Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

भारतले महाकाली मिचेको आरोपसम्बन्धी घटना के हो?

खबरडबली संवाददाता

काठमाडौं । आइतवार महाकाली २ का अम्भा दत्त बडु महाकाली नदीमा लुगा धुँदै थिए। अचानक अलि परबाट मानिसहरूको कोलाहल सुरु भएपछि उनको ध्यान नेपाल-भारत जोड्ने पुलतर्फ सोझिएको थियो। 

केही बेरमै त्यहाँ मानिसहरूको भिड जम्मा भयो। त्यसबेला बर्दीमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या पनि उल्लेख्य देखिएको उनले बीबीसीसँग सुनाए।

पुल तर्ने वा अन्य कुनै विषयमा गाउँलेहरूबीच झडप भएको हो कि भन्ने आशङ्काले आफू लुगा धुँदाधुँदै जुरुक्क उठेको उनी सम्झन्छन्।

“गाउँका साथीहरू पो लडे कि भनेर हेर्न लाथेँ। तर उठ्नासाथ भारततिरबाट कसैले प्रहार गरेको ढुङ्गा मेरो देब्रे कानमा लाग्यो। त्यसपछि म त्यहीँ थचक्क बसेँ। दुखेको थियो तर भिड कम नभएसम्म उठिनँ,” बडुले बताए।

आफूले यसअघि पनि वारिपारि ढुङ्गा हानाहान भएको घटनाबारे सुनेको तर पहिलो पटक भुक्तभोगी भएको उनको कथन छ।

“खोला नेपालतिर मोडेको कारण आन्दोलन भएको रहेछ। म त्यहाँ चोटले गर्दा जान पाइनँ। आज आफूले कान कम सुनेको महसुस भएपछि सहयोग माग्दै कहाँ जाने बुझ्न खोज्दैछु ,” उनले भने।

के भएको हो?

भारतले महाकाली नदीको प्राकृतिक धार नेपालतर्फ सोझ्याउँदै आफ्नो भागमा तटबन्ध निर्माण कार्य अघि बढाएको भन्दै दार्चुला, खलङ्गाका नेपालीहरू विरोधमा उत्रिएका थिए। खोलाको धार नेपालतिर धकेल्दा बस्तीमा बाढीको जोखिम बढ्ने भन्दै आम मानिसहरूले निर्माण कार्य रोक्न दबाब दिएका थिए र सोही क्रममा भारतीय पक्षसँग ढुङ्गा हानाहानसमेत भएको अधिकारीहरूले बताएका छन्।

बीबीसीलाई प्राप्त एक भिडिओ सामग्रीमा प्रदर्शनकारीहरूलाई रोक्न नेपाल प्रहरीले लाठीचार्ज समेत गरेको देखिन्छ।

यद्यपि, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार कूटनीतिक र प्रशासनीय तहमा छलफल भई उक्त निर्माण कार्य अघि बढेको हो। उनका अनुसार नेपाल-भारत सीमा क्षेत्रका स्थानीय बासिन्दाहरूलाई “प्रक्रियाबारे बुझाउन नसक्दा” विवाद सिर्जना भएको हो।

“नदी नेपालतिर पठाउँदा पानीको बहाव बढ्दा बाढी जाने र विनाश हुने आम मानिसको बुझाई छ। त्यसैले निर्माण कार्य अघि बढ्दा विरोध भएको हो,” उनले बीबीसीसँग भने।

उनले नेपालको दार्चुला र भारतको धारचूला क्षेत्रमा नदी छेउका संरचनाहरू बेला मौकामा निर्माण वा मर्मत सम्भार भइरहने उनले बताए।

“त्यस्ता निर्माण कार्य गर्दा नेपाल र भारतका स्थानीय प्रशासनहरू जानकार हुन्छन्। कहिले काहीँ नदी नमोडी निर्माण गर्न मिल्दैन। र मोड्नासाथ हानी हुँदैन भन्ने बुझाउन गाह्रो भएको छ,” उपाध्यायले आफ्नो तर्क राखे।

स्थानीयको माग

भारतले पुरानो बाँधको संरचनाभन्दा करिब ९ मिटर तल तटबन्ध निर्माण थालेको र महाकालीको बहाव परिवर्तनपछि खलङ्गाको बङ्गाबगर, घाटबजार, तिङ्करखेडा, तल्लासैन खुलामञ्च र गल्फै क्षेत्र बाढीको उच्च जोखिममा परेको स्थानीयहरूको भनाई छ।

यसबारे बहस सुरु भएको यो पहिलो पटक भने होइन। यसै वर्षको असार महिनामा उक्त विषयमा ध्यानाकर्षण गराउँदै स्थानीयवासी चक्रबहादुर बमको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको थियो।

जसमा,”भारतले नयाँ तटबन्ध बनाउने क्रममा महाकाली नदीको बहावलाई अस्थायी रूपमा रोक्न नदीको बीचमा बनाएको अस्थायी बाँधका कारण नेपालतर्फको तटबन्धमा क्षति भई केही स्थानमा भत्किएको छ। त्यसले गर्दा आगामी वर्षायाममा नेपालतर्फ अझै ठूलो क्षति हुनसक्ने सम्भावना छ।”

त्यसको करिब तीन महिनापछि भदौको अन्त्यमा दार्चुला हुँदै बग्ने महाकाली र लास्कु खोलामा बाढी आयो। त्यति बेला ठूलो भौतिक एवं मानवीय क्षति भएको बताउँछन् प्रमुख जिल्ला अधिकारी उपाध्याय।

“क्षति र दुःख भोगेका कारण स्थानीयको आक्रोश स्वाभाविक हो। त्यसैले हामीले भारतसँग दुवै पक्षमा असर नपर्ने गरी काम अघि बढाउन छलफल गरेका छौँ,” उनले भने।

भारतले पनि हाल विवादरहित ठाउँहरूमा मात्र काम अगाडि बढाउने सहमति जनाएको जानकारी उनले दिए।

घटनापछि भारततर्फ जाने नेपालीहरूलाई कडाइ गरिएको बताइएको छ।

सुरक्षा जोखिम

घटना लगत्तै आफूहरूले भारतीय सीमा सुरक्षा बल, निर्माण सम्बन्धी ठेक्का लिएको पक्ष र धारचूलाका एसडीएमसँग भेटघाट गरेको र दुवै पक्षको सुरक्षा सुनिश्चित गर्ने पहल भएको सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी दीपक विष्टले बीबीसीसँग बताए।

“बाँध बाँधेको घटनालाई लिएर फरक परिस्थिति सिर्जना भयो तर अहिले स्थिति नियन्त्रणमा छ र जोखिम छैन,” विष्टले भने।

उनका अनुसार सुरक्षा निकायलाई आइतवारको घटनामा एकजना स्थानीय बालकलाई मात्र चोट लागेको विवरण प्राप्त भएको छ। यद्यपि, स्थानीय बासिन्दाहरूले भने दुई जनाभन्दा बढी बालक घाइते भएको दाबी गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको हिमाली क्षेत्र नजिक तिब्बत केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पले कुन-कुन जिल्ला प्रभाव पर्‍यो ?

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थ...

हराउँदै गयो गुन्द्री बुन्ने चलन

वालिङ । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री...

२९ वर्षदेखि ओडारमा व्यापार

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । २०५२ मा देवीटारमा ...

आज कति पुग्यो तरकारीको भाउ ? यस्तो छ कालीमाटीमा थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

१६ अर्बको ठेक्का दिलाउन चेक लेनदेन गराएको आरोपमा अख्तियारको अनुसन्धानमा ऊर्जामन्त्री खड्का

तर कुलमानलाई हटाउन सोधे ९ बुँदे स्पष्टीकरण

एमाले बैठक- नेताहरुले धारणा राखेपछि ओलीले जवाफ दिएर टुुंग्याउने तयारी

काठमाडौं  । नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने ...

सार्वजनिक यातायातमा वृद्धि भएको भाडादर आजैदेखि लागू

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ । या...

महिनावारी विभेदले मृत्युको मुखमा धकेल्दै, के गर्दैछ स्थानीय सरकार ?

डडेल्धुरा ।: जिल्ला सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्...

नुन किन्न वडाको सिफारिस अनिवार्य

बाजुरा । बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालि...

सत्ताको छाया पर्दा गिरीबन्धु टी–इस्टेटको फैसला कार्यान्वयनमा ढिलाइ

काठमाडौं । सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी– इस्टेटलाई ३ सय ४३ रोपनीभन्दा बढी जग्गा सट्टापट्टा गर्न दिनेगरी केपी शर्मा ओली सरकारले गरेको निर्णयलाई...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy