Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

साता दलले कटाए थ्रेसहोल्ड, नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित

खबरडबली संवाददाता

काठमाडौं । एमालेबाट विभाजन भएर गठन भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । 

राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ । तर,  प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाउने निश्चित भएको हो। 

अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना हुँदा एसको खातामा २ लाख ९६ हजार ९० मत छ । अहिलेकै अवस्थामा पनि एसलाई थ्रेसहोल्डको हिसाब पुगाउन १८ हजार २ सय ७२ मत अपुग छ । 

मतगणना अन्तिम चरणमा पुग्दा एसले यो मत पुर्‍याउन सक्ने सम्भावना पनि देखिएको छैन । बाजुरा र स्याङ्जामा जारी मतगणनाको ग्राफ हेर्दा पनि एसले अरु ठूला दलको भन्दा निकै कम मत पाइरहेको छ । 

यस्तै गतिमा मतपरिणाम आए एसको राष्ट्रिय पार्टी बन्ने सपना पूरा हुन कठिन देखिएको छ । जारी मतगणनाअनुसार अहिलेसम्म एमाले एमाले २८ लाख १४ हजार ६ सय ५५ मत पाएर पहिलो स्थानमा यथावत छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २ सय १८ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ । 

११ लाख २४ हजार ७ सय ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ८ सय १६ मतका साथ पाँचौँ स्थानमा छ । 

जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ५४ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत पाएर थ्रेसहोल्ड कटाएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ७४ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २ सय ९० मत पाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: