Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका घटना बाँकेमा बढी

खबरडबली संवाददाता

बाँके । लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेको रुपन्देहीको भैरहवामा आज आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पिडीतलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिएका छन् । 

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका मुद्दाको तथ्याङ्क हेर्दा बाँके जिल्लामा सबैभन्दा बढी हिंसाका घटना रहेको तथ्याङ्कले देखाएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा २०७९ साल साउनदेखि कात्तिक मसान्तसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयको तथ्याङ्कअनुसार बाँके जिल्लामा दुई सय ८३ जना विभिन्न खाले लैङ्गिक हिंसामा परेको देखिएको छ । 

यसैगरी रुपन्देही जिल्लामा एक सय ८६ वटा हिंसाका घटना सार्वजनिक भएका छन् भने कपिलवस्तुमा एक सय १५, नवलपरासीमा एक सय चार र बर्दियामा ९३ हिंसा भएको देखिन्छ । दाङ र अर्घाखाँचीमा ३४, पाल्पामा ३२, गुल्मी २५, रोल्पा २३, रुकुम १२ र प्यूठान नौवटा हिंसा भएको देखिन्छ । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशभरिमा चार महिनाको अवधिमा नौ सय ५० वटा हिंसाजन्य घटना भएका छन् । त्यसमध्ये ७८ हिंसाको घटना प्रहरीमा मिल्न नसकी अदालती प्रक्रियामा गएका छन् भने एक सय २० वटा पीडकहरु सम्पर्कमा नै आएका छैनन् । 

कार्यक्रममा लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसामा घटनाबारे कार्यपत्र प्रस्तुत गरेकी सामाजिक अभियन्ता ज्ञानु पौडेलले पितृसत्तात्मक सामाजिक मूल्यमान्यता र संरचनाको कारण नै लैङ्गिक हिंसामा महिला परेको बताए । “महिला हिंसाको घटनामा गराइने मिलापत्र पनि हिंसा बढ्नुको कारण हो”, उनले भने, “सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसा बढाउन मद्दत गरेको छ ।”

समाजशास्त्री विमला पोखरेलले लैङ्गिक हिंसामा घटनामा विभेदले नै हिंसालाई बढवा दिएको बताइन् । उनले भनिन्, “महिलाहरूले सहनै पर्छ भन्ने मूल्यमान्यता हटाउनुपर्छ, अन्यायको विरुद्ध आवज नउठाएसम्म हिंसाका घटना घट्ने छैनन् ।” 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले मधेसी समाजमा हिंसाविरुद्ध नबोल्ने प्रचलनले समस्या सृजना गरेको बताइन् । उनले भनिन्, “हिंसामा परिसकेपछि पनि समस्या बाहिर ल्याउन नसक्नेहरु धेरै छन् । साँच्चिकै हिंसालाई न्यूनीकरण गर्ने हो भने पार्टी र दलभन्दा माथि उठेर सबै निकायले काम गर्नुपर्छ ।”

कार्यक्रममा उच्च अदालत बुटवलका इजलासका न्यायाधीश सरला पाण्डेले पितृसत्तात्मक सोचले हाम्रो समाजलाई पिरोलिरहेको बताइन् । न्यायाधीश पाण्डेले अदालतमा जबर्जस्ती करणीको मुद्दा आउने गरेको भए तापनि पीडितलाई ‘होस्टाइल’ गराउने गलत कार्यले अर्को समस्या थपेको बताइन् । 

उनले हिंसाको सुरुआत नै घरबाट हुने गरेको बताउँदै १६ दिने अभियानको बेला मात्रै नभएर हरेक समयमा हिंसा विरुद्धको अभियान चलाउनुपर्ने, घर घरमा जनचेतना पु¥याउनुपर्ने समेत बताइन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्तासमेत रहेका शिवप्रसाद गौडेलले हरेक मानिसले हिंसाको विरुद्ध आवाज उठाउनुपर्ने बताए । कानुनले दण्डनीय भनी घोषणा गरेको विषयमा पनि हाम्रो समाजले मौनता साँध्न खोज्नु गलत भएको बताए । 
लायन्स क्लब भैरहवा ग्रिनसिटीका अध्यक्ष श्रीबहादुर रायमाझीले राज्यका निकायहरू, सामाजिक सङ्घसंस्था सबैको सहकार्य र एकताले नै समाजलाई हिंसामुक्त गराउन सकिने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending