काठमाडौ । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिनुभएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए।
हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनःनिर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: