काठमाडौँ । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ । शुक्रबार बिहान पानी औपचारिक घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन ।
उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।
शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८१ - १६:४७
सिरहा। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ ...
जेष्ठ ३ गते, २०८१ - १६:४१
रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्...
जेष्ठ ३ गते, २०८१ - १६:२२
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको...
जेष्ठ ३ गते, २०८१ - १६:०७
काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्...
जेष्ठ ३ गते, २०८१ - १५:५५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकम...
जेष्ठ ३ गते, २०८१ - १५:३१
काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अन...
जेष्ठ ३ गते, २०८१ - १५:२२
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन...
जेष्ठ ३ गते, २०८१ - १५:०४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम ...
जेष्ठ ३ गते, २०८१ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ गते ...
जेष्ठ ३ गते, २०८१ - १४:३२
चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ...
प्रतिकृया लेख्नुहोस्: