुसार कारबाही गर्न माग गर्दै उजुरी पेश भएको थियो।

युवराज सफलले दिएको उक्त उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर दल दर्ता गरेर निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको आरोप छ।

उक्त उजुरीमा लामिछानेलाई तत्काल पक्राउ गरी कानुन अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

उजुरी परेकोबारे आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाए पनि औपचारिक पत्र प्राप्त नगरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बीबीसीलाई बताए।

उनले भने, “रवि लामिछाने नेपाली हो वा होइन भन्नेमा त दुईमत छैन। खाली प्राविधिक विषय मिलेको छ कि छैन भन्नेमात्रै विषय रहेकोले त्यो प्राविधिक पक्षबारे वकिलसँग छलफल गरेर अगाडि बढ्छौँ।”

चार वर्षअगाडि नै गृहमन्त्रालयमा लामिछानेको नागरिकताबारे जानकारी गराएपछि अध्यागमन विभाग, प्रेस काउन्सिल लगायत विभिन्न निकायलाई यसको जानकारी रहेको तर कसैले पनि यसबारे विगतमा कुरा नउठाएको उनले बताए।

“कुनै प्राविधिक विषय थाहा नपाउँदाखेरि दोषी भयो भने समग्र राज्य प्रणालीलाई थाहा नहुनु पनि दोष भयो कि भएन भन्ने तरिकाले पनि यो विषयलाई हेर्न सकिन्छ,” ढकालले भने।

प्रहरी छानबिनको दायरामा पुगेको उक्त विषय नागरिकता ऐन २०६३ सँग सम्बन्धित रहेको देखिएकोले त्यसै अनुसार सरकारी वकिलको कार्यालयले प्रहरीलाई राय दिने महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बीबीसीलाई बताए।

उनले भने, “प्रमाणहरू के छन्, नेपालको नागरिकता हुँदाहुँदै अमेरिकाको नागरिकता लिएको, अमेरिकाको नागरिकता परित्यागबारे सूचना दिएको नदिएको, गृहमन्त्रालयले त्यसबारे निर्णय गरे/नगरेको विभिन्न विषय अध्ययन हुन्छ।”

कुनै पनि व्यक्ति नेपाली नागरिक हो कि होइन वा विदेशी नागरिक हो कि होइन भन्ने विवाद तोकिएको अधिकारीले निर्णय गर्नुपर्छ।

रवि लामिछानेको हकमा प्रहरीको अनुसन्धानले त्यो पाटो हेर्नुपर्ने सहन्यायाधिवक्ता रेग्मीले बताए।

“उहाँले अमेरिकाको नागरिकता परित्याग गरेको हो भने मैले त्यागेँ भनेर समयमा नेपालको निकायलाई जानकारी दिनुभएको छ/छैन भन्ने कुरा पनि छानबिनको विषय हुनसक्छ,” उनले भने।

“अहिले नै यो विषयमा मुद्दा नै पर्छ भन्नु चाहिँ निकै चाँडो हुन्छ। अरु फौजदारी मुद्दामा जस्तै प्रहरीले कारबाही गरेर त्यही प्रक्रिया अवलम्बन गर्ने हो।”

मंसिर ४ गते भएको चुनावअघि नै लामिछानेको नागरिकताको विषय विवादित बनेको थियो।

यसअघि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।

तर आयोगले त्यसबारेमा निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो।

आयोगको यस्तो निर्णय आएपछि लामिछानेविरुद्ध गृहमन्त्रालयमा उजुरी परेको थियो। अहिले प्रहरीले अनुसन्धान गरिरहँदा लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पनि छिट्टै रिट दर्ता गर्ने तयारी रहेको उजुरीकर्ता युवराज सफलले बताए।

आफूहरूले अनुसन्धान गरिरहेकै बेला सर्वोच्च अदालतमा रिट दर्ता भए पनि आफ्नो काम त्यसकारण प्रभावित नहुने जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी मैनालीले जानकारी दिए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE