काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७० मत खसेको जनाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०७९ - २०:२७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दि...
माघ १२ गते, २०७९ - २०:१६
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र ...
माघ १२ गते, २०७९ - २०:०८
काठमाडौ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हज...
माघ १२ गते, २०७९ - १९:४२
काठमाडौँ । प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे धारणा बनाउन स्थायी कमिटी सदस्...
माघ १२ गते, २०७९ - १९:२३
काठमाडौ । आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ। बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी...
माघ १२ गते, २०७९ - १९:१५
गृहमन्त्री लामिछानेले दिए यस्तो जवाफ
माघ १२ गते, २०७९ - १८:३७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् । बिहीबार अन्तर्रा...
माघ १२ गते, २०७९ - १८:१७
काठमाडौं । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह...
माघ १२ गते, २०७९ - १८:१५
काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएको छन् । ...
माघ १२ गते, २०७९ - १७:३६
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको बताएकि छन् । काठमाडौंमा बिहीबार प्रेस काउन्सिल नेपाल, नेप...
प्रतिकृया लेख्नुहोस्: