Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

साता दलले कटाए थ्रेसहोल्ड, नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित

खबरडबली संवाददाता

काठमाडौं । एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । 

राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ । तर,  प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाउने निश्चित भएको हो। 

अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना हुँदा एसको खातामा २ लाख ९६ हजार ९० मत छ । अहिलेकै अवस्थामा पनि एसलाई थ्रेसहोल्डको हिसाब पुगाउन १८ हजार २ सय ७२ मत अपुग छ । 

मतगणना अन्तिम चरणमा पुग्दा एसले यो मत पुर्‍याउन सक्ने सम्भावना पनि देखिएको छैन । बाजुरा र स्याङ्जामा जारी मतगणनाको ग्राफ हेर्दा पनि एसले अरु ठूला दलको भन्दा निकै कम मत पाइरहेको छ । 

यस्तै गतिमा मतपरिणाम आए एसको राष्ट्रिय पार्टी बन्ने सपना पूरा हुन कठिन देखिएको छ । जारी मतगणनाअनुसार अहिलेसम्म एमाले एमाले २८ लाख १४ हजार ६ सय ५५ मत पाएर पहिलो स्थानमा यथावत छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २ सय १८ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ । 

११ लाख २४ हजार ७ सय ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ८ सय १६ मतका साथ पाँचौँ स्थानमा छ । 

जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ५४ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत पाएर थ्रेसहोल्ड कटाएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ७४ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २ सय ९० मत पाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending