Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका घटना बाँकेमा बढी

खबरडबली संवाददाता

बाँके । लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेको रुपन्देहीको भैरहवामा आज आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पिडीतलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिएका छन् । 

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका मुद्दाको तथ्याङ्क हेर्दा बाँके जिल्लामा सबैभन्दा बढी हिंसाका घटना रहेको तथ्याङ्कले देखाएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा २०७९ साल साउनदेखि कात्तिक मसान्तसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयको तथ्याङ्कअनुसार बाँके जिल्लामा दुई सय ८३ जना विभिन्न खाले लैङ्गिक हिंसामा परेको देखिएको छ । 

यसैगरी रुपन्देही जिल्लामा एक सय ८६ वटा हिंसाका घटना सार्वजनिक भएका छन् भने कपिलवस्तुमा एक सय १५, नवलपरासीमा एक सय चार र बर्दियामा ९३ हिंसा भएको देखिन्छ । दाङ र अर्घाखाँचीमा ३४, पाल्पामा ३२, गुल्मी २५, रोल्पा २३, रुकुम १२ र प्यूठान नौवटा हिंसा भएको देखिन्छ । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशभरिमा चार महिनाको अवधिमा नौ सय ५० वटा हिंसाजन्य घटना भएका छन् । त्यसमध्ये ७८ हिंसाको घटना प्रहरीमा मिल्न नसकी अदालती प्रक्रियामा गएका छन् भने एक सय २० वटा पीडकहरु सम्पर्कमा नै आएका छैनन् । 

कार्यक्रममा लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसामा घटनाबारे कार्यपत्र प्रस्तुत गरेकी सामाजिक अभियन्ता ज्ञानु पौडेलले पितृसत्तात्मक सामाजिक मूल्यमान्यता र संरचनाको कारण नै लैङ्गिक हिंसामा महिला परेको बताए । “महिला हिंसाको घटनामा गराइने मिलापत्र पनि हिंसा बढ्नुको कारण हो”, उनले भने, “सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसा बढाउन मद्दत गरेको छ ।”

समाजशास्त्री विमला पोखरेलले लैङ्गिक हिंसामा घटनामा विभेदले नै हिंसालाई बढवा दिएको बताइन् । उनले भनिन्, “महिलाहरूले सहनै पर्छ भन्ने मूल्यमान्यता हटाउनुपर्छ, अन्यायको विरुद्ध आवज नउठाएसम्म हिंसाका घटना घट्ने छैनन् ।” 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले मधेसी समाजमा हिंसाविरुद्ध नबोल्ने प्रचलनले समस्या सृजना गरेको बताइन् । उनले भनिन्, “हिंसामा परिसकेपछि पनि समस्या बाहिर ल्याउन नसक्नेहरु धेरै छन् । साँच्चिकै हिंसालाई न्यूनीकरण गर्ने हो भने पार्टी र दलभन्दा माथि उठेर सबै निकायले काम गर्नुपर्छ ।”

कार्यक्रममा उच्च अदालत बुटवलका इजलासका न्यायाधीश सरला पाण्डेले पितृसत्तात्मक सोचले हाम्रो समाजलाई पिरोलिरहेको बताइन् । न्यायाधीश पाण्डेले अदालतमा जबर्जस्ती करणीको मुद्दा आउने गरेको भए तापनि पीडितलाई ‘होस्टाइल’ गराउने गलत कार्यले अर्को समस्या थपेको बताइन् । 

उनले हिंसाको सुरुआत नै घरबाट हुने गरेको बताउँदै १६ दिने अभियानको बेला मात्रै नभएर हरेक समयमा हिंसा विरुद्धको अभियान चलाउनुपर्ने, घर घरमा जनचेतना पु¥याउनुपर्ने समेत बताइन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्तासमेत रहेका शिवप्रसाद गौडेलले हरेक मानिसले हिंसाको विरुद्ध आवाज उठाउनुपर्ने बताए । कानुनले दण्डनीय भनी घोषणा गरेको विषयमा पनि हाम्रो समाजले मौनता साँध्न खोज्नु गलत भएको बताए । 
लायन्स क्लब भैरहवा ग्रिनसिटीका अध्यक्ष श्रीबहादुर रायमाझीले राज्यका निकायहरू, सामाजिक सङ्घसंस्था सबैको सहकार्य र एकताले नै समाजलाई हिंसामुक्त गराउन सकिने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE